निरुसा निखत मुम्बईकी चर्चित फेसन डिजाइनर हुन् । इलाहावादको निम्न मध्यमवर्गीय मुस्लिम परिवारकी निरुसाको मुम्बईसम्मको यात्रा कठोर र संघर्षपूर्ण छ । तिनै संघर्षको कथाले यतिबेला निरुसा मुम्बईमा स्थापित फेसन डिजाइनर भएकी हुन् ।मुम्बईमा उनी स्थापित मात्र होइन, सबै पक्षबाट बलियो पनि छिन् । यद्यपि आर्थिक रूपले सबल भए पनि अविवाहित आमा बन्ने उनको निर्णय समाजका लागि चुनौतीपूर्ण थियो । मुस्लिम समुदायमा एकल आमा बन्ने निर्णय नै आफैंमा कठोर थियो, यद्यपि निरुसाले त्यस्तो निर्णय किन लिनुप¥यो ? निक्कै रोचक र संघर्षपूर्ण कथा निरुसाले यसरी सुनाइन् ।
‘सन् २००५ तिरको कुरा हो, म त्यसबेला लिभ इन रिलेसनसिपमा थिएँ । हाम्रो सम्बन्धले निरन्तरता पाउँछ भन्ने कुरामा मलाई पटक्कै विश्वास थिएन । रहँदै बस्दै जाँदा म गर्भवती भएछु, गर्भपतन गराउन मलाई राम्रो लागेन । किन भने यो मेरो सम्बन्धको नतिजा थियो, यसको जिम्मेवार म हुँ, मेरो पेटभित्र हुर्किएको भ्रुणको के कसुर थियो र म उसलाई मिल्काउँ ? मेरो पेटको भ्रुणको कुनै दोष नभएकाले मैले उसलाई मिल्काउन चाहिनँ ।"
‘सन् २००५ तिरको कुरा हो, म त्यसबेला लिभ इन रिलेसनसिपमा थिएँ । हाम्रो सम्बन्धले निरन्तरता पाउँछ भन्ने कुरामा मलाई पटक्कै विश्वास थिएन । रहँदै बस्दै जाँदा म गर्भवती भएछु, गर्भपतन गराउन मलाई राम्रो लागेन । किन भने यो मेरो सम्बन्धको नतिजा थियो, यसको जिम्मेवार म हुँ, मेरो पेटभित्र हुर्किएको भ्रुणको के कसुर थियो र म उसलाई मिल्काउँ ? मेरो पेटको भ्रुणको कुनै दोष नभएकाले मैले उसलाई मिल्काउन चाहिनँ ।"
मेरो केही जिम्मेवारी छ भन्ने कुरो साँचो हो । मैले आफ्नो जिन्दगीबारे केही निर्णय गर्नु नै थियो । त्यसबेला मेरो अवस्था पनि त्यति राम्रो थिएन । यो ठाउँमा कहिले स्थापित हुन्छु कि हुन्न भन्ने कुरामा कुनै एकिन थिएन । यदि यो क्षेत्रमा स्थापित भइएन भने निम्नमध्यम वर्गको मुस्मिल परिवारकी मैले के गर्नुपर्छ भन्ने कुरो सोच्न सकेकी थिइनँ । त्यसैले मेरो पेटको भु्रणलाई कायमै राख्ने निर्णय गर्नु मेरा लागि त्यति सजिलो थिएन ।
यसबारेमा मैले आफ्नो परिवारलाई पनि जानकारी दिएँ । त्यसका लागि केही भाग्यमानी युवतीहरूमध्ये एक हुँ, जसलाई परिवारले हरेक समयमा साथ दिएको थियो, भलै यो केसमा मैले साथ पाइनँ । गर्भावस्थाका बेलामा एक्लो थिएँ, जागिर थिएन । मेरो अवस्था यस्तो थियो, म बच्चा जन्माउन हिँडेर अस्पताल पुगें, डेलिभरी फर्ममा आफैंले हस्ताक्षर गरें, बच्चा जन्मेपछि आफैं नानी बोकेर घर फर्किएँ । सुरुमा त मेरी आमाले मलाई स्वीकार गर्नुभएको थियो, तर मलाई साथ दिनसक्नु भएन । किनभने मेरा पिताजी मसँग खुसी हुनुहुन्न थियो, त्यसैले मेरो सुत्केरी स्याहार्ने आमाको इच्छा पिताजीले अनुमति नदिँदा पूरा हुन सकेन । आमा धर्मसंकटमा पर्नुभयो, छोरी अथवा पति दुईमध्ये एउटा रोज्नुपर्ने भयो । जब मैले सन्तानलाई यो धर्तीमा टेकाएँ, विस्तारै सबै कुरा मिल्दै गयो ।
आमा बन्नका लागि मलाई लोग्ने चाहिन्छ भन्ने कुरा कहिल्यै पनि महसुस भएन । एउटा लोग्नेमान्छे भए पुग्छ भन्ने लाग्यो । बच्चालाई बाबु खोज्ने अधिकार छ र हुनु पनि पर्छ भन्ने कुरा ठिकै हो । विवाहपछि सन्तान जन्मियो भने कानुनी रूपमा ऊ बाबु हो । तर त्यसपछिको जिम्मेवारी पनि उसले पूरा गर्नुपर्छ ।
मैले त्यस्ता धेरै विवाह देखेको छु, जसका बाबुले जे जिम्मेवारी निर्वाह गर्नुपथ्र्यो, त्यो गर्दैन । त्यस्ता विवाहित पुरुष पनि हुन्छन्, जुन बच्चाले खोजेको माया ममता दिन सक्दैन । तर हिम्मतिला महिलामा बुबा–आमा बन्ने क्षमता हुन्छ, जुन म गरेर देखाउँदैछु ।’
No comments:
Post a Comment