Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, April 5, 2014

मधेसी दल एकताः छवटा बिषयमा मिल्यो, तीनवटाले चिल्यो

संविधानसभामा प्रतिनिधित्व गर्ने तराई–मधेसकेन्द्रित तीन दलबीच प्रमुख तीन विषयमा सहमति जुट्न नसक्दा एकीकरण अन्योलमा परेको छ।
चार महिनायता पटक–पटक प्रयास भए पनि नेतृत्व प्रणाली, चुनाव चिह्न र पार्टीको नामकरणमा सहमति जुट्न सकेको छैन। एकीकरणका लागि सैद्धान्तिक, वैचारिक र पार्टी झन्डालगायत विषयमा भने सहमति जुटेको बताइएको छ। महन्थ ठाकुर नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टी, उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल र राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीबीच पछिल्लो चार महिनादेखि एकीकरण प्रयास भइरहेको छ।
तीनै पार्टी अध्यक्षले अघिल्लो साता वैचारिक र सैद्धान्तिक विषयमा सहमति जुटाएको सदभावनाका केन्द्रीय सदस्य योगेन्द्र यादवले बताए। ुधेरैवटा विषयमा सहमति जुटेको  छ र प्रमुख तीन विषयमा छलफल जारी छ,ु यादवले भने, ुनेतृत्व प्रणाली, पार्टीको नाम र चुनाव चिह्नबारे अझै छलफल आवश्यक देखिएको छ।ु उनका अनुसार तीनवटै पार्टीका अध्यक्षले सो विषयमा टुंगो लगाउनेबित्तिकै वैशाख पहिलो साता औपचारिक रुपमा पार्टी एकीकरण घोषणा गरिनेछ।
सहमति भएका बिषय
१. राजनीतिक बैचारिक र सैद्धान्तिक बिषय
२. केन्द्रीय समिति ३ सय १ सदस्सीय
३. कार्यसम्पादन समिति ३१ सदस्सीय
४. राजनीतिक समिति ६५ सदस्सीय
५. पार्टी झन्डा
६. एकताको राष्ट्रिय महाधिवेसन बर्ष दिन भित्रै
कार्यदल स्रोतका अनुसार नेतृत्व प्रणालीका लागि तीनवटा प्रस्ताव पेस गरिएको छ। पहिलो अध्यक्ष मण्डली, दोस्रो एक अध्यक्ष र दुई कार्यकारी अध्यक्ष, तेस्रो अध्यक्ष, वरिष्ठ नेता र सहअध्यक्ष रहने नेतृत्व प्रणालीमध्ये कुनलाई मानेर जाने भन्नेमा सहमति जुट्न सकेको छैन। ुतमलोपा र सद्भावना पहिलो र दोस्रोमा सहमत छन् तर फोरम नेपालले पछिल्लो प्रस्ताव गरेकाले सहमति हुन सकेको छैन,ु तमलोपाबाट कार्यदलमा रहेका एक सदस्यले भने।
उनका अनुसार तमलोपा र सद्भावना प्रायः विषयमा एक मत देखिँदै आएका छन्। नेतृत्व बाँडफाँटमा भने तीनै पार्टी अध्यक्षले एकापसमा सहमति गरेर जाने भनिएको छ। ठाकुर पार्टीको प्रमुख स्थानमा रहने पक्का भए पनि यादवले संसदीय मोर्चा र महतोले सांगठनिक मोर्चाको जिम्मेवारी सम्हाल्ने गरी पदीय बाँडफाँट हुने लगभग पक्का देखिएको छ।
यसैगरी, पार्टीको नाम लोकतान्त्रिक सद्भावना फोरम नेपाल र समाजवादी लोकतान्त्रिक फोरम नेपालमध्ये कुन राख्ने भन्नेमा पनि सहमति हुन सकेको छैन। तमलोपा र सद्भावना अघिल्लो नाममा सहमत भए पनि फोरम अध्यक्ष यादवले पछिल्लो नाम प्रस्ताव गरेका छन्।
पार्टीको झन्डा तेर्सो आकारमा माथि रातो, सेतो, तल हरियो र बीचमा तारा रहने भन्नेमा सहमति भइसके पनि पार्टी झन्डा सद्भावनाले प्रयोग गर्दै आएको तीरलाई मान्ने कि फोरम नेपालको मशाललाई मान्ने भन्नेमा सहमति हुन सकेको छैन।
तीनै पार्टी संलग्न कार्यदलले बढीमा ३ सय १ सदस्यीय केन्द्रीय समिति बनाउने सहमति जुटाएको छ। कार्यदलले ३१ सदस्यीय कार्यसम्पादन समिति, ६५ सदस्यीय राजनीतिक समिति  र वर्ष दिनभित्रै एकताको राष्ट्रिय अधिवेशन गर्ने विषयलाई टुंगोमा पुर्‍याएको छ।
आइतबार कार्यदलको बैठक बसेर विवादित तीन विषयमा सहमति प्रयास गर्ने र त्यहाँ सहमति नजुटे शीर्ष नेतालाई जिम्मेवारी दिइने भएको छ। एकीकरणका लागि तयार पारिएको मस्यौदामा तीनै पार्टी अध्यक्षले सामान्य परिमार्जनसहित हस्ताक्षर गरिसकेका छन्।

No comments:

Post a Comment