काठमाडौं, असोज १७ (नागरिक)- नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले
प्रधानमन्त्री बाबुराम भट्टराईमा लेन्डुप प्रवृति हावी भएको आरोप लगाएका
छन्।
पार्टी निकट अखिल (क्रान्तिकारी) को १९ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले प्रधानमन्त्री भट्टराईले मुलुकलाई सिक्किमीकरण र फिजीकरणतर्फ डोर्याएको पनि बताए।
'बाबुरामजीमा लेन्डुप (सिक्किमलाई भारतलाई हस्तान्तरण गर्ने नेता) प्रवृत्ति देखा पर्छ भनेर हामीले कहिल्यै सोचेका थिएनौं तर उहाँको गतिविधिले त्यसलाई पुष्टि गर्दै लगिरहेको छ,' वैद्यले भने, 'मुलुकलाई सिक्किमीकरण र फिजीकरणतर्फ लैजाने बाबुरामको कदमको घोर विरोध गरेर जानुपर्छ।' बिप्पा, कोसी उच्चबाँध, विमानस्थलको व्यवस्थापन भारतीय कम्पनीलाई दिने कार्यले भट्टराईलाई नयाँ लेन्डुपको रुपमा उदय गराउँदै लगेको उनको जिकिर रहेको छ।
संविधानसभाका ६ सय १ सदस्यलाई गुमराहमा राखेर सहमतिका नाममा संविधानसभा विघटन गराउने कार्य पनि भट्टराईले नै गराएको उनको आरोप छ। 'बाबुरामजीले संविधानसभा माओवादीको भ्रूण हो, बच्चा हो भनेर धेरै ठाउँमा भन्नुहुन्थ्यो तर उहाँले नै त्यो बच्चाको घाँटी अचटेर मार्ने काम गर्नुभयो,' वैद्यको आरोप छ, 'संविधानसभाको हत्यारा बाबुरामजी हो, यो लुकेको कुरा होइन।'
भट्टराई र उनको सरकारप्रति निकै आक्रमक रुपमा देखिएका अध्यक्ष वैद्यले दाहाल र भट्टराईको पार्टीले मुलुकको स्वाधीनताको रक्षा गर्न नसक्ने पनि बताए। 'प्रचण्डले दिल्लीको आशीर्वादबिना मुलुकमा केही नहुने भन्नुभएको थियो तर आज उहाँ आशीर्वादको लागि अहिले लम्पसार परिरहनुभएको छ,' वैद्यले भने।
नेपालका विश्वविद्यालयमा मार्क्सवादको पढाइ हुनुपर्ने वैद्यको माग छ। 'हाम्रा विद्यालय विश्वविद्यालयमा कहिल्यै मार्क्सवादको पढाइ हुँदैन, त्यो व्यवस्था गर्न जरुरी छ।' पुँजीवादसहित सामान्तवाद र साम्राज्यवादको पाठ्यक्रम राखेर मार्क्सवादलाई ओझेलमा पारेको वैद्यको गुनासो छ।
'राष्ट्रिय आत्मसमर्पणवाद र नवसंशोधनवादविरुद्ध आन्दोलन, जनशिक्षा प्राप्तिका लागि १९औं राष्ट्रिय सम्मेलन' भन्ने नारासहित त्रिभुवन विश्वविद्यालयको प्रांगणमा जारी राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ। सम्मेलनमा विभिन्न विद्यार्थी संगठनका प्रतिनिधि थिए।

No comments:
Post a Comment