Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Sunday, May 15, 2016

"प्रचण्डले धोका दिए"को भन्दै महरा अमरेश सिंहको शरणमा

केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न असफल भएपछि निराश एकीकृत नेकपा माओवादीमा महासचिव कृष्णबहादुर महरा गत आइतवार बिहान भैसैपाटीस्थीत कांग्रेस नेता अमरेश सिंह निवासमा पुगे ।

अध्यक्ष पुष्पकमल दाहालले ओली सरकार परिवर्तनको सबालमा आफुलाई ‘पेन्डुलम’ बनाएको गुनासो सिंहसँग पोखेका छन् । अध्यक्ष दाहालको निर्देशन अनुसार नै ओली सरकार ढाल्न आफु लागि परेको तर अन्तिममा अध्यक्ष दाहाल ‘यु–टर्न’ हुदाँ आफु भने पार्टी भित्र र बाहिर दुवैतर्फवाट असुरक्षित महशुश गरेको पनि सिंहलाई सुनाउन भ्याएका छन् ।

‘महराजी भेटन आउनु भएको थियो, समसामयिक बिषयमा कुराकानी गरेका हौं’ सिंहले नागरिकसँग भने । उनका अनुसार पछिल्लो समय बिकसित राजनीतिक घटनाक्रम र सरकार परिवर्तनका बारेमा भए घटेका बिषयमा छलफल र समिक्षा भएको छ । यसो त महराले सिंहबाहेक आफु निकट अन्य एमाओवादी नेतासँग पनि अध्यक्ष दाहालले गम्भिर धोका दिएको र राजनीतिमा उठनै नसक्ने गरी फसाएको भन्दै गुनासो गर्न थालेका छन् । प्रधानमन्त्रीको ओलीको थमौती पछि पछिल्लो समय महरा पार्टी भित्र ‘भुमिगत’ अवस्थामा छन् ।

महराका अनुसार सरकार ढाल्ने अध्यक्ष दाहालको निर्देशन अनुसार नै नयाँ दिल्लीमा सत्तापक्ष र अन्य राजनीतिक दलका नेतासहित भारतीय बिदेश मन्त्री शुषमा स्वराज, राजनाथ सिंह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजय डोभलसँग भेटघाट गरी सरकार परिवर्तनको ‘चलखेल’ गरिएको हो ।

सो अघि अध्यक्ष दाहालले आफैले कांग्रेस सभापति शेरबहादुर देउवा दिल्ली जानु अघि दुई पटक ‘गोप्य’ भेटघाट गरी ओली सरकार ढाल्ने योजना बनाएको पनि उनले जनाई रहेका छन् । दिल्लीमा देउवा र महराले भारतीय सत्ता पक्षसँग अलग अलग एक–एक पटक र अन्तिममा भने देउवा र महराले सामुहिक उपस्थीतिमा भेटघाट गरी नयाँ सरकारका निमार्णका लागि भारतीय समर्थन जुटाउने काम गरे । भारतमा भएका सम्पुर्ण घटनाको नियमित रिर्पोटिङ महराले दाहलालाई दिल्लीवाटै गरिदिए ।

देउवा फर्कनु अघिल्लो दिन महरा काठमाडौं फर्के र भारतमा भएका सबै राजनीतिक घटनाक्रम अध्यक्ष दाहाललाई ब्रिफिङ गरी मनोबैज्ञानिक रुपमा तयार पार्ने काम गरे । महराका अनुसार दाहालले भारतीय संस्थान पक्षसँग कुरो मिले पछि पहलकदमी लिने योजना बनाइएका थिए ।
दाहाल र महराको योजना अनुसार नै स्थायी समिति बैठकमा महराले ओली सरकार ढाल्ने प्रस्ताव पेश गरेका थिए तर सो बैठकले तत्काल सरकार नढाल्ने तर ओलीसँग भने सत्य निरुपण र बेपत्ता छानबिनलगायत सरकार सञ्चालनको बिषयमा गम्भिर वार्ता गर्ने निर्णय गरेको थियो । त्यहाँ दाहालले मौन बसेर स्थायी समिति सदस्यहरुको धारणा बुझने काम गरेका थिए, महराले भन्दै आएका छन् ।

उता, दाहाल स्वयंले पनि कांग्रेसका नेता सुरुमा कृष्ण सिटौला र पछि शेखर कोइरालालाई पटक पटक भेटघाट गरी ओली सरकार ढाल्ने योजना बनाए । तर, दाहालसँग कुरा गर्न आएका सिटौलाले फर्केर देउवालाई सरकार ढाल्न तयार रहेको सुनाए  तर देउवा भने सिटौलासँग विश्वस्त हुन सकेनन । त्यसपछि देउवाले कोइरालालाई दाहालकहाँ पठाएर फर्के पछि ढुक्क हुन पुगे, कांग्रेस स्रोतले भन्यो ।

त्यसपछि महरासहित १९ गते साँझ बुढानिलकण्ठ पुगेका दाहालले ओली सरकार ढाल्न आफु पुर्णत तयार रहेको जनाउँदै ड्राफट बनाउनेसम्मको कुराकानी त्यहाँ टुंगाउने काम गरियो । जसअनुसार नै दाहालले कांग्रेससँग सरकार ढाल्ने सहमतिको ड्राफ्ट बनाउन सचिव बर्षमान पुन र जनार्दन शर्मालाई सक्रिय गराईदिए । पुन र शर्माले कांग्रेससँग मिलेर ७ बुदेँ सहमतिको ड्राफट पनि तयार पा¥यो । ‘तर, सरकार सञ्चालनको मितिका बारेमा सहमति हुन सकेन, त्यसको जिम्मा देउवा र प्रचण्डले आफैले उल्लेख गर्नेसम्म सहमति गरी दुवै दलका नेताले उठेका हुन्,’ माओवादी स्रोतले भन्यो ।

उता, ‘भारतीय डिजाइन’ अनुसार सरकार फेर्न दाहालले लागेको सुइको पाए पछि चीनिया पक्ष एकाएक सक्रिय भएको महराको बुझाई छ । ‘अध्यक्षले सरकार ढाल्न म सक्रिय थिइन, महराजीले उता (भारतीय पक्ष)का पक्षसँग सबै कुराकानी र पहलकदमी गरेका हुन भनेर चिनियाँ पक्षलाई भनिदिए पछि म चीनको ‘ब्ल्याक लिस्ट’मा परेको छु,’ महराको मुख्य गुनासो छ, ‘यता, भारतीयहरुले पनि मलाई पहिला झै चीनीयाँ निकट भनेर बुझिदिएपछि म थप संकटमा परेको छु ।’ न भारतको, न चीनको हुन सकेको मात्रै डर होइन्, महरालाई सबैभन्दा खतरा अख्तियारको छ ।

स्रोतका अनुसार लडाकु शिविरमा भएको रकम अनियमितताका बारेमा अनुसन्धान गर्ने भन्दै महरालाई अख्तियारले पत्र थमाई सकेको छ । युद्धकालिन अपराधमा भन्दा भ्रष्टचारको आरोपमा जेल जानु पर्ने भय महरालाई यसकारण पनि छ कि महराको बारेमा बर्ष दिन देखीका गतिबिधि अख्तियारले नियालिरहेको छ, महरा निकट स्रोतले नागरिकसँग भन्यो ।

घटना यसरी नाटकीय मोडमा दाहालले ल्याए कि बिहान आफनो नेतृत्वमा सरकार बनाउने भन्दै बिज्ञप्ति जारी गरेका दाहाल साँझ ओलीलाई निरन्तरता दिन तयार भए । तर, सरकार ढाल्न महरालाई खटाएका दाहालले सरकार जोगाउने सबालमा भने उत्ति महत्व दिएनन, उनलाई त्यसपछिका कुनै पनि क्रियाकलापमा संलग्न गराएनन ।

जस्तो कि, प्रधानमन्त्री ओलीसँग ‘निर्णायक बार्ता’ गर्न बालुवाटार जाँदा दाहालले उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव टोपबहादुर रायमाझीलाई लिएर गए, महरालाई भने छाडिदिए । श्रेष्ठ र रायमाझी भने ओली सरकार ढाल्न नहुने भन्दै अडान लिदै आएका नेता हुन । यी दुवै नेताका कारण ओली सरकार नढल्ने देखेपछि देउवाले श्रेष्ठ र रायमाझीलाई  सम्झाउन बिमलेन्द्र निधिलाई खटाई दिए । निधिले दुवै नेतालाई सम्झाउने प्रयास गरे पनि मन भने जित्न सकेनन, यद्धपी श्रेष्ठ पछि चाँही पार्टी निर्णय बिपरित भने उभिएनन ।

त्यसो त प्रधानमन्त्री निवास वालुवाटारमा महरालाई नलगेका दाहालले एमालेसँगको अन्य छलफलहरुमा पनि सहभागी गराएनन । बरु, कांग्रेससँग सहमति गर्न ‘ड्राफट’ बनाउन संलग्न रहेका बर्षमान र जनार्दनलाई नै एमालेसँग पनि ‘ड्राफट’ बनाउन खटाई दिएर अचम्मका काम गरे ।

महरा त्यसपछि दाहालको कोटरीवाट पुर्ण रुपमा ‘आउट’ भएका छन् । चीनियाँ पक्षसँग संवन्ध बिगारिदिन दाहालले खेलेको दोहोरो भुमिका कारण रहेको महराको बुझाई छ । सो बुझाईका कारण नै पछिल्लो समय महरा ‘भुमिगत’ भएका हुन, महरा स्रोतले भन्यो । यसबारेमा बुझन खोज्दा महरा सम्पर्कमा आउन चाहेनन् ।


No comments:

Post a Comment