प्रकाश तिमल्सिना
काठमाडौं, असोज २३
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा राज्यद्धारा वेपत्ता पारिएका परिवार समाजले आयोजना गरेको धर्ना कार्यक्रममा घुसपैठ भएको छ ।
युद्धकालमा ४९ माओवादी कार्यकर्ताको हत्या गरेको आरोप लागेका भैरवनाथ गणका तत्कालिन सेनानी राजु बस्नेतलाई सरकारले सहायक रथीमा बढुवा गरेको विरोधमा आयोजना गरिएको धर्ना कार्यक्रममा घुसपैठ भए पछि प्रभावित बनेको छ ।
‘बिहान ८ बजे देखी सुरु भएको शान्तिपुर्ण धर्ना कार्यक्रम सकिन १५ मिनेटमात्र बाँकी रहदा प्रहरीमाथी ढुंगा हान्ने काम भयो,’ समाजका अध्यक्ष एकराज भण्डारीले नागरिकसँग भने, ‘धर्नाकारीबाट प्रहार भएको भन्दै प्रहरीले लाठिचार्ज ग¥यो र जसकाकारण हाम्रा केही साथीहरु घाइते पनि भएका हुन् ।’ भण्डारीले धर्नालाई विथोल्ने उदेश्यसहित घुसपैठ गराउने काम भएको भन्दै छानविनको माग पनि गरेका छन् ।
बालुवाटारस्थित प्रधानमन्त्री निवास आसपासको क्षेत्र जुलुस, सभा र धर्नाका लागि निषेधित क्षेत्र हो । प्रहरीको असहमतिका बाबजुद पनि करिब ३ सय वेपत्ता परिवारका ३ सय सदस्यले धर्नामा दिइरहेको बेला एक्कासी प्रहरीले आक्रमण गरेको समाजको आरोप छ ।
धर्नाकारीको पक्षवाट ढुंगा प्रहार भएको भन्दै प्रहरीले हस्तक्षेप गर्दा एक दर्जन सहभागी घाइते भएका छन् । यसरी घाइते हुनेहरुमा धिरज खनाल, इश्वर बिक, अम्बिका आचार्य, सावित्रि घिमिरे, रमेश राई, राजेन्द्र प्रजापतिलगायत छन् । जसमध्ये खनाल गम्भिर रुपमा घाइते भएका र अन्य घाइतेलाई वीर अस्पतालमा सामान्य उपचार गरी घर पठाइएको छ ।
मोहन बैद्य नेतृत्वको नेकपा–माओवादी निकट वेपत्ता परिवारले प्रधानमन्त्री निवासको मुल ढोकामा धर्ना दिइरहेको बेला एकीकृत माओवादीले भने ज्ञापन पत्र बुझाएको छ ।
पार्टी उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वको सरकारले युद्धकालमा ४९ माओवादी कार्यकर्ताको हत्यामा दोषी भनिएका बस्नेतलाई बढुवा गरेको भन्दै विरोधमा सो ज्ञापन पत्र वुझाइएको हो । पुजा खनाल नेतृत्वको वेपत्ता योद्धा परिवार समाज, नेपालले भट्टराई सरकारको सो निर्णयले ‘जनयुद्ध’ को अपमान गरेको भन्दै सो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । खनाल नेतृत्वको टोलीले वुझाएको सो माग पत्र प्रधानमन्त्री भट्टराईले वुझेका छन् ।

No comments:
Post a Comment