Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, October 6, 2012

वस्नेतको बढुवामा पार्टी भित्रैवाट बिरोध

नागरिक संबाददाता
काठमाडौं असोज १९
माओवादी कार्यकर्ताको हत्या गरेको तथा वेपत्ता बनाएको आरोप लागेका भैरवनाथ गणका तत्कालिन सेनानी राजु वस्नेतलाई सरकारले वि्रगेडियर जनरलमा वढुवा गरेको भन्दै वेपत्ता योद्धा परिवार समाज नेपालले गम्भिर आपत्ति जनाएको छ ।

एकीकृत माओवादी निकट सो संगठनले पार्टी उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वको सरकारले असोज १८ थते बस्नेतलाई बढुवा गरेको भन्दै आपत्ति जनाउँदै सो निर्णय तत्काल फिर्ता लिन पनि माग गरेको छ । युद्धकालमा पक्राउ गरी गणमा राखिएका दर्जर्नौ माओवादी कार्यकर्ता हत्या र पक्राउमा बस्नेत दोषी भएको माओवादी र मानवअधिकारवादी संघ संस्थाले आरोप लगाउँदै आएका छन् ।
"बर्तमान सरकारका प्रधानमन्त्री बाबुराम भट्टराई हाम्रो पार्टीका उपाध्यक्षसमेत रहेका कारण अबिलम्ब पार्टी अध्यक्षले यस निर्णय प्रति पार्टीको आधिकारिक धारण सार्वजनिक गर्न माग पनि गर्दछौं" अध्यक्ष पुजा खनालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, "साथै पार्टीले पनि उक्त आपत्तिजनक निर्णय प्रति अबिलम्ब विरोध जनाई आफना उपाध्यक्षको हैसियतले प्रधानमन्त्रीलाई निर्णय फिर्ता लिन निर्देशन नदिएमा हामी बेपत्ता परिवार गम्भिर निर्णय लिनुपर्ने स्थीति आउन नदिन पार्टीले समयमा उचित कदम चालोस भन्ने चाहान्छौं ।" गैर् ह न्यायिक ढंगले गिरफ्तार गरेर वेपत्ता गर्ने जस्तो गम्भिर अपराध गर्ने साथै राष्ट्रिय तथा अन्तराष्टर््रिय मानवअधिकारवादी संस्थाले समेत दोगाी ठहर गरेका बस्नेतलाई हदैसम्म कारवाही नगरी पदोन्नती गरेर भट्टराई सरकारले आफनो चरित्र उदांगो पारेको समाजको थप आरोप छ ।

No comments:

Post a Comment