Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, May 16, 2016

माओवादी एकतामा 'भारतीय विस्तारवाद' छिरे पछि तनाव

गत शनिवार साँझ । एकीकरणमा आउन चाहने छरिएर रहेको माओवादी शक्ति र नेता बिच संयोजन समिति बनाउने तथा सोही समितिले राजनीतिक र अन्तरिम बिद्यान बनाउने भन्ने बारेमा छलफल गर्ने कार्यक्रम तय भएको थियो ।

सोही दिन एमाओवादीले पार्टी मुख्यालय पेरिसडाँडामा आफनो केन्द्रीय समिति बैठक बोलाएर माओवादी शक्तिहरु बिचको पार्टी एकीकरण गर्ने निर्णय गर्दै त्यसको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दियो । र, साथै एकीकरणमा आउन चाहानेहरुको संयुक्त केन्द्रीय समिति बैठक जेठ ५ गते बस्ने निर्णय ग¥यो । सोही बैठकले पार्टी एकीकरण संवन्धी १३ बुदेँ प्रस्तावलाई पनि अनुमोदन ग¥यो ।

एमाओवादीको बैठक बस्नु केही समय अगाडी कुपोन्डलस्थित कार्यालयमा मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका बरिष्ठ नेता रामबहादुर थापा पक्षधर केन्द्रीय समिति बैठक बस्यो । जहाँ १ सय १३ जना केन्द्रीय सदस्य उपस्थित भएर बहुमत साबित गरिदिए । सो बैठकले थापालाई संयोजक चयन गर्दै एकीकरण संवन्धी १३ बुदेँ प्रस्ताव अनुमोदन ग¥यो । लगत्तै, औपचारिक रुपमा मोहन बैद्य नेतृत्वको सो पार्टी बिभाजन भयो । त्यस पछि बैद्यले थापा पक्षलाई बिभिन्न आरोप लगाउँदै एउटा बक्तब्य जारी गर्दै उक्त कदमको घोर भत्सर्ना पनि गरिदिए ।

एकीकरणमा आउन चाहेका प्रमुख २ शक्तिको सो निर्णयसँगै मणी थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, जयपुरी घर्तिमगरको समुह र नेत्रबिक्रम चन्दवाट बिद्रोह गरेर आएका बसन्त घर्तिमगरको समुहले एकीकरणका लागि तयार १३ बुदेँ आधार अनुमोदन गरिसकेको थियो । आ–आफना पार्टीमा अनुमोदन गरेर एकीकरणका लागि प्रयासरत र इच्छुक नेताहरु माइतीघरमा जम्मा भइसकेका थियो ।

( त्यो १३ बुदेँमा के थियो त ? यहाँ क्लिक गर्नुहोस् )

तर, एकीकरणका लागि इच्छुक अर्को माओवादी नेता मातृका यादव भने अन्तिममा सो बैठकमा आएनन् । अघिल्लो दिन राष्ट्रिय सभा गृहमा आयोजित अन्तक्रिर्यामा बसेका यादवले पार्टी एकतामा जोड गरेका यादव त्यो साँझ भने माइतीघरमा आएनन । जबकी, शनिवार दिउँसोसम्म पनि यादव एकीकरणका लागि इच्छुक रहेका यादव त्यसै सन्दर्भका बिभिन्न गतिबिधिमा संलग्न रहेका थिए ।

माएतीघरमा यादवलाई निकै बेर कुर्दा पनि नआए पछि प्रचण्ड र मणी थापाले उनलाई फोन लगाए । तर, यादवले मरिकट्टे उठाएनन । औपचारिक निर्णय गर्ने बेला अन्तिम समयमा यादव नआउने मात्रै होइन, फोन नै नउठाए पछि प्रचण्डलगायत अन्य नेता सशंकित भइसकेका थिए । तर, पनि यादवलाई प्रचण्ड, बादल, देव गुरुङ, पम्फा भुषाल, मणी थापा, जयपुरी घर्ती, बसन्त घर्तीमगरले कुरेर निकै बेर बसे तर पनि यादव आएनन् । बिहानसम्म कुनै त्यस्तो संकेत नगरेका यादव अचानक साँझ नआईदिए पछि बिभिन्न अडकलवाजी त्यहाँ सुरु भयो ।
केही समय पछि आउन त परै जाओंस, फोन पनि नउठाएका नेता यादवले आफनो प्रतिनिधित्व गराउँर्दै गोपाल ठाकुर (पुर्व एमाले सांसद), बिक्रान्त र एसपी थापालाई प्रचण्डहरु कुरेर बसेको माइतीघरमा पठाई दिए । 

‘पार्टी एकीककरण गर्नेमा कुनै बिमति छैन तर केही बिषयमा कुरा नमिलेकाले हाम्रो पार्टी एकीकरणमा सामेल हुन नसक्ने भयो’ भन्दै ठाकुरले पार्टी धारणा राखे । पार्टी एकीकरणको बिषयलाई पार्टीमा अनुमोदन गराउन नसकेको जनाउँदै पार्टी एकीकरणमा नआउने यादवको सन्देश सुनाई दिए ।

त्यसपछि प्रचण्डले भने, ‘यही कुरा मातृकाजी सशरिर उपस्थित भएर भनेको भएँ के बिग्रन्थ्यो र ?’ त्यसको जवाफ भने मातृकाका प्रतिनिधिहरुले दिएनन् । त्यसपछि उनीहरु त्यहाँवाट फर्के ।

सो बैठकमा जानकारी गराए अनुसार प्रचण्डले यादवसँग केही राजनीतिक कुरा नमिलेका जानकारी दिएका छन । ‘राजनीतिक प्रतिवेदनमा ‘भारतीय विस्तारवाद’ लेख्न नहुने र अबको आन्दोलन ‘राष्ट्रिय स्वाधिनताका लागि नभई गणतन्त्र संस्थागत गर्न जोड गर्नुपर्ने’  मातृकाजीको माग थियो, त्यो कुरा मानिदैन भनेको थिए, सायदै त्यसैले आउनु भएन,’ बैठक सहभागी स्रोतले भन्यो ।

सो बैठकमा मातृकालाई ‘दक्षिणतर्फ’ ‘आकाशवाणी’ आएको निष्कर्ष निकाल्दै यादवलाई नकुर्ने निर्णय माइतीघरमा नै लिइयो । त्यस्तो निष्कर्ष निकाल्नुको एउटा कारण थियो, मातृकाको पछिल्लो समयमा भारतीय दुतावास, लैनचौरमा खुल्मखुल्ला भएको प्रवेश र भारतीय शंकास्पद ब्यक्तिहरुसँगको पछिल्लो बाक्लो भेटघाटको प्रसङ्ग ।

एकता प्रक्रियामा सामेल रहेकाहरु यादव प्रक्रियामा नआउनेमा शनिवार नै विश्वस्त भएका छन । यद्धपी, उनलाई मनाउने क्रम भने अझै जारी छ । जस्तो कि, बादल माओवादी नेता कुलप्रसाद केसी सोमवार बिहान पनि थापागाउँतिर गएर मातृकालाई भेटघाट गरे तर उनले त्यहाँ पनि भने, ‘अहिले राष्ट्रियताको आन्दोलन गर्नुहुन्न, समावेशी र समानुपातिक गणतन्त्रलाई केन्द्रमा राख्नु पर्छ’ भन्ने धाराणा राखेर नआउने संकेत गरिदिए । त्यसपछि उनी फर्के ।

तर, शनिवार माइतीघरमा प्रचण्डहरुलाई भेटन गएका गोपाल ठाकुरले यसो पनि भनेका थिए, ‘मधेसको आन्दोलनमा दमन भएको छ, यसको माओवादीहरुले बिरोध गर्नुपर्छ, नत्र तराईमा मेरो राजनीतिक भविश्य छैन भन्ने मातृकाजीको सन्देश छ ।’ मातृकाको प्रतिनिधिहरुले मधेसको जारी आन्दोलनलाई समर्थन जनाउन सकिए आफु एकतामा आउने भन्ने अर्को बिषय त्यहाँ राखेका थिए । सोही दिन मातृका यादव बिना नै एकीकरण संयोजन समिति बनाइयो । जसले अहिले पार्टी एकीकरणको बिद्यि र प्रक्रियाका बारेमा निरन्तर छलफल गरिरहेको छ ।

जे होस, माओवादी एकीकरण प्रक्रियावाट मातृका अन्तिममा बाहिरिएका छन् । ‘भारतीय विस्तारवाद’ शब्दावलीमा बिमति राखेका यादवले ‘राष्ट्रिय स्वाधिनताको आन्दोलन केन्द्रमा राख्न नहुने’ बिषयलाई जोड गरे तर अरु माओवादीले मानेनन । बिचरा, यादव पनि आफनो माग पुरा नभए पछि कसरी लुरुक्क परेर एकता प्रक्रियामा जाऊन त ? बिषय सोचनिय छ । 

No comments:

Post a Comment