प्रकाश तिमल्सिना, काठमाडौं, असोज २५ - एकीकृत माओवादीले हत्या र अपहरणको
आरोप लागेका नेता कालीबहादुर खामलाई पूर्वजनमुक्ति सेना संघको नेवाः तथा
ताम्सालिङ राज्य समितिको इन्चार्जको जिम्मेवारी दिएको खुलेको छ। कोटेश्वरका
व्यापारी रामहरि श्रेष्ठको हत्या र चिनियाँ व्यापारीको अपहरणमा संलग्न
भएको आरोपमा प्रहरीको 'मस्ट वान्टेड' सूचीमा रहेका खामलाई माओवादीले उक्त
जिम्मेवारी दिएको हो।
युवा विभागका इन्चार्ज तथा पूर्वजनमुक्ति सेना संघका प्रमुख नन्दकिशोर पुनले खामलाई पूर्वलडाकुको संगठनको जिम्मेवारी दिइएको बताए। 'खामजीलाई पूर्वजनमुक्ति सेना संघको नेवाः तथा ताम्सालिङ राज्य समितिको इन्चार्जको जिम्मेवारी दिइएको हो,' पुनले नागरिकसँग भने, 'पार्टीले उहाँमाथि गरेको कारबाही फुकुवा गरेपछि जिम्मेवारी दिएका हौं।' उनका अनुसार पछिल्लो केन्द्रीय समिति बैठकले खाममाथिकोे निलम्बन फुकुवा गरेपछि पूर्वलडाकु संघको दुई राज्य समितिको इन्चार्ज बनाइएको हो।
श्रेष्ठको हत्या र चिनियाँ व्यापारी अपहरण र फिरौती असुलीमा खामको संलग्नता पुष्टि भएपछि एकीकृत माओवादीले दुई वर्षअघि उनलाई केन्द्रीय सदस्यबाट निलम्बन गरी छानबिनमा राखेको जनाएको थियो। आर्थिक अनियमिततामा मुछिएका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडेसँगै निलम्बनमा परेका खाम श्रेष्ठको हत्यामा संलग्नता खुलेपछि फरार छन्। श्रेष्ठको २०६४ चैतमा अपहरणपछि हत्या गरिएको थियो।
त्यसपछि 'फरार' रहेकै बेलामा चिनियाँ व्यापारीको अपहरणमा खामको संलग्नता खुलेपछि पार्टीले उनलाई साधारण-सदस्य मात्र रहने गरी निलम्बन गरेको थियो। पाँच वर्षदेखि 'फरार' भनिएका खामलाई माओवादीले कारबाही फुकुवा गरी लडाकु संगठनकै महत्वपूर्ण जिम्मेवारी दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
काठमाडौं, भक्तपुर, ललितपुर, आसपासका ९ जिल्लासहित १२ जिल्लाका पूर्वमाओवादी लडाकु संघको जिम्मेवारी पाएलगत्तैे उनले गतिविधि बढाएका छन्। 'अपहरण, फिरौती र हत्यामा संलग्न खामजीलाई दुईवटा राज्य समितिको इन्चार्ज बनाएकाले स्वाभिमानी जनमुक्ति सेनाको अपमान भएको छ,' एक असन्तुष्ट पूर्वलडाकु कमान्डरले नागरिकसँग भने। शिविरभित्रको आर्थिक अनियमितता छानबिन गर्नुसट्टा विवादास्पद कमान्डरलाई जिम्मेवारी दिएर पार्टीले पूर्वलडाकुको घाउमा नुन छर्कने काम गरेको उनको आरोप छ। श्रेष्ठ हत्यामा संलग्नता देखिएको भन्दै माओवादीले तेस्रो डिभिजन, चितवनको कमान्डरबाट निलम्बनमा परेका खामलाई केही समयपछि पुनः पाँचौ डिभिजन, रोल्पा सरुवा गरेको थियो। तर, त्यहाँ रहँदा पनि चिनियाँ व्यापारीको अपहरण र फिरौती असुलीमा संलग्नता भेटिएपछि उनको जिम्मेवारी खोसिएको थियो।

No comments:
Post a Comment