प्रकाश
तिमल्सिना, काठमाडौं, असोज १९ - सत्तारुढ एकीकृत माओवादीकॊ संगठन विभागले महाधिवेसन पछिको केन्द्रिय समितिको आकार १ सय ५१ सदस्सीय बनाउन प्रस्ताव गरेको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा बुधबारबाट जारी जिल्ला तथा राज्यसमिति इन्चार्जहरुको भेलामा पार्टी संगठन विभागका तर्फबाट इन्चार्ज कृष्णबहादुर महराले नयाँ प्रस्ताव ल्याएका हुन्। जसअनुसार केन्द्रीय संगठन समिति १ सय ५१ सदस्यीय हुनेछ।
माओवादीले २२ वर्षपछि आगामी माघ १४ गते महाधिवेशन घोषणा गरिसकेको छ। त्यसको दुई महिनापछि पार्टी संरचना प्रस्ताव ल्याएर छलफल गर्दैछ।
'संगठन विभागले १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव आज (शुक्रबार) पेस गरेको छ,' मिथिला राज्य सम्मेलन आयोजक समितिका संयोजक विश्वनाथ साहले नागरिकसँग भने, 'अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहितको केन्द्रीय पदाधिकारी राख्नुपर्ने सुझाव आएको छ।' उनका अनुसार सेलदेखि केन्द्रीय समिति गठनसम्म पार्टीभित्र सहमति खोजिने र त्यो नभएमात्र मतदान प्रक्रियाबाट नेतृत्व चयन गर्ने निष्कर्षमा माओवादी पुगेको हो। हरेक तहका समितिको एकतिहाइ सदस्य संख्याबराबरको सल्लाहकार समिति र हरेक सल्लाहकार समितिमा अध्यक्ष र सचिव रहने व्यवस्था प्रस्ताव गरिएको साहले जनाए।
ठूला आकारका समिति निर्माण गर्दा बैठक राख्न नै समस्या भएको र बसिहाले पनि सहज रुपमा सम्पन्न नहुने अनुभव हेरेर विभागले सानो आकारका समिति प्रस्ताव गरेको हो।
केन्द्रीय महाधिवेशन आयोजक समिति नै २ सय ५१ सदस्यीय रहेको माओवादीमा जिल्ला र राज्यसमिति करिब ४ सय सदस्य बराबरसम्म छन्।
संगठन विभागका सदस्य हरिबोल गजुरेलका अनुसार केन्द्रीय समितिको एकतिहाइ अर्थात् ५१ सदस्यीय पोलिटब्युरो र त्यसको एकतिहाइ अर्थात् १७ जनाको स्थायी समिति बनाउन पार्टीलाई विभागले सुझाव दिइएको जानकारी दिए। 'जिल्लादेखि केन्द्रसम्म एउटै आकारको पदाधिकारी प्रणाली बनाएर जानुपर्ने सुझाव हामीले दिएका छौं तर केन्द्रमा भने उपाध्यक्ष र सचिव १ भन्दा बढी बनाउनुपर्ने सुझाव भेलामा आएको छ,' उनका अनुसार शनिबार बस्ने महाधिवेशन आयोजक समितिको बैठकले सुझावका आधारमा संगठनको आकारबारे अन्तिम निर्णय लिँदैछ।
ताम्सालिङ राज्यसमितिका इन्चार्ज विश्वभक्त दुलालले मंसिरमा जिल्ला र पुसमा राज्यसमितिको सम्मेलन सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोकिएको छ। 'जिल्लामा २१ देखि ५१ सदस्यीयसम्म तथा राज्यमा ५१-१३५ सदस्यीयसम्मको सांगठनिक संरचना बनाउने भनिएको छ,' दुलालले नागरिकसँग भने, 'जिल्ला सम्मेलनमा २० पार्टी सदस्य बराबर एक प्रतिनिधि, राज्यसम्मेलनमा ५० बराबर एक प्रतिनिधि र महाधिवेशनमा २ सय ५० सदस्य बराबर एक प्रतिनिधि चयन गरिने प्रस्ताव आएको छ।'
उनका अनुसार असोज १५ सम्ममात्र समयसीमा रहेका पार्टी सदस्यता नवीकरण गर्ने कार्यलाई असोज मसान्तसम्म थप गरिएको छ।
जिल्ला सम्मेलन आयोजक समिति, सिरहाका इन्चार्ज उमाशंकर नाथका अनुसार असोज मसान्तसम्म पार्टी सदस्यता नवीकरण कार्य सम्पन्न भएलगत्तै सेल, वडा, गाविस/नपा, क्षेत्रीय समितिका सम्मेलन सुरु गरिनेछन्। 'कात्तिक मंसिरभित्र जिल्ला समितिभन्दा तल्लो समितिहरुको सम्मेलन सम्पन्न गर्नेछौं,' नाथले नागरिकसँग भने।
जिल्लाभन्दा माथिल्ला सबै समिति बहुपदीयमा लैजाने भए पनि माओवादीले तल्ला समितिलाई भने बहुपदीय बनाउनेछैन। 'जिल्लाभन्दा माथिल्ला तीनै तहका समिति बहुपदीय हुन्छन् तर त्यसभन्दा तल्ला समितिमा भने अध्यक्ष र सचिवमात्र पदाधिकारीका रुपमा रहने व्यवस्था गर्दैर्छौं,' गजुरेलले नागरिकसँग भने। अध्यक्ष र सचिवमात्र रहने समितिहरु क्रमशः सेल, वडा, गाविस/नगर समितिको निर्माण क्रमशः १ देखि ९ सदस्यीय, ५ देखि ९ सदस्यीय, १५ देखि २१ सदस्यीय बनाउने माओवादी योजना छ।
पार्टी सदस्यता नभएका वडा, गाउँ/नगरसम्मका समितिमा माओवादीले पार्टी समर्थक समिति बनाउन नयाँ प्रस्ताव गरेको छ। ५ देखि ७ सदस्यीय सो समर्थक समितिमा पार्टी सदस्यता नलिइएकालाई संगठित गर्ने नयाँ योजना माओवादीले बनाएको छ। वडा तहमा निर्मार्ण गर्नुपर्ने नयाँ संरचनाबारे माओवादीले जिल्ला र राज्यसमिति इन्चार्जहरुलाई परिपत्र जारी गरिसकेको छ।

No comments:
Post a Comment