साँच्चै उनीहरु चाहि के गर्थे होलान ?
मात्रिका पौडेल
यदि कांग्रेस र एमालेको सरकारले भारतस“ग बिप्पा गरेको भए,यदि कांग्रेस र एमालेको सरकारले भारतस“ग पांचेश्वर परियोजना सम्झौता गरेको भए, भारतस“ग कोशी उच्चबा“धको सम्झौता गरेको भए, भारतस“ग माथिल्लो कणर्ली सम्झौता गरेको भए, भारतीय कम्पनिलाई विमानस्थल व्यवस्थापनको जिम्मा दिने तयारी गरेको भए, भैरवनाथ काण्डका दोÈी राजु बस्नेतको बढुवा गरेको भए, यदि कांग्रेस र एमालेको सरकार हुदा“ संविधानसभा विघटन भएको भए,अथवा भनौ, कांग्रेस र एमालेको सरकार हुदा“ सेना समायोजनमा जाने लडाकुका संख्या १९ हजारबाट १५ सयमा सिमित हुन परेको भए, साच्चै, यस्तो अवस्थामा माओवादीहरुले चा“ही के गर्थे होलान ???
पत्रकार प्रकाश तिमल्सिनाले सामाजिक सन्जालमार्फत उठाएका यी प्रश्नमा घोत्लिने हो भनें जवाफ सम्भवतः एउटै आउन सक्छ ‘ यति बेला एनेकपा माओवादीले सडकमा आगो बालिरहेको हुने थियो वा देशमा ठूलै मूठभेड हुन्थ्यो’ ।
तर यी सबै काम एमाओवादीका उपाध्यक्ष प्रधानमन्त्री बाबुराम भट्टराईको हाताबट फत्ते भएपछि सम्भवतः यी सबै कृत्यका स्टेकहोलण्डरहरु प्रसन्न भएका छन् । नेपालीमा उखान छ, चोरलाई चाबी जिम्मा लगाएपछि घर सुरक्षित हुन्छ । बाबुरामलाई प्रधानमन्त्री बनाउनेहरुले यो उखान थाहा नपाउने कुरै भएन । आफ्नै पार्टीका तत्कालिन बरिष्ठ उपाध्यक्ष मोहन वैद्य, महासचिव रामवहादुर थापा र प्रमुख सचेतक देव गुरुङ समेतलाई थाहा नदिई प्रायः भारतीय पाहुनामात्र बस्ने महाराजा होटलमा भारतीय खुफिया एजेन्सीका प्रतिनिधिको रोहबरमा मधेशी मोर्चासँग गरिएको चार बुँदे सम्झौताबाट शुरु भएको बाबुरामको लीला अब त प्रचण्डलाई पनि पच्न छाडेको छ । तर प्रचण्ड विवश छन्, किनकी जसले बाबुरामलाई बनाए, तीनैले आफूलाई बिगार्न पनि सक्छन् । बाबुरामको विकल्पमा आफैं प्रधानमन्त्री बन्न अहिले पुनः अग्रसर भएका प्रचण्ड , बाबुरामबाट भएका यी सबै क्रियाकलापका निरीह साक्षी हुन् ।
माधवकुमार नेपाललाई प्रचण्ड बाबुरामले कठपुतली प्रधानमन्त्री भने । विदेशीको कठपुतली, सेनाको कठपुतली, फलाना ढिस्काना सबैको कठपुतली । आज बाबुराम भट्टराईका कृत्यसँग माधव नेपालका कृत्यहरु तुलना गर्दा माओवादी जन के सोच्दा हुन् कुन्नि ? तर आम नागरिकको आँखाबाट हेर्दा बाबुरामभन्दा माधव नेपाल निकै चलाख, व्यवस्थापनमा निपूर्ण र आफू जोगिएरमात्र काम गर्न सक्ने खुबीका नेतात अवश्य हुन् । यो भन्दा बढि माधव नेपालको बारेमा भनियो भनें उनको पक्षधरता लिएको आरोप लाग्न सक्छ । तर कथनी र करनीमा बाबुरामसँग माधव नेपालको तुलानै हुदैन । किनकी उनले नेपाल र नेपालीले झुक्नुपर्ने, राष्ट्रियतामा प्रश्न उठ्ने, मानव अधिकारका मूल्य मान्यतामा प्रश्न उठ्ने र यतिसम्मकी दुश्मन जत्तिकै भए पनि माओवादी लडाकुले आत्मग्लानी गर्नुपर्ने कुनै पनि काम गरेनछन् । बाबुरामसँग तुलना गर्दा । तर क्रान्तिकारी आवरण भिरेपछि जस्तासुकै राष्ट्रहीत, जनहीत र मानवअधिकार विरोधी काम गरे पनि स्तुत्य हुने यो कस्तो बिडम्बना हो ।
एमाओवादीले माधव नेपाललाई भारतको कठपुतली भनेको थियो । तर माधव नेपालले भारतको चाहना पूरा गर्ने एउटा पनि सम्झौता वा निर्णय आफ्नो पालामा गराउन मानेनन् । यतिसम्मकी आफूभन्दा अघिल्लो सरकारकी पर्यटन तथा नागरिक उड्डयन मन्त्री हिसिला यमीले प्रक्रिया थालेको नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय एयरमार्सल राख्ने प्रक्रिया समेत उनले रोकिदिए । भारतको चाहना माधव नेपालको पालामा एयरमार्सल राख्ने अवश्य थियो । तर परिपक्व राजनेताको रुपमा उनले भारतको त्यो चाहना पूरा हुन त दिएनन् नै, उनकै पालामा सुपुर्दगी सम्झौतामा हस्ताक्षर गराउने प्लानमा पनि साथ दिएनन् । विप्पा सम्झौता नेपालले भारतसंग गर्नैपर्ने थियो होला, तर उनले सडकमा रहेको विपक्षी माओवादीको अनुहार सम्झिएरै होला त्यो बाबुरामकै भागमा राखिदिएछन् ।
प्रचण्डले सरकार छाडेर माधव नेपाल प्रधानमन्त्री बन्ने मैदान तत्कालिन प्रधानसेनापति रुक्माङगद कटवालले निर्माण गरेका थिए भन्दा अतिशयोक्ति हुदैन । तर माधव नेपालले तीनै रुक्माङगद कटवालले भने जसरी कुलवहादुर खड्कालाई कोर्टमार्सल गर्न दिएनन् । बरु उनलाई सम्मानजक अवकाशको मौका दिएर आफूमाथि लागेको सेनाको कटपुतलीको अभियोग धुने प्रयास गरे । भैरवनाथ गणबाट बन्दी बेपत्ता पार्ने काण्डमा मुछिएका महासेनानी राजु बस्नेतलाई बाबुराम आफैं सहायकरथी बनाइदिए । तर माधव नेपालले भैरवनाथ काण्डका बेला उपत्यका प्रितनापति रहेका तोरणजंगवहादुर सिंहको बढुवा अघि सबै प्रक्रियामात्र पूरा गरेनन्, सोही काण्डमा मुछिएका सैनिक अधिकृत निरन्जन बस्नेतलाई राष्ट्रसंघीय शान्ति मिसनबाट फर्काउन पहल गरे । यी सबै घटनाक्रमले को कसको कठपुतली हो भन्ने देखाउदैन र ? तर गौरवशमसेर जबराका सामु बाबुराम किन गरुढ सामु सर्प जस्तै बने ? यो प्रश्नको हिसाब किताब सायद माओवादी पंक्तिले त खोजिरहेको होला ।
अर्थमन्त्री हुँदा गरेका राम्रा कामहरु त बाबुरामले प्रधानमन्त्री भएको एक हप्ताभित्रै इतिहासमै सबैभन्दा जम्बो मन्त्रिपरिषद गठन गरेर दुर्घन्धले छोपिसकेका थिए । त्यस यताका उनका क्रियाकलापले न त नेपाली जनतालाई राहत दिएको छ, न त माओवादी कार्यकर्तालाई साहसनै दिएको छ । बाबुराम को हुन्, उनले कसका लागि काम गरिरहेका छन् ? यिनको कमाण्ड कन्ट्रोल को सँग छ भन्ने प्रश्न अब माओवादी पंक्तिले प्रचण्ड समक्ष गर्नु पनि व्यर्थ हुन सक्छ । किनकी बाबुरामले जसको नीति उसको नेतृत्व हुनुपर्छ भनेर प्रचण्डको नेतृत्वमाथि प्रश्न उठाइसकेका छन् । हुन पनि अहिले एनेकपा माओवादी बाबुरामको नीतिमा चलिरहेको छ । शान्ति र संविधान बाबुरामको नीति हो ।
शान्ति प्रक्रिया बाबुरामले कसरी टुंग्याए भन्ने कुरा शिविरबाट दुई लाखको चेक बोकेर गाउँ पसेका पूर्व लडाकुहरुको बिलौना सुने हुन्छ । संविधान किन बनेन भन्ने स्पष्टै छ, किनकी त्यो बाबुरामको कुर्सीसँग सौदाबाजी भयो । बरु संविधान नआओस तर मेरो कुर्सीमा कसैले धावा बोल्न पाउदैन भन्ने बाबुरामको स्पष्टै कुरा थियो । नबुझ्नेहरुले पहिचानका कारण संविधान आएन भन्छन् । तर पहिचान जातीको होइन बाबुरामको गुम्ने भएकाले संविधान नआएको हो । नीति आफ्नो नेतृत्व प्रचण्डको भएकोमा बाबुरामलाई चित्त बुझेको छैन । महाधिवेशन त बाबुरामले हुनै दिदैनन्, किनकी महाधिवेशनबाट फेरि पनि उनको नीति पारित होला तर नेतृत्व अझै प्रचण्डकै हुन्छ किनकी प्रचण्डलाई नेतृत्वबाट हटाउन सक्ने खुबी भएकाहरु त्यहाबाट बाहिरिई सकेका छन् ।
पछिल्लो समयमा एमाओवादीले जबस मोर्चाहरुका राष्ट्रिय सम्मेलन स्थगित गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो ? माघमा निर्धारित महाधिवेशन हुदैन भनेर पार्टीकै नेताहरुले ठोकुवा गर्ने अवस्था कसरी सिर्जना भयो ? जिल्ला तथा राज्य समितिका सम्मेलनहरुमा रक्तपात हुने घोषणा कसरी हुदैछ ? यी सबै प्रश्नहरुले सायद सबैभन्दा चिन्तित प्रचण्डलाईनै बनाएको हुनुपर्छ । तर माथि पत्रकार प्रकाश तिमल्सिनाले उठाएका प्रश्न र त्यो प्रश्नको आलोकमा जन्मिएका आशंकाहरुको जवाफ त एमाओवादी नेतृत्वले दिनुपर्नेछ । कि त भन्न सक्नुप¥यो प्रचण्डले, बाबुराम मेरो कमाण्डमा रहेनन् । पार्टीले भनेको नामनी संकटकाल लम्ब्याउदा नेपाली कांग्रेस जस्तो पार्टीले शेरवहादुर देउवालाई कारवाही गरेको एक दशक पनि भएको छैन । के एमाओवादी पार्टी अब कांग्रेस जत्तिको पनि रहेन ? आफ्नो पार्टीको उपाध्यक्षलाई नियन्त्रण गर्न नसक्ने हो भनें नीति जसको नेतृत्व पनि उसैलाई सुम्पिएर, बाबुरामसँग बस्न नसक्नेहरु धोविघाटतिर गए भइ गयो नि ।
मात्रिका पौडेल
यदि कांग्रेस र एमालेको सरकारले भारतस“ग बिप्पा गरेको भए,यदि कांग्रेस र एमालेको सरकारले भारतस“ग पांचेश्वर परियोजना सम्झौता गरेको भए, भारतस“ग कोशी उच्चबा“धको सम्झौता गरेको भए, भारतस“ग माथिल्लो कणर्ली सम्झौता गरेको भए, भारतीय कम्पनिलाई विमानस्थल व्यवस्थापनको जिम्मा दिने तयारी गरेको भए, भैरवनाथ काण्डका दोÈी राजु बस्नेतको बढुवा गरेको भए, यदि कांग्रेस र एमालेको सरकार हुदा“ संविधानसभा विघटन भएको भए,अथवा भनौ, कांग्रेस र एमालेको सरकार हुदा“ सेना समायोजनमा जाने लडाकुका संख्या १९ हजारबाट १५ सयमा सिमित हुन परेको भए, साच्चै, यस्तो अवस्थामा माओवादीहरुले चा“ही के गर्थे होलान ???
पत्रकार प्रकाश तिमल्सिनाले सामाजिक सन्जालमार्फत उठाएका यी प्रश्नमा घोत्लिने हो भनें जवाफ सम्भवतः एउटै आउन सक्छ ‘ यति बेला एनेकपा माओवादीले सडकमा आगो बालिरहेको हुने थियो वा देशमा ठूलै मूठभेड हुन्थ्यो’ ।
मात्रिका पौडेल |
माधवकुमार नेपाललाई प्रचण्ड बाबुरामले कठपुतली प्रधानमन्त्री भने । विदेशीको कठपुतली, सेनाको कठपुतली, फलाना ढिस्काना सबैको कठपुतली । आज बाबुराम भट्टराईका कृत्यसँग माधव नेपालका कृत्यहरु तुलना गर्दा माओवादी जन के सोच्दा हुन् कुन्नि ? तर आम नागरिकको आँखाबाट हेर्दा बाबुरामभन्दा माधव नेपाल निकै चलाख, व्यवस्थापनमा निपूर्ण र आफू जोगिएरमात्र काम गर्न सक्ने खुबीका नेतात अवश्य हुन् । यो भन्दा बढि माधव नेपालको बारेमा भनियो भनें उनको पक्षधरता लिएको आरोप लाग्न सक्छ । तर कथनी र करनीमा बाबुरामसँग माधव नेपालको तुलानै हुदैन । किनकी उनले नेपाल र नेपालीले झुक्नुपर्ने, राष्ट्रियतामा प्रश्न उठ्ने, मानव अधिकारका मूल्य मान्यतामा प्रश्न उठ्ने र यतिसम्मकी दुश्मन जत्तिकै भए पनि माओवादी लडाकुले आत्मग्लानी गर्नुपर्ने कुनै पनि काम गरेनछन् । बाबुरामसँग तुलना गर्दा । तर क्रान्तिकारी आवरण भिरेपछि जस्तासुकै राष्ट्रहीत, जनहीत र मानवअधिकार विरोधी काम गरे पनि स्तुत्य हुने यो कस्तो बिडम्बना हो ।
एमाओवादीले माधव नेपाललाई भारतको कठपुतली भनेको थियो । तर माधव नेपालले भारतको चाहना पूरा गर्ने एउटा पनि सम्झौता वा निर्णय आफ्नो पालामा गराउन मानेनन् । यतिसम्मकी आफूभन्दा अघिल्लो सरकारकी पर्यटन तथा नागरिक उड्डयन मन्त्री हिसिला यमीले प्रक्रिया थालेको नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय एयरमार्सल राख्ने प्रक्रिया समेत उनले रोकिदिए । भारतको चाहना माधव नेपालको पालामा एयरमार्सल राख्ने अवश्य थियो । तर परिपक्व राजनेताको रुपमा उनले भारतको त्यो चाहना पूरा हुन त दिएनन् नै, उनकै पालामा सुपुर्दगी सम्झौतामा हस्ताक्षर गराउने प्लानमा पनि साथ दिएनन् । विप्पा सम्झौता नेपालले भारतसंग गर्नैपर्ने थियो होला, तर उनले सडकमा रहेको विपक्षी माओवादीको अनुहार सम्झिएरै होला त्यो बाबुरामकै भागमा राखिदिएछन् ।
प्रचण्डले सरकार छाडेर माधव नेपाल प्रधानमन्त्री बन्ने मैदान तत्कालिन प्रधानसेनापति रुक्माङगद कटवालले निर्माण गरेका थिए भन्दा अतिशयोक्ति हुदैन । तर माधव नेपालले तीनै रुक्माङगद कटवालले भने जसरी कुलवहादुर खड्कालाई कोर्टमार्सल गर्न दिएनन् । बरु उनलाई सम्मानजक अवकाशको मौका दिएर आफूमाथि लागेको सेनाको कटपुतलीको अभियोग धुने प्रयास गरे । भैरवनाथ गणबाट बन्दी बेपत्ता पार्ने काण्डमा मुछिएका महासेनानी राजु बस्नेतलाई बाबुराम आफैं सहायकरथी बनाइदिए । तर माधव नेपालले भैरवनाथ काण्डका बेला उपत्यका प्रितनापति रहेका तोरणजंगवहादुर सिंहको बढुवा अघि सबै प्रक्रियामात्र पूरा गरेनन्, सोही काण्डमा मुछिएका सैनिक अधिकृत निरन्जन बस्नेतलाई राष्ट्रसंघीय शान्ति मिसनबाट फर्काउन पहल गरे । यी सबै घटनाक्रमले को कसको कठपुतली हो भन्ने देखाउदैन र ? तर गौरवशमसेर जबराका सामु बाबुराम किन गरुढ सामु सर्प जस्तै बने ? यो प्रश्नको हिसाब किताब सायद माओवादी पंक्तिले त खोजिरहेको होला ।
अर्थमन्त्री हुँदा गरेका राम्रा कामहरु त बाबुरामले प्रधानमन्त्री भएको एक हप्ताभित्रै इतिहासमै सबैभन्दा जम्बो मन्त्रिपरिषद गठन गरेर दुर्घन्धले छोपिसकेका थिए । त्यस यताका उनका क्रियाकलापले न त नेपाली जनतालाई राहत दिएको छ, न त माओवादी कार्यकर्तालाई साहसनै दिएको छ । बाबुराम को हुन्, उनले कसका लागि काम गरिरहेका छन् ? यिनको कमाण्ड कन्ट्रोल को सँग छ भन्ने प्रश्न अब माओवादी पंक्तिले प्रचण्ड समक्ष गर्नु पनि व्यर्थ हुन सक्छ । किनकी बाबुरामले जसको नीति उसको नेतृत्व हुनुपर्छ भनेर प्रचण्डको नेतृत्वमाथि प्रश्न उठाइसकेका छन् । हुन पनि अहिले एनेकपा माओवादी बाबुरामको नीतिमा चलिरहेको छ । शान्ति र संविधान बाबुरामको नीति हो ।
शान्ति प्रक्रिया बाबुरामले कसरी टुंग्याए भन्ने कुरा शिविरबाट दुई लाखको चेक बोकेर गाउँ पसेका पूर्व लडाकुहरुको बिलौना सुने हुन्छ । संविधान किन बनेन भन्ने स्पष्टै छ, किनकी त्यो बाबुरामको कुर्सीसँग सौदाबाजी भयो । बरु संविधान नआओस तर मेरो कुर्सीमा कसैले धावा बोल्न पाउदैन भन्ने बाबुरामको स्पष्टै कुरा थियो । नबुझ्नेहरुले पहिचानका कारण संविधान आएन भन्छन् । तर पहिचान जातीको होइन बाबुरामको गुम्ने भएकाले संविधान नआएको हो । नीति आफ्नो नेतृत्व प्रचण्डको भएकोमा बाबुरामलाई चित्त बुझेको छैन । महाधिवेशन त बाबुरामले हुनै दिदैनन्, किनकी महाधिवेशनबाट फेरि पनि उनको नीति पारित होला तर नेतृत्व अझै प्रचण्डकै हुन्छ किनकी प्रचण्डलाई नेतृत्वबाट हटाउन सक्ने खुबी भएकाहरु त्यहाबाट बाहिरिई सकेका छन् ।
पछिल्लो समयमा एमाओवादीले जबस मोर्चाहरुका राष्ट्रिय सम्मेलन स्थगित गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो ? माघमा निर्धारित महाधिवेशन हुदैन भनेर पार्टीकै नेताहरुले ठोकुवा गर्ने अवस्था कसरी सिर्जना भयो ? जिल्ला तथा राज्य समितिका सम्मेलनहरुमा रक्तपात हुने घोषणा कसरी हुदैछ ? यी सबै प्रश्नहरुले सायद सबैभन्दा चिन्तित प्रचण्डलाईनै बनाएको हुनुपर्छ । तर माथि पत्रकार प्रकाश तिमल्सिनाले उठाएका प्रश्न र त्यो प्रश्नको आलोकमा जन्मिएका आशंकाहरुको जवाफ त एमाओवादी नेतृत्वले दिनुपर्नेछ । कि त भन्न सक्नुप¥यो प्रचण्डले, बाबुराम मेरो कमाण्डमा रहेनन् । पार्टीले भनेको नामनी संकटकाल लम्ब्याउदा नेपाली कांग्रेस जस्तो पार्टीले शेरवहादुर देउवालाई कारवाही गरेको एक दशक पनि भएको छैन । के एमाओवादी पार्टी अब कांग्रेस जत्तिको पनि रहेन ? आफ्नो पार्टीको उपाध्यक्षलाई नियन्त्रण गर्न नसक्ने हो भनें नीति जसको नेतृत्व पनि उसैलाई सुम्पिएर, बाबुरामसँग बस्न नसक्नेहरु धोविघाटतिर गए भइ गयो नि ।
No comments:
Post a Comment