२५
असोज, काठमाडौ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले २०६९ सालको बडादशैँको
पहिलो दिन घटस्थापना असोज ३० गते मङ्गलबार बिहान ११ बजेर सात मिनेटको शुभ
साइतमा दुर्गा स्थापना गर्नु उत्तम रहेको जनाएको छ ।
समितिका
अध्यक्ष प्रा. डा. माधव भट्टराईले दिनुभएको जानकारीअनुसार कात्तिक ८ गते
बुधवार बिहान ९ बजेर ३५ मिनेटमा दुर्गा बिसर्जन र ११ बजेर २९ मिनेटमा
दुर्गाभवानीको टीकाप्रसाद ग्रहणको उत्तम साइत रहेको जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment