प्रकाश तिमल्सिना, काठमाडौं, असोज २९ -मोहन वैद्य नेतृत्वको
नेकपा-माओवादीले नेपालमा भारतीय सवारीसाधन निर्वाध सञ्चालनको विरोध
गरिरहेका बेला सत्तारुढ एकीकृत माओवादीनिकट मधेसी राष्ट्रिय मुक्ति मोर्चा,
नेपाल (क्रान्तिकारी) नेता भारतीय सवारीसाधन आगमन सहज पार्नुपर्ने माग
राख्दै धर्ना बसेका छन्।
वैद्य माओवादीले सबै नाकाबाट भारतीय गाडी पस्न नदिनुका साथै नेपाल भित्रिएका त्यस्ता गाडी फिर्ता गराउँदै आएको छ। तर, वैद्य माओवादीको उक्त कार्य 'प्रचारात्मक र उत्तेजनात्मक' भएको भन्दै एकीकृत माओवादीका मधेसी नेताले काठमाडौंलगायत मधेसका विभिन्न स्थलमा धर्ना दिइरहेका छन्।
'भारतसँग हाम्रो रोटीबेटीको नाता छ, दुई देशकोबीचको सम्बन्ध बिगार्ने उद्देश्यले वैद्यजीहरूले भारतीय सवारीसाधन आगमनमा अवरोध गरेकाले त्यसको विरोध गरेका हौं,' मोर्चाका अध्यक्ष रामकुमार शर्माले नागरिकसँग भने, 'पार्टी विभाजनको उद्देश्य प्रष्ट पार्न नसकेपछि उत्तेजनात्मक कार्यक्रम ल्याएर उनीहरूले नेपाल र भारत सम्बन्ध बिगार्न खोजिरहेका छन्।' नेपाल-भारतको परम्परागत सम्बन्ध बिगार्न तथा दुई देशबीचको व्यापारमा असर पुर्याउने उद्देश्यले वैद्य माओवादीले गरेको आन्दोलनको तुक नभएको उनको भनाइ छ।
भारतीय सवारी रोक्ने कार्यको विरोध गर्दै ३१ बुँदे माग राखेर मोर्चाले देशव्यापी रूपमा तीनदिने धर्ना दिने शर्माले जानकारी दिए। उनका अनुसार असोज २६ मा प्रधानमन्त्री बाबुराम भट्टराईलाई माग पत्र बुझाएको मोर्चाले २७ देखि २९ सम्म देशव्यापी धर्ना दिनेछ। अध्यक्ष शर्मा (काठमाडौ), शिवकुमार मण्डल (विराटनगर), नन्दकिशोर यादव (जनकपुर), उपेन्द्र साह (विरगञ्ज), राजु हरिजन (भैरहवा), परमानन्द बर्मा (नेपालगन्ज) को नेतृत्वमा धर्ना दिने मोर्चाले जनाएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादवले वैद्य माओवादीले गरेको आन्दोलनले नेपाल-भारत सम्बन्ध बिगार्ने भएकाले उक्त कार्य रोक्न माग गरेको बताए। 'भारतीय सवारी साधन अवरोध गर्ने कामले दुई देशबीचको सम्बन्ध बिगार्नुका साथै उत्तेजना फैलाउने काम गर्छ,' यादवले नागरिकसँग भने, 'मधेसी जनतालाई थप पीडा दिन सञ्चालन गरिएका यस्ता क्रियाकलाप रोक्न पार्टी र सरकारसँग माग गरेका छौं।'
सप्तरीदेखी पर्सासम्मका आठ जिल्लाका विकास खर्चमा व्यापक अनियमितता र भ्रष्टचार भएको भन्दै उच्चस्तरीय छानबिन समिति बनाउन मोर्चाले सरकारसँग माग गरेको छ। 'सशस्त्र हतियारधारी र अन्य आन्दोलनका कारण सरकारी कार्यालय प्रमुख मधेसमा बस्न नसकेकाले यी आठ जिल्लामा व्यापक भ्रष्टाचार र अनियमितता भएको छ,' शर्माले नागरिकसँग भने, 'त्यसको छानबिन गर्न उच्चस्तरिय आयोग बनाउनुपर्छ भनेर सरकारसमक्ष माग गरेका छौं।' माउ पार्टीसँग सल्लाह गरेर धर्ना बसेको बताउँदै शर्माले मधेसका लागि ५० प्रतिशत विकास बजेट माग गरे।
एकीकृत माओवादीका मधेसी नेताले भारतीय सवारीसाधन आगमन सहज र पूर्वअवस्थामै सञ्चालन गर्नुपर्ने माग गरिरहेका बेला नेकपा-माओवादीले भने आन्दोलन नरोक्ने जनाएको छ। 'भारतीय सवारीसाधनको गैरकानुनी र स्वेच्छाचारी आवतजावत रोक्न सरकारले पहल गरेन भने हामी आन्दोलनमा उत्रिन्छौं,' नेकपा-माओवादीनिकट जनस्वयंसेवकका अध्यक्ष दीपक चलाउनेले भने।

No comments:
Post a Comment