प्रकाश तिमल्सिना, काठमाडौं, असोज १६-माओवादीसँग चुनावी गठबन्धन नगर्ने निष्कर्षमा पुगेको तमलोपाले उपेन्द्र
यादब नेतृत्वको मधेसी जनअधिकार फोरम, नेपालसँग पार्टी एकताको प्रक्रियालाई
भने अन्तिम चरणमा पुर्याएको छ।
तराई मधेस जनअधिकार फोरम, नेपाल र तराई मधेस लोकतान्त्रिक फोरम, नेपाल अथवा एकीकृत मधेसी जनअधिकार फोरम, नेपाल मध्ये कुनै एक नाम राखेर जाने निष्कर्षमा पुगेका छन्। तमलोपा र फोरम नेपालले यसअघि प्रयोग गर्दै आएका झन्डालाई संयुक्त बनाएर जाने भन्नेमा भने दुवै दल बिच सहमति भइसकेको छ।
तमलोपाबाट सर्बेन्द्रनाथ शुक्ला र फोरम नेपालवाट महासचिव रामसहाय यादवको नेतृत्वमा गठन गरेको वार्ता टोली विचको चार चरणका बार्ताले दुवै दललाई एकीकरण नजिक पुर्याएको हो। यतिखेर दुवै पार्टी विचको एकताका लागि प्रावधिक विषयमात्र मिलाउन बाँकी रहेका नेताहरुले बताएका छन्।
'हाल दुवै पार्टीले प्रयोग गरिरहेका झन्डालाई नै मिलाएर जाने भन्ने सहमति दुवै वार्ता टोली बिच भइसकेको छ तर पार्टीको नाम के राख्ने? त्यसको निर्णय गर्ने अधिकार भने कार्यदलले नेतृत्वलाई दिनेछ,' फोरमका संयोजक यादबले भने। उनका अनुसार एकता प्रक्रिया पछि राखिने पार्टीको नामका लागि १२ नामावली प्रस्तावमा आएको र त्यसर्लाइ तीन नाममा सिमित गरेर नेतृत्वलाई निर्णय गर्ने अधिकार दिन लागिएको छ।
पार्टीको नेतृत्व, बिधान, केन्द्रिय कार्यसमिति, नीति तथा कार्यक्रम, अवधारणा र नारा लगायतका धेरै विषयमा दुवै बार्ता टोली विच पटक-पटक छलफल भइसकेकाले वार्ता निष्कर्ष तर्फ पुगेको फोरमका महासचिबसमेत रहेका यादबले बताए। 'धेरै विषयमा नै सहमति भइसकेकोमा एकीकरण हुनेमा आशाबादी छौं' यादबले भने, 'पार्टी एकता हुनेमा लगभग निश्चित छ तर त्यसका केही प्रक्रियागत विषयमात्र मिलाउन बाँकी छन्।' तमलोपाका क्षत्रीय सम्मेलन जारी रहेकाले पनि वार्ता प्रभावित भइरहेको भए पनि त्यसले चाँडै निष्कर्ष निकाल्ने उनको भनाई छ।
तमलोपाका वार्ताटोली संयोजक शुक्लाले पनि फोरम, नेपालसँग पार्टी एकताको प्रक्रिया नजिक पुगिसकेको बताएका छन्। 'एकता नै कहिले हुन्छ भनेर मिति त भन्न त सकिन्न तर अहिलेसम्मको बार्ता सकारात्मक तबरले बढेकाले एकता हुनेमा अब कुनै शंका छैन्।' केन्द्रिय समिति, जिल्ला समिति गठनलगायतका प्रावधिक बिषयहरु मात्र हल गर्न बाँकी रहेको उनको भनाई छ।
'दुवै पार्टीका अध्यक्षले भावानात्मक एकता भइसक्यो, भौतिक एकता हुन मात्र बाँकी छ भनिसक्नु भएको छ, हामी भौतिक एकता मात्र गराउन खोजिरहेका छौं' शुक्लाले नागरिकसँग भने। दुवै पार्टीको नेतृत्व बिच एकता गर्ने सहमति भएपछि कार्यादल बनाइएको र कार्यादले प्रावधिक बिषय मिलाएर एकता प्रक्रियालाई सहज बनाउने कार्य मात्र गरेको शुक्लाको भनाई छ।

No comments:
Post a Comment