Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, November 24, 2012

राष्ट्रपति आह्वानपछि एमाओवादीभित्र किन दोहोरो अभिव्यक्ति आयो?

काठमाडौं, मंसिर १० (नागरिक) - आफूले तोकको समयभित्र सहमतीय सरकार नबने राष्ट्रपति रामवरण यादव पनः म्याद थप्ने योजनामा रहेको एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले बताएका छन्।
सत्तारुढ संघीय लोकतान्त्रिक गठबन्धनको बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिको आह्वानअनुसार मंसिर १४ को समय सिमाभित्र सहमतीय सरकार गठन नभएमा म्याद थप्ने बताएका हुन्।
'शनिबार बिहान राष्ट्रपतिसँगको भेटमा एक साताको समयसीमा सकिएपछि के गर्नुहुन्छ? भनी सोधेको थिएँ,' दाहालको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, 'राष्ट्रपतिले समय सिमा सकिएपछि पुनः ५ दिन थप्ने, त्यसमा पनि सहमति हुन सकेन भने ३ दिन थप्ने र त्यो बेला पनि सहमति हुन सकेन भने १ दिन थप समय दिने सोचमा छु भन्नु भयो।' उक्त समय भित्र पनि सहमति हुन नसके आफूले कुनै पनि कदम नचाल्ने राष्ट्रपतिले बताएको अध्यक्ष दाहालले बैठकमा जानकारी गराए। 'त्यस बेला पनि सहमतीय सरकारका लागि कुनै पनि निर्णय हुन सकेन भने म चुपचाप बस्छु, मेरो सक्रिय हुने कुनै योजना छैन भनेर राष्ट्रपतिले भन्नु भयो,' दाहालले बैठकमा भने।
तर प्रधानमन्त्री बाबुराम भट्टराई भने राष्ट्रपतिको आह्वाले कार्यकारी हुने संकेत दिएको भन्दै बैठकमा आक्रामक रूपमा प्रस्तुत भए। 'बिस्तारै बिस्तारै राष्ट्रपति कार्यकारी हुन खोजिरहनु भएको छ, यसप्रति बेलैमा सचेत हुन जरुरी छ,' बैठकमा प्रधानमन्त्रीले भने। राष्ट्रपतिको आह्वानको विरोध गरी संघर्षमा जानुपर्ने प्रस्ताव प्रधानमन्त्रीले गरेका थिए।

प्रधानमन्त्रीपछि आक्रामक रूपमा प्रस्तुत भएका तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुरले राष्ट्रपतिको आह्वानलाई बाघको पञ्जा र दाँतसँग तुलना गदै विरोध जनाए। 'राष्ट्रपतिको आह्वान बाघले आक्रमण गर्नुअघि देखाएको पञ्जा र दाँतजस्तो छ,' ठाकुरको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, 'राष्ट्रपतिले म खोपीको राजाजस्तो बन्दिन है भनेको हो।' राष्ट्रपतिले १५ दिनको समयसीमा तोकेर त्यसको संकेत गरेको ठाकुरले दाबी गरे।
तराई मधेस लोकतान्त्रिक पार्टी, नेपाल (तमलोपा, नेपाल) अध्यक्ष महेन्द्र यादवले एमाओवादी भित्रैबाट विरोध र स्वागतको पक्षमा आएका अभिव्यक्तिले थप अन्योल बनाएको भन्दै प्रस्ट पार्न आग्रह गरेका छन्। 'तपार्इंहरूको नेता (एमाओवादी) बाटै कोही राष्ट्रपतिको आह्वानलाई स्वागत गरिरहेका छन, कोही विरोध गरिरहेका छन्,' यादवले दाहाल र भट्टराईसँग जवाफ माग्दै भने, 'तपार्इंहरूभित्रै किन यसरी विभाजित अभिव्यक्ति आयो? निकै रहस्य छजस्तो लाग्छ।' एमाओवादीका शीर्ष नेतासँग ै सोझै प्रश्न गरेपछि दाहाल र भट्टराई दुवैले 'राष्ट्रपति कदम असंवैधानिक' भएको जवाफ दिएका थिए।
मधेसी जनअधिकार फोरम, लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले 'तपाईंहरुले गरेको निर्णयमा मेरो समर्थन छ,' भन्दै कुनै कुरा राखेनन्। कांग्रेस नेता नारायण खड्काले दिएको धुलिखेलको भोजमा सहभागी भएर गठबन्धनको बैठकमा ढिला गरी आइपुगेका गच्छदारले 'समर्थन छ' भनेर थप कुरा नराखेको सहभागी नेताको भनाइ छ। मंसिर १४ सम्म सहमतिको सरकार निमार्णका लागि दललाई आह्वान गरेको भोलिपल्ट सत्तारुढ घटक संघीय लोकतान्त्रिक गठबन्धनको बैठकले आफ्नो आह्वान फिर्ता लिन राष्ट्रपतिसँग आग्रह गरेको छ। 'गठबन्धनले राष्ट्रपतिको कदम असंवैधानिक भनेर निष्कर्ष निकालेको छ,' गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले नागरिकसँग भने, 'त्यसलाई अविलम्ब सच्याउनुपर्छ, फिर्ता लिनुपर्छ भन्ने माग बैठकले गरेको छ।' तर, राष्ट्रपतिको आह्वान असंवैधानिक भनेको गठबन्धनले विरोध र संघर्षका कार्यक्रम सार्वजनिक नगरेको सिंहले बताए।

No comments:

Post a Comment