Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Friday, June 12, 2015

आयो प्रतिवेदनः राष्ट्रसंघका शान्ति सेना यौन लेनदेनमा संलग्न

सहयोगका लागि खटाइएका क्षेत्रमा राष्ट्रसंघको शान्ति सेनाले ती क्षेत्रका महिलाहरूसँग नियमित रूपमा यौनजन्य कार्य गरेको राष्ट्रसंघको एक प्रतिवेदनमा जनाइएको छ ।
राष्ट्रसंघको कार्यालयका इन्टरनल ओभरसाइट सर्भिस (ओआईओएस) ले भोक र गरिबीले ग्रस्त हैटी र लाइबेरियाका महिलासँग यौनजन्य गतिविधिमा लिप्त भई त्यसको सट्टा मूल्यवान् सामान दिने गरेका छन् । यौन सेवा लिएबापत उनीहरूलाई रकम, गरहना, मोबाइल फोन र अन्य उपयोगी वस्तुहरू शान्ति सेनाले दिएको खुलासा भएको हो ।
सन् २००८ देखि सन् २०१३ को अवधिमा ४ सय ८० ओटा यौन शोषण र दुर्वव्यवहारका घटना भएको समेत प्रतिवेदनमा उल्लेख छ । यौन शोषण हुनेमा एक तिहाइ बालिका रहेको जनाइएको छ ।
लेनदेनमा हुने यौन

हैटी र लाइबेरियामा पर्यवेक्षण गरिएका महिलाहरूले आफूहरू गरिबी, भोक लगायतका समस्याले गुज्रिएको र त्यसको विकल्पका रूपमा राष्ट्रसंघका शान्ति सेनासँग लेनदेनमा यौन गतिविधिमा संलग्न भएको बताएका छन् ।

‘दुईओटा शान्ति मिसन देशहरूको प्रमाणले लेनदेनमा हुने यौन कार्य सामान्य बनेको तर यस्ता घटनाहरूबारे शान्ति मिसनहरूमा रिपोर्ट नगरिएको देखिन्छ,’ राष्ट्रसंघको सो रिपोर्टलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

यसैबीच, सो प्रतिवेदन आफूसँग पनि रहेको उल्लेख गर्दै एपीले लेखेको छ, ‘गत वर्ष अन्तर्वार्ता लिइएका २ सय ३१ महिलाले शान्ति सेनासँग यौन कार्य गरेका छन् ।’

‘पैसा नदिएको अवस्थामा केही महिलाहरूले शान्ति सेनाको दर्जा चिनिने केही संकेत वा चिह्न राखिदिने गरेको र सामाजिक सञ्जालमार्फत त्यसलाई सार्वजनिक गरिदिएको पाइएको छ,’ अभिलेखहरूलाई उद्धृत गर्दै एपीले जनाएको छ ।

सन् २०१४ मा ५१ जना शान्ति सेनामाथि यस्तो आरोप लगाइएको छ । यो संख्या सन् २०१३ मा ६६ रहेको थियो । उनीहरूमध्ये अधिकांशले यौन गतिविधिमा सहभागी भएर पनि वाचा गरे बमोजिमको रकम वा सामग्री दिन इन्कार गरेका थिए । आफूहरूले यसअघि रिपोर्ट गरेको सामग्रीलाई समेत उद्धृत गरेर राष्ट्रसंघको डिपार्टमेन्ट अफ पिसकिपिङ अपरेसन एन्ड फिल्ड सपोर्टले नयाँ प्रतिवेदनको खेस्रा तयार पारेको ती समाचार संस्थाहरूले जनाएका छन् ।

डिपार्टमेन्टले रिपोर्ट नगरेका घटना पनि अहिले चासो बनेका छन् । पछिल्ला १० वर्षमा विभिन्न मुलुकमा ठूलो संख्यामा शान्ति सेना परिचालन गरिएको र यौन शोषण तथा दुव्र्यवहारमा ठूलो मात्रामा गिरावट आएको समेत प्रतिवेदनमा उल्लेख छ । अहिले राष्ट्रसंघले विश्वका विभिन्न मुलुकमा १ लाख २५ हजार शान्ति सेना परिचालन गरेको छ ।

From: Rajdhani Daily

No comments:

Post a Comment