काठमाडौं, असोज १८ (नागरिक) - चिठ्ठा पारेर अमेरिका जाने सपना देख्नेहरुलाई
खुसीको खबर- अब डिभी फारम भर्न पैसा तिर्नुपर्दैन। त्यसरी पैसा
असुल्नेमाथि कारबाही गर्न अमेरिका आफैं अघि सरेको छ। काठमाडौंस्थित अमेरिकी
दूतावासका अनुसार निःशुल्क डिभी चिठ्ठा भरेबापत पैसा असुल्ने व्यक्ति तथा
कम्पनीको सूचना संकलन गरी कारबाहीका लागि नेपाल प्रहरीलाई उपलब्ध गराइनेछ।
मंगलबारदेखि २०१४ को डिभी आवेदन खुला भइसकेको छ। आवेदन नोभेम्बर ३ सम्म खुला रहनेछ।
यही सन्दर्भमा डिभी प्रोगामबारे आधिकारिक जानकारी दिन दूतावासले बुधबार वेबसाइटमार्फत गरेको प्रत्यक्ष अन्तर्त्रि्कयामा दूतावासका अधिकारीले यस्तो जानकारी दिए।
'व्यक्ति तथा कम्पनीहरुले ठगी गरेकोमा हामीलाई पश्चाताप छ,' प्रत्यक्ष च्याटमा सहभागी सहभागीको जवाफ फर्काउँदै दूतावास अधिकारीले भने, 'हामी त्यस्तो सूचना पाउनासाथ नेपाल प्रहरीलाई सूचित गर्नेछौं।'
डिभी चिठ्ठाका नाउँमा भइरहेको ठगीबारे दूतावासले प्रत्यक्ष रुपमा नेपाली नागरिक र कम्पनीलाई कारबाही गर्न नमिल्ने भएकाले नेपाल प्रहरीलाई अनुरोध गरिने दूतावासले प्रस्ट पारेको छ।
अमेरिकी सरकारले सुरु गरेको निःशुल्क डिभी चिठ्ठा भरेबापत काठमाडौं तथा नेपालका मुख्य सहरहरुमा व्यक्ति तथा कम्पनीहरुले पैसा असुल्दै आएका छन्। 'निःशुल्क भनिएको डिभी काठमाडौं र नेपालका मुख्य सहरमा पैसा असुलेर भराइन्छ, यसलाई दूतावासले कसरी लिएको छ?' जवाफमा दूतावास अधिकारीले भने, 'हामी व्यक्तिलाई आफैँ डिभी भर्न प्रोत्साहन गर्छौं।'
डिभी लटरीको विषयमा सर्वसाधारणलाई आधिकारिक सूचना प्रवाह गर्न बुधबार अपराह्न ४ बजेदेखि ५ बजेसम्म दूतावासले प्रत्यक्ष वेब-अन्तर्त्रि्कया गरेको थियो। 'कन्सुलर' आइडीबाट अन्तर्त्रि्कयाका सहभागीलाई दूतावासका अधिकारीले जवाफ दिए पनि तिनको वास्तविक नाउँ खुलाइएको थिएन।
आवेदन भराउनेहरुले विभिन्न तरिकाले पैसा असुल्छन्। कसैले डिभी निःशुल्क भर्ने भनेर तस्बिर खिचेको रकम लिन्छन् भने कतिपयले सेवा शुल्क तोकेरै यो काम गर्दै आएका छन्। पछिल्ला दिन डिभी भर्ने कार्य मौसमी पेसा बन्दैछ। डिभी परेकालाई डकुमेन्टेसनमा सघाउने काममा थुप्रै कम्पनी नै सञ्चालित छन्। उनीहरुले पनि डिभी भराउने काम सशुल्क गर्दै आएका छन्। राजधानीमा इस्पट, इजोन, याराजस्ता दर्जनौं कम्पनी मात्र होइन, सरकारी निकाय हुलाक सेवा विभागले समेत सशुल्क डिभी फारम भराउँछ।
'डिभी चिठ्ठामा सहभागी हुन कुनै शुल्क लाग्नेछैन,' अमेरिकी दूतावासले सोमबार विज्ञप्ति निकाल्दै भनेको छ, 'भिसाका लागि योग्य हुन डिभी विजेताहरूले कम्तीमा १२ वर्ष बराबरको औपचारिक शिक्षा हासिल गरेको हुनुपर्छ।'
डिभी २०१४ को नतिजा सन् २०१३ मे १ देखि सन् २०१४ जुन ३१ भित्र सार्वजनिक हुने दूतावासले जनाएको छ। डिभी विजेताका रुपमा छनोट भई केन्टुकी कन्सुलर सेन्टरबाट दोस्रो चिठी प्राप्त गर्दैमा आफूलाई भिसा प्राप्त भएको नठान्न पनि दूतावासले सर्वसाधारणमा सूचित गरेको छ। 'भिसा अन्तर्वार्ताको समयमा कन्सुलर अधिकृतले योग्यता पुगे-नपुगेको तथा संयुक्त राज्य अमेरिकाको कानुनबमोजिम डिभीका लागि योग्य रहे-नरहेको निर्धारण गर्नेछन्,' विज्ञप्तिमार्फत दूतावासले सूचित गरेको छ। डिभी फारम अनलाइनबाट मात्र भर्न सकिनेछ।

No comments:
Post a Comment