२०६५ असार ४ गते
अचानक मेरो मोवाइलमा घन्टि वज्यो ।
उतावाट आवाज आयो,
‘प्रकाश, तिमी तुरुन्त न्युरोड आउ त ।’ मलाई मोवाइल गर्ने व्यक्ति समय सारथी साप्ताहिकका प्रधान सम्पादक सतेन्द्र यादव (एसवाई) अधिकारी थिए । जुन पत्रिकामा म सह सम्पादक भएर काम गर्दथे ।
म वुढानिलकण्ठवाट आउदै थियौ । फेरी फोन आयो ।
‘प्रकाश इमरजेन्सी छ । तुरुन्त आउ ।’ हडवडाएको तथा आत्तिएको स्वरमा सम्पादकको पुनः फोन आएपछि म ट्याक्सिमा जनसेवा प्रहरी कार्यालयतर्फ लागे ।
जनसेवा प्रहरी कार्यालयमा पुगे पछि मैले चिनेका लक्ष्मि निरौला र युवराज श्रेष्ठ थिए । उनीहरुले सम्पादक थुनिएको कुरा सुनाए । लाग्यो, उनीहरु छुटाउन आएका रहेछन तर पनि किन थुनिएको हो ? त्यो मैले यसै भेउ पाईन । थुन्नै पर्ने खालको, त्यस्तो नराम्रो समाचार पनि पत्रिकामा छापिएको थिएन ।
मनमा कुरा खेलाउदै थिए ।
‘ए यही डाक्टरको मान्छे ?’ भन्दै मलाई हेर्दै मुन्द्रा लगाएको एउटा मान्छे करायो– ‘भन तैले चाही कति खाइस ?’ सम्पादक वीर अस्पतालको इमरजेन्सी एक्सरेका प्रावधिक पनि हुन, त्यसैले कसै कसैले उनलाई सम्पादक भन्दा पनि डाक्टर भनेर सम्वोधन गर्दर्थे ।
मैले भने– ‘तपाईलाई म चिन्दिन, तपाई नवोल्नुहोस । तपाईसँग मेरो कुनै सरोकार छैन ।’
लक्ष्मि र युवराजले पनि मलाई केही थाहा नभएको वताएपछि उ चुप लाग्यो ।
मैले केही वुझ्न सकिन । तैपनी मैले चिनेका दुई जना लक्ष्मि र युवराजको मुखमा विलखवन्द तरिकाले हेरे । र सोधे– ‘के भयो र थुनेको ?’
लक्ष्मिले भन्यो– ‘प्रकाशजी, कुरा लामो छ । अमेरिका उडाउँछु भनेर पैसा लियो तर नउडाएपछि हामीले थुन्यौ तर अहिले कुरा मिलिसकेको छ । यहाँवाट निकालेर लानु प¥यो । जमानी वस्ने मान्छे नभए पछि डाक्टरको तर्फवाट जमानी वस्न तपाईलाई वोलाएको हो ।’ म झसंग भए ।
मैले सोचेको पनि थिइन कि सम्पादक यस्तो काम गर्छन भनेर । लाग्यो, फसाएछन ।
तैपनी ठिकै छ, भनेर म सम्पादकलाई भेट्न गए । सम्पादक जनसेवाको थुनामा चोर डाँका अपराधीहरुसँगै थिए । मनमनै सा¥है सरम लाग्यो ।
लक्ष्मिले भनेको कुरा नै सम्पादकले दोहो¥याउदै भने– ‘श्रीमतिलाई वोलाए, आइन । सालोहरुलाई पनि वोलाए, आएनन । तिमी मेरो भाई हो, जमानी वसेर निकालिदेउ । लक्ष्मि र मेरो कुरा मिली सकेको छ । वाँकी कुरा यहाँवाट निस्के पछि गरौला ।’
त्यसपछि सम्पादकले २८ लाख नतिरे म तिर्छु भन्ने कागजमा मैले सही गरे । इनेस्पेक्टरले (नाम विर्से) सही गर्ने वेला, ‘तिम्रो सम्पादकले तिरेन भने तिमी तिर्न सक्छौ त ?’ भनेर प्रश्न गरेपछि मैले मुन्टो हल्लाएँ ।
त्यसपछि हामी पुर्वसर्त अनुसार कुनै रेष्टुरेन्टमा गएर छलफल गर्ने र विवाद टुगांउने भन्दै ट्याक्सिमा जनसेवावाट निस्क्यौ । तर वाहिर आउने वित्तिक्कै मलाई सम्पादक वसेको ट्याक्सिमा लान मानेनन । वरीपरी हेर्छु त चुल्ठे मुन्द्रेहरु छन । डर लाग्यो, मैले सम्पादकलाई लाने ट्याक्सिमा नलगे प्रहरीलाई भन्दिन्छु भने पछि उनीहरुले वल्ल ट्याक्सिमा हाले । एक छिन पछि त हामी रहेको ट्याक्सिलाई तीन÷चारवटा ट्याक्सिले घे¥यो ।
शान्तिनगर गेटभन्दा १० घर परको एउटा घरमा हामी पुग्यौ । त्यो म्यानपावरको अफिस थियो । त्यहाँ पुगेको केही समयमै चुल्ठे, मुन्द्रे र गुण्डाहरु आए र हामीलाई घेरे ।
सम्पादकले भने– ‘वाहिर सुधा (नाम परिवर्तन) छे । उसले १० लाख रुपैया दिन्छे, लिएर आउँ ।’ उ आफुलाई मेजरको श्रीमति हो भन्थी, तैपनी उसको बानि व्योहोरा मलाई चाही ठिक लाग्दैनथ्यो । सम्पादकसँगै राती नौ वजेसम्म रक्सि खाएर वस्थि । रक्सि लागे पछि त्यो आइमाई मलाई – ‘म तिम्रो भाउजु’ भन्थि र सम्पादकलाई अंगालो मार्थी ।
त्यसपछि सम्पादकलाई त्यही छोडेर उसले दिएको लोकेशन कान्तिपुर दैनिकको अफिस निर पुगेर म फोन गर्न लाग्दैथे । उसैले फोन गरी र भेट्न वोलाई । वरीपरी हेरे, कोही पनि देखिन । त्यसपछि हामी भित्रपटीको एउटा रेष्टुरेन्टमा गयौ । मैले उसलाई सवै हालत र सम्पादको अवस्था र त्यहाँको माहौल वताए । र, भने– ‘कुरै नवुझि पैसा दिनुहुन्न किनभने सत्येन्द्र दाईलाई फसाए जस्तो लाग्छ ।’ भन्दै सम्पादक भएको ठाँउमा चुल्ठे मुन्द्रेहरु रहेको वताए । उसको भाई पनि सँगै थियो । उसले त उग्र भएर केटाहरु ल्याएर निकाल्ने कुरा ग¥यो तर मैले मानिन । त्यसपछि कुरा वुझेर मात्र निक्र्यौल गर्ने भनेर म फर्किए ।
आउँदा त त्यो ठाँउमा सम्पादक छैनन ।
‘प्रकाश भाई, तपाईले निकालिदिनुभयो, धन्यवाद । तपाई एकदम इमान्दार हुनुहुदो रहेछ र तपाईलाई थाहा पनि रहेनछ । अव तपाई जानुहोस, यस्तै प¥यो भने फोन गरुला ।’ भन्दै एकजना मोटो मोटो मानिसले सम्पादकलाई केही नहुने भनेर विश्वस्त तुल्याउने प्रयास ग¥यो ।
मैले मान्दै मानिन ।
‘मैले सत्येन्द्र दाई कुनै पनि हालतमा देख्नु प¥यो । कुन ठाँउमा लगेको छ, त्यो ठाँउ नदेखी हुन्न । नत्र म अहिल्यै गएर प्रहरीलाई भन्छु’ भन्दै कराए पछि उसले कसैलाई मोवाईल ग¥यो ।
त्यसपछि शान्तिनगरको त्यो घर छोडेर म चढेको ट्याक्सि भिमसेन गोला, सिनामंगल, तिलगंगा हुदै एअरपोर्टको एउटा गेष्टहाउसमा गएर रोकियो ।
त्यहाँ सम्पादक त थिए तर गुन्डाहरुले घेरिएको अवस्थामा । म शान्त भए ।
कुरो वुझदै जाँदा थाहा पाए । सम्पादकले अमेरिका उडाउँछु भनेर पैसा लिएको तर नउडाएपछि हिजो राति सुन्धारा स्थित सिंगापुर गेष्ट हाउसवाट पक्राउ गरेर जनसेवालाई वुझाएको रहेछ । यो कुरा सुनेर म झंसग भए । मैले कल्पना नै गरेको थिइन कि सम्पादक मानव तस्करीको व्यापार गर्छन भनेर । अनि आफुलाई धिक्कारे । उसकै कुरो सुनेर तथा लोभलाग्दो तलव देखेर म प्रतिष्ठित पत्रिकाहरु जनआस्था र तरुण साप्ताहिक, जहाँ म काम गर्थे, त्यो छोडेकोमा मलाई नरमाइलो लाग्यो ।
यता हुन त उसलाई अपहरण गरेर सवै पैसा उठाउने कुरा भएको रहेछ, त्यसको पटक पटक प्रयास नभएको पनि होइन । काठमाडौंमा वस्दा पनि उसलाई समाउन नसकिएको कुरा गुन्डाहरुले सुनाए । उ वस्दा जहिल्यै पनि कि प्रहरी चौकी अगाडीको रेष्टुरेन्टमा वस्ने, कि उपत्यका वाहिर जाने गरेकाले पनि गुन्डाहरु हैरान भएका रहेछन । सम्पादकलाई समाएको रातमा पनि तीन पटक सुन्धारा फन्को लाएर गेष्टहाउसमा छिरेको कुरा मलाई सुनाए । त्यो रातमा सम्पादकलाई अपहरण गर्न ४०–५० जना गुन्डाहरु सुन्धारा आएका थिए, उनीहरुका अनुसार केही घट्ना हुदैछ भनेर सुन्धारा त्रसित थियो ।
पछि प्रसिद्ध मुर्तिकार विक्रमश्रीका भाई अभिषेक तिमल्सिनाले गुन्डाहरुको हातमा सम्पादकलाई जिम्मा लगाउनु भन्दा प्रहरीलाई वुझाउनु ठिक हुने सोचेर प्रहरीलाई खवर गरेर जनसेवा पु¥याएको पनि थाहा भयो । यद्धपी उनी पनि अपहरण नै गर्नुपर्छ भन्ने सोचमा थिए । उनले नै सत्येन्द्रलाई सिंगापुर गेष्ट हाउसमा छिरेको देखेको थियो र गुन्डाहरुलाई खानतलासीको लागि पठाएको थियो र गुन्डाहरुले गेष्टहाउसको प्रत्येक कोठामा छापा पनि मारेका थिए । फोटो देखेका तर सम्पादकलाई कहिल्यै नदेखेका गुन्डाहरुले उनलाई कोठामै भेटर सोधेका पनि रहेछन तर सम्पादकले आफु ‘कैलालीको जिल्ला शिक्षा अधिकारी हुँ ’ भन्दै उल्टै प्रश्न गरेको गुन्डाहरुले सुनाए ।
सवै यथार्थ थाहा पाएपछि म जान्छु भनेर हिडे तर गुन्डाहरुले दिएनन र मलाई हर्कादै भने– ‘तँ जान पाउदैनस । त पनि यही वस ।’
जवाफमा मैले भने– ‘तँ को होस । जा भन्दा जा भन्ने र वस भन्दा वस भन्ने ?’
म जर्वजस्ति निस्कन खोजे तर वाहिर वरन्डामा गुन्डाहरु थिए र तिनीहरुले मलाई घुरेर हेरे । म टक्क अडिए अनि फनक्क फर्केर सिधै सम्पादकलाई थुनेर राखेको कोठामा गएँ, जहाँ लक्ष्मि निरौला थियो, मैले रिसाउँदै उसलाई भने– ‘के ताल हो लक्ष्मिजी ? के गल्ति गरे मैले र म पनि वस्नु पर्ने ?’ उ केही पनि वोलेन । मलाई अव चाही पक्का भयो कि उसको वसमा अव गुन्डाहरु छैनन ।
तैपनी उसले भन्यो – ‘माइन्ड नगर्नुहोला प्रकाशजी । म तपाईको वारेमा कुरा गर्छु अनि तपाई जानुहोला । तपाई यसमा दोषी हुुनुहुन्न, तपाईले सहयोग गर्नुभएको छ ।’ गुन्डाहरुको डनसँग कुरा गर्ने भन्दै लक्ष्मि वाहिर निस्कियो ।
त्यसको एकछिन पछि जनसेवामा मलाई थर्काउने मानिस आयो ।
‘प्रकाश भाई जनसेवामा तिमीलाई मैले गाली गरे, आइ एम सरी । हेर, तिम्रो सम्पादकले वदमासी गरेको हो, तिमीले होइन ।’ भन्दै अगाडी भन्यो – ‘तिमीले यो ठाँउ (सम्पादकलाई लुकाएको ठाँउ) देखी हाल्यौ । भोली केही तलमाथी भयो अथवा प्रहरीले छापा मा¥यो भने त्यसको सवै दोष तिमीलाई जान्छ ।’ मैले सोचे, वास्तवमा हो पनि । ‘त्यसकारण तिमी वस, तिमीलाई केही पनि हुन्न । त्यसको जिम्मेवारी म लिन्छु ।’ भन्दै उसले आफु चलचित्रकर्मी भएको भन्दै काजिमान श्रेष्ठ भनि परिचय गरायो । मैले यो गेष्ट हाउसमा तपाई वस्ने भए मात्र वस्छु, नत्र म जान्छु भन्ने प्रस्ताव गरेपछि उसले स्विका¥यो ।
हामी खाजा खान निस्कियौ, एउटा नेवारी रेष्टुरेन्टमा अभिषेकलाई भेटे । उ मुर्तिकार विक्रमश्रीको साख्खै भाई रहेछ । उ पनि तिमल्सिना, म पनि तिमल्सिना । अभिषेकले मलाई भाईको जस्तो व्यावहार ग¥यो ।
फर्केर आएपछि गुन्डाहरु पनि मेरो सवालमा कन्मिन्स भइसकेका रहेछन ।
मलाई गुन्डाहरुमा भलदामी जस्तो लाग्नेले वोलायो, म उसको नजिक गएँ ।
‘भाई तिमी त ठुला कुरा गर्छौ रे हो ?’ भन्दै मलाई थर्काउने कोशिश ग¥यो ।
तर मैले नडराइकन भने– ‘म पत्रकार हुँ । कसैले धम्कायो भन्दैमा डराउने वाला म छैन । त्यसो भन्दा के मैले विगार गरे ?’
उसले मलाई घुरेर हे¥यो ।
‘आत्मघाति ।’ भनेर कसैलाई वोलायो । एकछिन पछि मलाई थर्काउने आयो ।
‘डाक्टर के भन्छ ? पैसा ल्याउछु भन्छ कि भन्दैन ।’
आत्मघाति भन्ने हेर्दै डरलाग्दो थियो । उसले आमाचकारी गालि दिदै ‘ज्याद्रो’ छ भन्यो । उसले अगाडी भन्यो– ‘ल्याउछु भन्छ, ल्याउदैन । आदेश दिनुहोस । ६ इन्च घटाईदिन्छु ।’ भन्दै मुर्मिरियो ।
‘त्यो कुरा नगर । ल्याईहाल्छ नि ! वरु भाग्ला, विचार गर ।’ भने पछि कुनै जवाफ दिएनन र सरक्क सेक्युरीटि दिन गयो ।
गुन्डाको डनले मलाई हेरेर मेरो कुरो वुझ्ने हेतुले सवै कुरा सोध्यो । मानौ म कुनै अपराधी हुँ र अदालतमा न्यायधिस सामु सवै कुरा भनिरहेको छु । थुक्क पत्रकार ! त्यस्तो लागेपछि मैले उसलाई नै प्रश्न गरे कि– ‘यस्तो काम किन गर्नुभएको हो ? पक्राउ परियाला, जेल जानु पर्ने भन्ने लाग्दैन ?’
उसले चुरोटको लामो सर्को तान्यो । एकछिन केही पनि वोलेन र वरीपरिका उनका दर्जन केटाहरुले पनि केही भनेनन, उल्टै ट्वाल्ल परेर एक अर्कालाई हेरे । मलाई डर पनि लाग्यो, न छप्काउने हुन् ।
लामो समयको मौनतालाई चिर्दै डनले मुख फो¥यो– ‘यो हाम्रो रहर होइन । चुरोट खानु हुन्न, यसले आफैलाई हानि गर्छ भन्ने थाहा पाउदा पाउदै पनि मानिसले चुरोट खान छोड्दैन । त्यस्तै यो काम पनि (अपहरण, गुण्डागर्दी) हामीलाई नशा भएको छ ।’ म विलखवन्द भए ।
वाहिर वरन्डामा वसिरहेको छु । डनले मलाई चुरोट तेर्सायो । कुराकानी गर्दै जाँदा कोही म्यानपावरको दलालीले फसाएर विल्लीवाठ भएपछि, कोही प्रेममा धोका खाएको कारणले, कोही वावुआमाले हेपेको कारणले, कोही ऋृणले चुर्लुम्म डुवेको कारणले त कोही कोही लहलहैमा लागेर यो पेशामा लागेको वताए । एउटा सत्य चाही के हो भने तिनिहरु गुण्डागर्दी पेशावाट एकदम आजित थिए र सवैलाई एक किसिमको आत्मग्लानी थियो ।
अपहरण भनौ या के भन्यौ । काजिमान, म, आत्मघाति र मेरो सम्पादक त्यो रातसँगै सुत्यौ । वेला वेलामा आत्मघाति वरवराउथ्यो र सम्पादकलाई आमाचकारी गालि गर्दै मार्छु र कुटछु भन्दै लम्कि झम्कि र हप्कि दप्की गर्दथ्यो । सम्पादक न्याउरो मुख लगाएर मलाई पुलुपुलु हेर्दथे । त्यति कमजोर अनुहार सम्पादकको मैले कहिल्यै देखेको थिइन, मानौ वाघ यतिखेर रुझेको स्याल भएको छ । म र काजिदाई आत्मघातिलाई शान्त गराउथ्यौं । अनि उ चुपचाप वस्थ्यो, सम्पादक भने वाँचियो भनेर लामो सास फेर्थे ।
भोलीपल्ट, पैसा आउँछ भन्दा भन्दै साँझसम्म कुरियो तर पैसा त के सम्पादकको घरवाट एक कल फोन पनि आएन । मलाई अचम्म लाग्यो । तर, सम्पादकले त्यसको रहस्य खोल्दै आफुलाई परिवारको सहयोग नहुने पक्का भएको कुरा गरे । सम्पादकले वरु सुमित्राले सहयोग गर्नसक्छे, उसलाई सम्पर्क गर्न भने । मैले सम्पर्क गरें तर उसले पैसा जम्मा नभएको जवाफ दिई । हुन त मलाई त्यसको कुरोमा अलिकति पनि विश्वास थिएन । लोग्ने घरमा हुदा हुदै नाठो समाएर हिड्नेले सहयोग गर्छे भन्ने मलाई एकरत्ति पनि विश्वास थिएन ।
भोलीपल्ट, सम्पादकको वीर अस्पतालको क्वाटरमा जाने र पैसा लिएर आउने, त्यो पैसा दिएर अपहरण मुक्त हुने कुरो भयो । त्यस अनुरुप लक्ष्मिको तर्फवाट अभिषेक दाई र सम्पादकको तर्फवाट म हिड्यौ तर भाउजुलाई गुन्डाहरुले सताउछन भनेर मैले भाउजुको भाई, जो वीरको डेन्टलको डाक्टर हो, उसलाई भिनाजुको सम्पुर्ण हालत वताए । उसले सल्लाह गरेर आउछु त भन्यो तर चार घन्टा कुर्दा पनि उ आएन । मलाई झोक चल्यो र सम्पादकलाई तपाईको सालोले वास्ता पनि नगरेको र भाउजुसँग कुरा गर्न पनि नदिएको वताएँ । उसले फर्केर आउनु भन्यो, हामी रित्तै फर्कियौ ।
दिनहरु क्रमशः वित्यो तर पैसा आउने कुनै छाँटकाट देखिएन । तर, गुन्डाहरु मेरा साथी जस्ता भए र मलाई एकदम माया पनि गर्न थाले । यतिसम्म दोस्ती भयो कि गुन्डाहरुसँग कि मैले मासुभात खाएन भने उनीहरु मसँग रिसाउथे । म घरमा वनेपा छु भन्थे, त्यो वोल्ने मोवाइलमा व्यालेन्स पनि उनीहरु नै हालिदिन्थे । घरवेटीले एक दिन फोन गरे, तीन दिन वढी नाघिसकेको रुमको भाडा तिर्न ताकेता गरेको थाहा पाए पछि उनीहरुले घरभाडा तिर्न पैसा नभए लैजाउ पनि भने, मैले मानिन । एकजना साथीसँग सापटी मागेर घर भाडा तिरे । दोस्ती यतिसम्म भयो कि उनीहरु गेष्ट हाउसमा आउँदा फलपूmल वोकेर आउँथे र हामीलाई दिन्थे । हामी वाडेर खान्थ्यौ। म गुन्डाहरुसँग असाध्यै मिलेको देखेर अपहरण गराउन खोज्नेहरु नै डराए । एकदिन वाइसीयलको नेता अशोक भन्नेले आएर मलाई थर्कायो र गुन्डाहरुलाई पनि । पछि उसकै निर्देशनमा त्यो अपहरण भएको रहस्य पनि खुल्यो । त्यतिमात्र होइन, तत्कालिन प्रधानमन्त्रि गिरिजाप्रसाद कोइरालाको पीए वालकृष्ण दाहालको हात पनि रहेको थाहा पाएँ, उनको भतिजोको पैसा पनि खाएको आरोप सम्पादकमाथि लागेको थियो । त्यहाँ दाहालको भतिजो पनि गएको थियो, त्यो अपहरणको अपडेट दाहाललाई हुन्थ्यो । अशोक भन्नेले सो कुरा गर्दै मलाई धम्काए पछि मैले थाहा पाए कि एउटा अपहरणको जालो कति सम्म फैलिएको हुदो रहेछ । गुन्डाहरुले पटक पटक घर जाउ पनि भन्थे तर मैले मानिन ।
म खाजा खान साँभमा एअरपोर्ट नजिकको रेष्टुरेन्टमा गएको थिएँ । अचानक प्रहरीले छापा हान्न लागेको खवर गुण्डाहरुले मलाई सुनाए र सम्पादकले गेष्ट हाउसमा नआई उत्तैवाट भाग्नु भने पछि म आत्तिएँ । गुन्डाहरुले सम्पादकलाई निकालेर भगाए । त्यसपछि सम्पादक र मेरो संवन्ध टुट्यो । त्यसवेला अपहरण गराउनेहरु कोही पनि थिएनन । डर लाग्यो, केही गर्ने पो हुन कि भनि ? तर नआत्तिई गुण्डाहरुको डनलाई फोन गरे । उसले मलाई नआत्तिनु र शान्तिनगर आउनु भन्दै सम्पादक सुरक्षित रहेको वतायो । म र अर्को एक जना साथी हिड्दै हिड्दै सिनामंगल पुग्यौ । त्यहाँ अपहरण गराउनेहरु त भेटिए तर उल्टै प्रहरी वोलाएको दोष मलाई लगाए, जवकी मलाई केही थाहा थिएन । मसँग गुन्डाहरु नजिक भएको कारण उनीहरुले त्यो दोष लगाए पछि म रोए पनि । तर, उनीहरुलाई खोज्दै आएका गुन्डाहरुले उल्टै त्यसको दोष जसले अपहरण गर्न लगाएको थियो, उनीहरुलाई नै लगाउदै एउटा गुन्डाले मोटरसाइकलमा मलाई हालेर हेलिकोप्टर रेष्टुरेन्ट, शान्तिनगरमा लग्यो । अपहरण गराउने, म, मेरो सम्पादक र गुन्डाहरु चार तिर भयौ । कसैलाई पनि थाहा भएन को कहाँ छ भन्ने ? म हेलिकोप्टर रेष्टुरेन्टमा पुगेकै वेला गुन्डाहरु पनि एकत्रित भए । ‘अपहरण गर्न लगाउने तर अहिले उल्टै प्रहरी वोलाउने’ भन्दै उनीहरु रिसले चुर भए र डेन्जर नाम गरेको गुन्डालाई तरवार लिएर आउन आदेश दिए, उ गइहाल्यो पनि । मलाई एकदम डरलाग्यो । तैपनी मैले गुन्डाहरुको डनलाई विन्ति गरे, जो मेरो कुरामा विश्वास गर्दथ्यो, ‘मिस अन्डरस्टान्डिङ भयो । मलाई लाग्दैन उनीहरुले प्रहरी वोलाए भनेर ।’ भन्दै हात जोडेर केही पनि नगर्न आग्रह गरे । पहिला त उसले मानेन, पछि लामो समय पछि उसलाई मैले कन्मिन्स गराए । ‘तरवार राख । प्रकाशभाईले भने झै कुरा वुझेर मात्र कसलाई के गर्ने हो, गरौला ।’ भन्दै उ शान्त भयो । तैपनी गुन्डाहरुको भर पनि लागेन र मनले पनि मानेन, अपहरण गराउनेहरुलाई एसएमएस गरेर तिमीहरु भाग भने । एकछिन पछि आत्मघातिले सम्पादकलाई मै वसेको ठाउँमा ल्यायो । वल्ल म शान्त भए । त्यही रेष्टुरेन्टमा खान खाएर हामी नवौं दिनमा एअरपोर्टको गेष्टहाउस चेन्ज गरेर इटहरी घर भएको एकजनाको गौशाला स्थित गेष्टहाउसमा गयौ । अचम्म, अपहरण गराउनेहरु पनि गुन्डाहरुको डरले त्यही सुत्न गएका रहेछन । उनीहरुलाई हातपात गर्न खोज्दै थिए तर मैले केही भुमिका खेले । जसकारण निष्कर्ष ‘मिस अन्डरस्टान्डिङ’ भएको भन्ने भयो ।
क्रमशः दिन वित्यो। न त पैसा आयो, न त सम्पादक नै छुटे । सम्पादक न्याउरो मुख लाएर मलाई हेर्थे । उनको विवशता देखेर मेरो मन भरिएर आउथ्यो । उनको परिवारलाई उनको अपहरणमा मानौ उत्सव भइरहेको छ जस्तो व्यावहार गरे । सम्पादकलाई कोठा भित्र थुनेर राखेका थिए तर म काठमाडौं डुल्थे । कोठामा गए पनि फर्केर राति गेष्टहाउस नै पुग्थे ।
११ औ दिनमा । भाउजुलाई कन्मिन्स गराएँ – ‘पहिला दाईलाई निक्लन दिनुहोस, त्यसपछि कुरा गरौला । दाईले गल्ति गरेको रहेछ तैपनी पैसा नदिइकन सुख छैन ।’ तर भाउजुले उल्टै मलाई ठग्यो भन्दै घरमा आउने व्यक्तिहरुको संख्या धेरै भएको सुनाउनु भयो, म दंग परे । उहाँले वनाएको लिष्ट हेर्दा त करिव ५० लाख भन्दा वढी सम्पादकले ठगेको थाहा भयो । तर पनि ‘उताको कुरा पछि ग¥यौ, अहिले अपहरणको केस सिध्यायौ’ भने पछि सम्पादकको वुवा, जो गौरवाट आउनुभएको थियो, लाई कन्भिन्स गराएँ । त्यसपछि ५ लाख रुपैया वोकेर म गए । सम्पादकलार्ई दरवारमार्ग स्थित हटव्रेड रेष्टुरेन्टमा ल्याएको खवर सुनाए पछि म पैसा वोकेर त्यहाँ गए । ५ लाख दिएर सम्पादकलाई मुक्त गरियो तर उनले अमेरिका पठाउने भन्दै लक्ष्मिसँग १८ लाख रुपैया सम्पादकले लिएका रहेछन । अझै १३ लाख तिर्न वाँकी नै थियो ।
अमेरिका र क्यानाडा पठाउने भनि रकम लिएको भन्दै उनको वीर अस्पतालको क्वाटर घेर्न मानिसहरु प्रशस्त आएका थिए, त्यसपछि म दंग परे । यता लक्ष्मिलाई फिर्ता गर्न वाँकी १३ लाख दिनलाई आनाकानी गरे पछि उनीहरुले सम्पादकलाई समातेर लगनखेल प्रहरीमा वुझाए । श्रमको ठगी मुद्धा प¥यो र सगरमाथा र एभिन्युज लगायतका केही टेलिभिजन र केही पत्रपत्रिकाले पनि लेखे । आफुलाई राष्ट्रपतिको आफान्त, वीर अस्पतालको डाक्टर, सम्पादक र १३ वटा एनजीओको प्रमुख भन्दै पैसा लिएको पीडितहरुले वताएका थिए । हनुमान ढोकामा १५ दिन भन्दा वढी थुनिएका सम्पादक हत्कडी लगाएर जिल्ला अदालत, काठमाडौंमा देख्दा मलाई भने अत्यन्तै आत्मग्लानी भइरहेको थियो । पछि उनकी श्रीमतीले कंलकी स्थित छ आना जग्गामा बनेको घर ४५ लाख रुपैयामा वेचेर उनलाई निकालिन ।
पत्रकारको नाम वेचेर भित्र भित्र्रै अर्को ‘रहस्यमय धन्दा’ गर्ने सुकिला सम्पादकहरुले गर्दा कति पत्रकारले दुःख र अपजस पाएका होलान भने कति पीडित पनि भएका होलान ? ‘अपहरणमुक्त’ भएको रात यही सोचेर कट्यो । अहिले पनि कहिलेकाही म सोच्छु– ‘साच्चै यस्ता पत्रकार कति होलान ?’

No comments:
Post a Comment