मुलुक कै सबैभन्दा ठुलो लोकतान्त्रिक दल मानिएको नेपाली कांग्रेसको महाधिवेसन हालै सम्पन्न भएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनमा निकै ठुलो योगदान पु¥याएको कांग्रेसको महाधिवेसन पछि उसले लिने वाटो र रणनीतिले मुलुकले आफनो गति पनि सोही अनुसार नै लिनेछ, मुलक हिडने छ । ऐतिहासिक संविधानसभाले नयाँ संविधान जारी गरे लगत्तै सम्पन्न भएको कांग्रेस महाधिवेसन यसकारण पनि निकै अर्थपुर्ण र महत्व छ ।
राजनीतिक परिवर्तनमा महत्वपुर्ण योगदान दिएपनि आफै स्थापित गरेका उपलब्धीको रक्षा गर्न नसक्ने दलको रुपमा पनि कांग्रेस नेपालको राजनीतिक इतिहासको देव्रपाटोमा अंकित भइरहेको छ । ००७ सालमा स्थापित प्रजातन्त्र होस वा २०४६ सालको बहुदलीय ब्यवस्था नै किन नहोस, कांग्रेसको नेतृत्वमा नै मुलुक रहदाँ अपहरण भएका हुन, यो सत्यलाई कदापी बिर्सनु हुन्न् ।

अहिले नयाँ संविधानले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता, समावेशी समानुपातिक लगायतका ठुला उपलब्धीलाई संस्थागत गरेको छ, त्यो पनि ९० प्रतिशत बराबरको जनप्रतिनिधिको सहमति रहेको संविधानसभावाट । त्यसै उपलब्धीलाई आधार मान्दै कांग्रेसले १३ औं महाधिवेसनको प्रमुख अजेन्डा नै बनायो– नयाँ संविधानको सही कार्यान्वयन ।
आफनै पार्टीको नेतृत्वमा बनेको नयाँ संविधानको कार्यान्वयन पक्षलाई कसरी अगाडी लैजान्छ ? त्यो भोली हेर्दै जाउला । तर, कांग्रेसको महाधिवेसनको निर्वाचित मतपरिणामले भने प्राप्त उपलब्धीहरुलाई अक्षरस कार्यान्वयन गर्न कांग्रेस आफैले बाधा अबरोध त गर्ने होइन ? भन्ने प्रश्न भने जर्वजस्त रुपमा उठाई दिएको छ ।
निर्वाचित मत परिणाम र केही अनुहारले शंका गर्न यो बाध्य बनाएका छन कि – प्राप्त लोकतन्त्र जोगाउन के कांग्रेस सक्षम हुनेछ त ? अथवा, कांग्रेसका कारण नै उपलब्धीहरु पुनः खतरामा पर्ने त होइन ? जायज शंकाहरुलाई यहाँ जोडन खोजेको छु । ती जायज शंका÷आशंका गर्न बाध्य बनाउने मुख्यतः महाधिवेसन प्रतिनिधि पनि उत्तिकै जिम्मेवार छन् भन्ने बिषयलाई पनि जोडन जरुरी छ ।
पहिलो,
भारी मतका साथ महामन्त्रीमा संशाक कोइरालाको बिजयको । कांग्रेस भित्र को बिजयी हुन्छ वा हुदैन ? अथवा को हुनपर्छ को हुनुहुदैन ? भन्ने आम मानिसको चासो होइन्, त्यो कांग्रेसको आन्तरिक कुरा हो । तर, कोइरालाको बिजयीमा भने स्वभाविक रुपमा चासो यसकारण बढेको हो कि नयाँ संविधानले संस्थागत गरेका उपलब्धीलाई चुनौति दिइरहेका ब्यक्ति कांग्रेसको प्रमुख पदमा नै महाधिवेसन प्रतिनिधिले निर्वाचित गरिदिए।
गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतामा पुर्नबिचार गर्नुपर्ने ‘बिबादस्पद अभिब्यक्ति’लाई कोइरालाले अझै पनि सच्याई सकेका छैनन तर उनी नै कांग्रेसमा भारी मतले निर्वाचित हुनु बिडम्बना नै हो । पार्टी महाधिवेसन भन्छ – ‘यी उपलब्धीलाई कार्यान्वयन गराउनु पार्टीको अजेन्डा हो’ तर बिजयी महामन्त्री कोइराला भन्छन – ‘तीनमा पुर्नबिचार गर्नुपर्छ ।’ पार्टीको मुख्य पदमा बिजयी भएका कोइरालाले महाधिवेसनको अजेन्डा बिपरित लागे भने के संविधानको सही कार्यान्यवयन हुन सक्छ त ? स्वभाविक प्रश्न उठछ ।
महाधिवेसनको म्यान्डेट बिपरित कांग्रेसको नीतिगत तहमा प्रभाव पार्ने पदमा भारी मतले बिजयी भएका / गराइएका कोइरालालाई मात्रै होइन, महाधिवेसनको म्यान्डेट बिपरित गएर ‘कोइराला लिगेसी’को भरमा मतदान गर्ने महाधिवेसन प्रतिनिधि पनि संविधानको सही कार्यान्वयन हुन सकेन भने त्यसका दोषी भागी हुनुपर्छ ।
दोस्रो,
भ्रष्टचारको आरोपमा जेल सजायँ भोगेका खुमबहादुर खडकाको बिजय । कांग्रेसले सद्यैँ भन्यो र भनिरहेको पनि छ– कानुनी राज । तर, राज्य कानुनले भ्रष्टचार भनेर प्रमाणित गरिकन जेलसजायँ भोगिसकेका खडकालाई भारी मतले महाधिवेसन प्रतिनिधिले बिजयी गराईदिएर के सन्देश दिन खोजेका हुन ? बुझन गा¥हो छ ।

तर, राज्यको कानुनले नै भ्रष्टचारी भनेर प्रमाणित गरेका खडकालाई बिजयी गराएर महाधिवेसन प्रतिनिधिले कम्तिमा सभ्य समाज, सदाचार र लोकतन्त्रको समेत खिल्ली उडाउने काम गरेका हुन, यो स्विकार गर्नुपर्छ । खडकाको यो बिजय सभ्य समाजलाई कुरीकुरी हो । र, यो कुरीकुरीले मुलुकमा भ्रष्टहरुको भारी इज्जत हुन्छ भन्ने सन्देश कांग्रेस महाधिवेसवाट दिइएको छ ।
भ्रष्टचारी ठहर गरेकालाई सभ्य समाजमा पुर्नस्थापित गर्ने र महत्वका साथ इज्जत दिने महाधिवेसन प्रतिनिधिको यो तरिकाले गाउँ तहसम्म भ्रष्टचारीहरु सम्मानित हुन सक्छन भन्ने डरलाग्दो संकेत दिएको छ । किनपनि भने, महाधिवेसन प्रतिनिधि गाउँ गाउँ तहवाट आएका छन्, उनीहरुले केन्द्रमा जे गरेर गएका छन, स्वभाविक रुपमा गाउँ तहमा पनि त्यही गर्ने नै छन् । जो सभ्य समाज निमार्णको अभियानमा सदाचार बिकास गराउन योगदान दिन कसरी सक्छन ? प्रश्न उठेको छ ।
तेस्रो,
कांग्रेसमा नयाँ पुस्ताले सद्यै आरोप लगाउने गरेको छ– बुढाहरुले केही गरेनन, गर्न दिएनन, गर्न दिदैनन् । उनीहरुको कुरा ठिकै हो किनकी कांग्रेसमा त्यस्तै छ (अरु अरु दलमा चाँही छदै छैन भन्ने होइन) । आसन्न महाधिवेसनमा नयाँ प्रतिनिधि झन्डै ५४ प्रतिशत थिए, तीनले मतदान गर्ने भनेको गोप्य मतदान नै हो, जहाँ कहीँ कतै देखाउनु पर्दैनथ्यो । यो मौकालाई भरपुर उपयोग गर्न पनि सक्थे ।
तर, महाधिवेसन चुनाव परिणाम हेर्दा खुल्ला केन्द्रीय सदस्यमा ४ जना भन्दा नयाँ अनुहार आउन सकेनन् । नयाँ प्रतिनिधिले नयाँ अनुहार छान्नुको सट्टा जस माथी बढी गुनासो तथा नेतृत्व विकास हुन नसकेकोमा पीडा र अपमान बोध गरेर बसिरहेको थियोे । आसन्न महाधिवेसनवाट तीनैलाई फेरी जिताएर नयाँ अनुहारलाई आउनका लागि ठाडै रोकिदियो ।
यसले नयाँ प्रतिनिधि आफै नै युवा अथवा नयाँ पुस्ता र अनुहारलाई अगाडी आउन दिदैनन्, चाहदैन्न । बरु, ‘चाकरी, चाप्लुसी र गुटमा नै रमाउने’ खोज्दो रहेछ भन्ने सन्देश कम्तिमा दिइसकेको छ । ५४ प्रतिशत नयाँ प्रतिनिधि आए पछि कम्तिमा पनि ३५ प्रतिशत नयाँ अनुहारलाई त रोजेको भए कांग्रेसको युवा पुस्ता सक्षम छन भन्ने देखिन्थ्यो । तर, युवा पुस्तालाई ‘अक्षम’ देखाउन कांग्रेस प्रतिनिधि नै बढी जिम्मेवार देखिनु र युवा पुस्ताको नेतृत्व विकासमा दिन सक्ने योगदानका लागि महाधिवेसन प्रतिनिधि चुक्नु पक्कै राम्रो थिएन, होइन् ।
त्यसैले,
नयाँ संविधान बिरुद्ध लागेकालाई नेतृत्वमा ल्याउनु मात्रै होइन्, सभ्य समाज निमार्ण र युवा पुस्ताको नेतृत्व विकासको खिलाफमा चयन भएका नेतृत्व पंक्तिका बारेमा समिक्षा गर्न कांग्रेसीजनले बढी तादरुकता देखाउन पर्छ । र, यो समिक्षा कांग्रेसीजन भित्र मात्रै सिमित हुनु हुन्न किनपनि भने कांग्रेस महाधिवेसनको सन्दर्भमा देखा परेका यी प्रसङ्गले नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा मात्रै होइन, त्यसको सिङ्गो असर नेपालको सम्पुर्ण राजनीति र समाजमा क्रमशः देखिदै जानेछन् ।

No comments:
Post a Comment