प्रकाश तिमल्सिना, काठमाडौं, असोज २१- प्रमुख राजनीतिक दलबीच संविधानसभाको
नयाँ चुनावमा जाने 'भद्र सहमति' भएको दुई साता नबित्दै सत्तारुढ एकीकृत
माओवादीले संविधानसभा पुनर्स्थापनाको मुद्दा फेरि उठाउने भएको छ।
पार्टीको जिल्ला र राज्य समिति इन्चार्ज भेलामा संविधानसभा पुनर्स्थापना मुद्दा फेरि उठाउने जानकारी गराएका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले त्यसलाई राष्ट्रिय सहमतिको सर्तका रूपमा प्रस्तुत गर्ने तयारी गरेका छन्।
'अहिलेको राजनीतिक निकास संविधानसभा पुनर्स्थापना नै हो, त्योबाहेक अर्को विकल्प छैन,' एकीकृत माओवादी नेता जनार्दन शर्माले नागरिकसँग भने, 'नयाँ चुनावमा जान र त्यसका लागि आवाश्यक संविधान संशोधन गर्न पुनर्स्थापना जरुरी भएकाले अध्यक्षले उक्त मुद्दा दलहरूको छलफलमा पुनः उठाउँछु भन्नुभएकोे छ।' चुनावमा जान अन्तरिम संविधान संशोधन गर्नुपर्ने र त्यसका लागि पुनर्स्थापनाबाहेक अर्को विकल्प नभएको तर्क एकीकृत माओवादीले सार्दै आएको छ।
अन्य दलहरू पुर्नस्थापनामा सहमत भएमा कांग्रेस नेतृत्वको सरकार स्वीकार्न तयार भएको सन्देश माओवादीले दिन खोजेको छ। 'संविधानसभा पुनःस्थापना अन्य दलहरू सहमत भए कांग्रेसलाई नेतृत्व हस्तान्तरण गर्न सकिन्छ, तर चुनावमै जाने भए बाबुरामजीले नै सरकारको नेतृत्व गनुपर्छ भन्ने हाम्रो धारणा हो,' शर्माले भने। पुनःस्थापना सहमति नभए चुनावी सरकारका लागि कांग्रेसलाई नेतृत्व दिन माओवादी तयार छैन। यसका लागि कांग्रेस सभापति सुशील कोइरालासँग माओवादीले अनौपचारिक प्रस्ताव गरिसकेको स्रोतले बताएको छ। संविधानसभा पुर्नस्थापना नगरी कांग्रेस नेतृत्वलाई सरकार नमान्ने निष्कर्षमा पुगेको माओवादीले प्रधानमन्त्रीका लागि स्वतन्त्र उम्मेदवार छनोटलाई पनि सँगै अघि बढाएको छ। अध्यक्ष दाहालनिकट एक नेताका अनुसार भट्टराई सरकारको बहिगर्मनपछि सकेसम्म माओवादी नेतृत्वमा सरकार बनाउने र त्यो सम्भव नभएमा आफूअनुकुलका स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्ने रणनीतिअनुसार माओवादीले उम्मेदवार खोजेको हो। दमननाथ ढुंगाना, देवेन्द्रराज पाण्डे, सुन्दरमणि दीक्षित र खगेन्द्र संग्रौलामध्ये एकलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्नेबारेमा पार्टीभित्र छलफल चलेको ती नेताले बताए।
उनका अनुसार स्वतन्त्र उम्मेदवारबारे दलहरूबीच सहमति नभएमा अध्यक्ष दाहाल स्वयंले प्रधानमन्त्री दाबी गर्नसक्ने सम्भावना पनि प्रबल छ। 'पुनःस्थापना सहमति नभए कांग्रेस नेतृत्वमा सरकार बन्न सक्दैन,' दाहालनिकट नेताले भने, 'स्वतन्त्र उम्मेदवारमा पनि सहमति नभए अध्यक्ष आफैं पनि प्रधानमन्त्रीको आंकाक्षीका रूपमा आउन सक्नुहुन्छ।' उनका अनुसार दाहालले सरकारको नेतृत्व गर्नेबारे पार्टीभित्र छलफल जारी छ।

No comments:
Post a Comment