बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा प्रमुख चार राजनीतिक शक्तिबीच १६ बुँदे मस्यौदा सौहार्दपूर्ण रूपमा तयार भयो। पाँच घन्टाभन्दा बढी समय लगाएर तयार भएको मस्यौदामा प्रधानमन्त्री सुशील कोइरालासहित प्रमुख राजनीतिक दलका नेताले पत्रकारसामु हस्ताक्षर गर्ने र हात मिलाएर एकताको सन्देश दिने कार्यक्रम पनि बन्यो।
बालुवाटारस्थित प्रधानमन्त्री निवासको प्रांगणमा नेताका लागि दर्जन कुर्सी तयार पारिए र दुईवटा टेबुल पनि तयारी अवस्थामा राखियो। त्यही बेला अचानक भित्र दुई शब्दलाई लिएर प्रमुख दलहरूबीच लफडाबाजी सुरु भयो।
बालुवाटारस्थित प्रधानमन्त्री निवासको प्रांगणमा नेताका लागि दर्जन कुर्सी तयार पारिए र दुईवटा टेबुल पनि तयारी अवस्थामा राखियो। त्यही बेला अचानक भित्र दुई शब्दलाई लिएर प्रमुख दलहरूबीच लफडाबाजी सुरु भयो।
कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री कोइरालाले पत्रकारसामु हस्ताक्षर गर्न ठिक पारिएको मस्यौदा अध्ययन गरेपछि असन्तुष्टि जनाइहाले, ‘यो मस्यौदामा बहुलवाद भन्ने शब्द रहेनछ, यहाँ बहुलवाद राखौं।'
अन्तिम समयमा प्रधानमन्त्री कोइरालाबाट आएको सो प्रस्तावमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले ठाडै अस्वीकार गरिदिए।
कोइरालाले ‘बहुलवाद' नराखी हस्ताक्षर गर्दै नगर्ने भन्ने अडान कस्न थालेपछि माओवादी अध्यक्ष दाहालले पनि त्यो शब्द राखे आफूले हस्ताक्षर नगर्ने अडान कसे, त्यति मात्रै नभएर उनी झोक्किन पनि थाले। कोइराला र दाहालबीच चर्काचर्की भयो।
‘संविधान निर्माणका लागि भनेर माओवादीले धेरै त्याग गरेको छ, तर यसको मतलब यो होइन कि हामी आत्मसमर्पण गरिरहेका छौं, यसलाई हाम्रो कमजोरी नसोचियोस्,' दाहालले अलि ठूलै स्वरमा भने।
त्यसपछि प्रधानमन्त्री कोइराला झनक्कै रिसाए र हस्ताक्षर गर्न ठिक पारेको मस्यौदा छाडेर बैठक कक्षबाट बाहिरिए। त्यसपछि बैठकमा थप अन्योलता छायो।
प्रधानमन्त्री कोइराला माथिल्लो तलामा उक्ले। बाहिर भने पत्रकार शीर्ष नेताको प्रतीक्षामा थिए। प्रधानमन्त्री नै हिँडेपछि हस्ताक्षर गर्न ठिक पारिएको मस्यौदा भने टेबुलमा अलपत्र भयो।
त्यसपछि वनमन्त्री महेश आचार्य लगायतका कांग्रेस नेता प्रधानमन्त्री कोइरालालाई लिन माथिल्लो तलाको च्याम्बरमा उक्ले र केही समयपछि ‘फकाएर' ल्याउन सफल भए। सौहार्दपूर्ण रूपमा भइसकेको सहमतिमा हस्ताक्षर गर्न छाडेर आफ्नो च्याम्बरमा प्रधानमन्त्री गएको विषयमा एमाले नेताहरूले पनि असन्तुष्टि जनाए।
प्रधानमन्त्री कोइराला आएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले भने, ‘प्रचण्ड (दाहाल) जीले आफ्नो राजनीतिक जीवनलाई नै दाउमा राखेर सहमति गरिरहनुभएको छ, तपार्इं भने गैरजिम्मेवार भई झर्केर हिँड्ने?'
दाहालले भनेअनुसार नै हस्ताक्षर गर्न ओलीले पनि दबाब दिएपछि प्रधानमन्त्री कोइराला बिस्तारै ‘कन्भिन्स' हुँदै गए। आफ्नै पार्टीभित्र चर्को विरोधका बाबजुद युद्धरत अवस्थामा दाहालले १२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौता र सेना समायोजन गरेको तथा अहिले विपक्षी दलको विरोधका बाबजुद पनि संविधान निमार्णका लागि त्याग गरेको ओलीले स्मरण गराएपछि प्रधानमन्त्री कोइराला कन्भिन्स भए। र, ‘देश सञ्चालन गर्न बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतान्त्रात्मक संसदीय शासन प्रणाली अवलम्बन गरिनेछ' भन्ने वाक्य उल्लेख गरेर प्रधानमन्त्री कोइरालासहित प्रमुख चार राजनीतिक दलका अध्यक्षले मस्यौदामा हस्ताक्षर गरे।
तर, सौहार्दपूर्ण रूपमा चलेको वार्ता र छलफलबाट तयार भएको मस्यौदामा हस्ताक्षर गर्ने बेला प्रधानमन्त्री कोइराला र माओवादी अध्यक्षबीच चर्काचर्की भएपछि वार्ता नै भााडिने चिन्ताले शीर्ष नेताहरू ‘मुड अफ' भए।
‘मुड अफ' अनुहारमा पत्रकार सम्मेलनमा नजाने र त्यसको जिम्मा तीन पार्टीका प्रमुख सचेतकलाई दिने भन्ने निर्णय गरेर शीर्ष नेता अलग–अलग भए। जबकि, शीर्ष नेताका लागि भनेर कुर्सी तयारी अवस्थामा राखिसकिएको थियो।
संविधान निमार्णका लागि बाटो खोल्न ऐतिहासिक सम्झौता भएको दिन पनि शीर्ष नेताले एकताको सन्देश भने दिन सकेनन्, उनीहरू चुके।
त्यसअघि प्रधानमन्त्रीसहित एमाओवादी अध्यक्ष दाहाल, एमाले अध्यक्ष ओली र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारबीच दुई घन्टाभन्दा
मस्यौदाको भाषा र शब्दमा तल–माथि परेपछि बालुवाटारभित्रै आठचोटि पुनर्लेखन गरिएको थियो। मस्यौदा लेखनमा नारायणकाजी श्रेष्ठ, महेश आचार्य, भीम रावल, अग्नि खरेल, रमेश लेखक लगायतका नेता खटेका थिए। ‘कहिले के शब्दमा कुरा नमिल्ने, कहिले के भाषामा कुरा नमिल्ने हुदाँ मस्यौदा ७–८ पटक लेखन र पुनर्लेखन गर्नुपरेको थियो,' मस्यौदा लेखनमा सक्रिय एक नेताले नागरिकसँग भने।
त्यसो त निर्वाचन प्रणालीअन्तर्गत आरक्षणका विषयमा पनि दलहरूबीच लामो छलफल भए पनि सहमति भने हुन सकेन। ‘निम्न वर्ग तथा गरिबीको रेखामुनि रहेकालाई अलग्गै आरक्षण दिने कि नदिने भन्ने विषयमा पनि लामै छलफल भयो, तर त्यसमा तत्काल सहमति जुटेन, पछि मिलाउने गरी अनौपचारिक सहमति भएको छ,' एमाओवादी उपाध्यक्ष श्रेष्ठले भने।
बालुवाटारमा बैठक भइरहँदा गच्छदार बिहेको कार्यक्रममा सहभागी हुने भन्दै निस्केका थिए । निकै ‘मुड अफ' देखिएका रामचन्द्र पौडेल घरी यता घरी उता गरिरहेका देखिन्थे। खासमा, पौडेलले आरक्षण राख्नुपर्ने माओवादी अडानप्रति विमति राखेका थिए। बालुवाटारमा दाहाल–गच्छदार पुग्नुअघि नै कांग्रेस र एमालेका शीर्ष नेता प्रतीक्षारत अवस्थामा थिए। दाहाल विपक्षी मोर्चाको धारणा सुनेर बालुवाटार पुगेका थिए। मोर्चा बैठकमा दाहाल–गच्छदारले सत्तारूढ दलसँग जारी राखेको सहमतिको प्रयासको चर्को विरोध भएको थियो। तर, विरोधका बाबजुद पनि दाहाल–गच्छदारले सत्तारूढ दलसँग सहमति गरेर संविधान निमार्णको ढोका खोलिदिए।
प्रधानमन्त्री कोइराला र प्रचण्ड बिच चर्काचर्की भए पछि अन्तिम समयमा शिर्ष नेता यो कुर्सीमा आएनन् |
बढी अलग्गै बैठक बालुवाटारमा नै बसेको थियो। त्यसबीचमा अन्य शीर्ष नेता चार नेताको निर्णयको प्रतीक्षा गरेर प्रधानमन्त्री निवासको प्रांगण र चौरमा उभिरहेका थिए। प्रमुख दलबीच समझदारी भएपछि दोस्रो तहका नेताहरू मस्यौदा लेखनमा सक्रिय भए।
No comments:
Post a Comment