skip to main |
skip to sidebar
एमालेका असन्तुष्टका कार्यालय पेरिसडाँडामै
एमाले
परित्याग गर्ने नेता अशोक राईको समूहले प्रस्तावित
संघीय समाजवादी पार्टीको केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा
राख्ने तयारी गरेको छ । पार्टी परित्याग गरेलगत्तै नयाँ पार्टी गठन गर्ने
तयारीमा रहेको राई समूहले सो स्थानमा कार्यालय राख्ने तयारी गरेको हो ।
उनीहरूले कार्यालयका लागि सम्झौता गरिसकेको भवन एकीकृत नेकपा माओवादीको
केन्द्रीय कार्यालयबाट करिब ८० मिटर दूरीमा अवस्थित छ । ‘कार्यालय
सञ्चालनका लागि व्यवस्थापकीय काम भइरहेको छ,’ समूहका नेता काङमाङले भने,
‘पार्टी गठनलगत्तै हामी त्यहीँ रहन्छौं ।’
उनले कार्यालयका लागि
घरभाडा सम्झौता भइसकेकाले अहिले सो घरमा बसेका व्यक्तिहरूलाई खाली गरिदिन
पूर्वसूचना दिइसकिएको जानकारी दिए । स्रोतका अनुसार राईले सो घर अमेरिकामा
रहेका साँढुदाइबाट कार्यालय सञ्चालनका लागि भाडामा लिएका हुन् । साँढे दुई
तलाको १० कोठे घर नम्बर ९६ रहेको भवनअघि पार्किङ स्थल छ । एमाओवादी पार्टी
कार्यालय जाने बाटो सिद्ध मार्गमा रहेको सूचना आयोगको कार्यालय अघिल्तिर सो
भवन छ । आयोगको पछाडि भागमा भने एमाओवादीको पार्टी कार्यालय छ ।
राई समूहले कार्यालय व्यवस्थापनको जिम्मेवारी हेमराज राईलाई सुम्पेको छ ।
कार्यालयमा बिछ्याइने कार्पेट र पर्दालगायतको नापजापका साथै आवश्यक फर्निचर
निर्माण अघि बढेको स्रोतले जनाएको छ । ‘हामीलाई सकेसम्म छिटो घर छाड्न
सूचित गरिएको छ, दसैंको मुखमा तत्काल कोठा पाउने सम्भावना छैन,’ भाडामा
रहेकी गृहणी अम्बिका श्रेष्ठले भनिन्, ‘पाउनेबित्तिकै सर्छौं ।’ खाली
गरिदिन सूचित गरेलगत्तै सोही भवनमा भाडामा रहेका अधिवक्ता बद्री भुसाल भने
पाँच दिनअघि नै त्यहाँबाट अन्तै सरिसकेका छन् । उनी सोही घरको भुइँतलामा
बस्दै आएका थिए ।
source: Surojanga pande/Facebook
No comments:
Post a Comment