Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Friday, February 6, 2015

मुख्यतः तीन कारणले प्रचण्ड भन्दा भट्टराई 'आक्रमक र उग्र'

एकीकृत नेकपा माओवादीसहित विपक्षी मोर्चाको आन्दोलन तयारीको आन्तरिक प्रशिक्षणमा अध्यक्ष पुष्पकमल दाहालभन्दा केन्द्रीय सदस्य बाबुराम भट्टराई बढी आक्रामक रूपमा प्रस्तुत हुन थालेका छन्। पार्टीको ‘भावी अध्यक्ष' का रूपमा चर्चामा आएका भट्टराईमा पछिल्लो समय ‘र्याुडिकल क्रान्तिकारी' छवि देखा परेको प्रशिक्षणका सहभागीले बताउन थालेका छन्। सत्तापक्षीय र विपक्षी गठबन्धनभित्रकै नेताले पनि दाहालभन्दा भट्टराई बढी ‘आक्रामक र उग्र' बनेको अनुभव गरिरहेका छन्।
‘जे उद्देश्यका निम्ति भनेर युद्ध र आन्दोलनमा लागिएको थियो, त्यो सबै गुम्ने स्थिति भएकाले स्वाभाविक रूपमा बाबुरामजी अरुभन्दा बढी कस्सिनुभएको हो,' भट्टराईनिकट नेता देवेन्द्र पौडेलले भने, ‘संवैधानिक समितिको सभापति हुँदा जे देख्नुभयो र उहाँको समितिलाई कू गर्ने काम जसरी सत्तापक्षबाट गरियो, त्यसले स्वाभाविक रूपमा उहाँलाई आक्रोशित बनाएको छ।' उनका अनुसार भट्टराईले यो आन्दोलनलाई ‘अन्तिम' भनेका छन्।

सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमालेसहित सभाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति पछिल्लो समय दाहालभन्दा बढी भट्टराई आक्रामक देखिएका छन्। ‘जनताको नजरमा कलंकित र बद्नाम भएर मर्नुभन्दा गोन्जालेज बनेर जीवनभर जेलमा बस्नु बेस भनेर अन्तिम लडाइँमा उत्रेको छु, तपाइँ पनि उत्रनुहोस्,' भट्टराईले प्रशिक्षणमा भन्दै आएका छन्। सत्तारुढ कांग्रेस र एमाले माओवादीलाई सिध्याउन लागिपरेको निष्कर्षका साथ प्रशिक्षणमा प्रस्तुत हुने गरेका भट्टराई दाहालभन्दा बढी आक्रामक र उग्र बनेको कार्यकर्ता बताउँछन्।
एमाओवादी नेताहरुका अनुसार भट्टराई आक्रामक र उग्र हुनुमा तीनवटा कारण बढी प्रभावकारी रूपमा देखापरेका छन्। ‘पहिलो, जनवादी सत्ता हासिल गर्ने उद्देश्यसहित युद्धमा होमिएको पार्टीलाई शान्ति र संविधानमा ल्याउने आफ्नो कार्यदिशा असफल होला भन्ने ठूलो भय उहाँमा छ,' दाहालनिकट ती नेताले नागरिकसँग भने, ‘दोस्रो, भावी अध्यक्षको दाबेदार भट्टराईलाई क्रान्तिकारी देखिनु पनि उत्तिकै जरुरी र अनिवार्य नै बनेको छ किनभने आन्दोलनको यो मञ्च प्रयोग गरेर भट्टराई प्रचण्ड र नारायणकाजीसहित उनीनिकट नेताको विश्वास जित्न चाहन्छन्।'उनका अनुसार युद्धकालीन मागलाई शान्ति र संविधानको बाटोबाट पूरा गराउन नसकेको आरोप संविधान निर्माण भएलगत्तै आफूमाथि लाग्ने भय पनि भट्टराईमा देखा परेको छ। तेस्रो, संविधानसभाभित्र सहमति जुटाउने वैधानिक अधिकारप्राप्त संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापतिसमेत रहेका भट्टराई पछिल्लो समय आफूलाई ‘डोमिनेट फिल' गर्न थालेका छन्।
‘आफ्नो समितिमार्फत बनाउनुपर्ने प्रश्नावली समिति सभाध्यक्ष सुवास नेम्वाङले नै घोषणा गरेपछि भट्टराईले अपमानित भएको महसुस गर्न थालेका छन्,' अर्का माओवादी नेताले भने, ‘आफूलाई ‘बाइपास र डोमिनेट' गर्नेगरी सभाध्यक्षसहित सत्तारुढ कांग्रेस र एमाले अघि बढेको आक्रोश उहाँमा बढी देखिन्छ।' माओवादी स्रोतका अनुसार सभाध्यक्ष नेम्वाङ बिरुद्धको भण्डाफोर अभियान र ओलीलाई ‘मानशिक रोगी' जस्तो तुच्छ आरोप लगाउन प्रस्ताव गर्ने र मोर्चावाट निर्णय गराउनका लागि भट्टराईले नै मुख्य जोडबल गरेका हुन।
माओवादी नेताको बुझाइअनुसार भट्टराई पछिल्लो समय आफ्नै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र गठबन्धनका मुख्य सहयोगी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको पनि चर्कै आलोचना गरिरहेका छन्। गच्छदारले माघ ८ मा ल्याएको प्रस्तावलाई भट्टराईले ‘गच्छदारले ल्याएको सहमतिको प्रयास कांग्रेस र एमालेको हो, उनको हुँदै होइन' भन्दै टिप्पणीसमेत गर्न भ्याएका छन्।
माघ ५ मा ‘भइसकेको सहमति' जुटाउन मुख्य भूमिका खेलेका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको घुमाउरो भाषामा संविधानसभा बैठकमार्फतै आलोचनासमेत भट्टराईले गरेका थिए। ‘कोही कोहीले मैले सहमति जुटाएँ, अब कुरो मिल्यो भनेर मिडियातिर फुकेछन्' भन्दै भट्टराईले श्रेष्ठसँग घुमाउरो भाषामा आक्रोश नै पोखे। सो दिनभरि मिडियामा श्रेष्ठले संविधान लेखनमा दलहरुबीच सहमति निमार्णका लागि भूमिका खेलेको भनेर निकै चर्चा र परिचर्चा भएको थियो।
‘ज–जसले सहमति जुटाउने प्रयास गरेका छन्, भट्टराईले तिनैको बढी आलोचना गरिरहनुभएको छ,' श्रेष्ठनिकट एक नेता भन्छन्, ‘सहमति जुटाउने वैद्यानिक अधिकार पाएका बाबुरामजी आफू पनि सहमति जुटाउन नसक्ने र अरुले सहमति जुटाउने कार्य गर्योा भने पनि पचाउन नसक्ने अवस्थामा हुनुहुन्छ, प्रकाशजी पनि त्यसैको सिकार बन्नुभएको हो,' उनले भने। भट्टराई माघ ५ मा जुटेको सहमति संवैधानिक समितिमार्फत लैजान चाहन्थे तर सत्तारुढ दलले त्यसलाई अस्वीकार गरी सिधै संविधानसभा पूर्ण बैठकमा लाने प्रयास गरेपछि भट्टराईले अपमानित भएको महसुस गर्न पुगेका छन्,' स्रोतले भन्यो।
माघ ८ मा गच्छदारले सारेको प्रस्तावमा पनि दाहाल ‘केही सकारात्मक' भए पनि भट्टराईले भने त्यसलाई ठाडै अस्वीकार गरे। ‘शासकीय स्वरुपमा प्रचण्डले ‘नोट अफ डिसेन्ट' लेख्दै सत्तारुढ दलले भनेझैं ‘सुधारिएको संसदीय व्यवस्था' मान्छु भन्नुभएको थियो तर बाबुरामजी बुरुक्क उफ्रेर हँुदै हँुदैन भन्नुभयो,' माघ ८ को घटना सम्झँदै गठबन्धनका एक नेताले नागरिकसँग भने।
संविधानसभाभित्र वैधानिकरूपमा सहमति जुटाउने जिम्मेवारी पाए पनि भट्टराई पछिल्लो समय त्यसलाई छाडेर आन्दोलनको कमान्डरको भूमिकामा छन्। विपक्षी गठबन्धन दलको संयोजक दाहाल भए पनि सत्तारुढ दल र सभाध्यक्ष लक्षित आन्दोलनका योजनाकार भने भट्टराई भइरहेका छन्। आन्दोलनका स्वरुप निर्धारण गर्नेदेखि अन्य दललाई सहभागी गराउने कार्यमा भट्टराई पछिल्लो समय सक्रिय हुन थालेको माओवादीहरू बताउँछन्।
बुधबार भट्टराईले सत्तारुढ कांग्रेस र एमालेलाई स्याल र माओवादीलाई बाघको संज्ञा पनि दिँदै आन्दोलनमा उत्रन कार्यकर्तालाई आह्वान गरे। ‘कांग्रेस र एमाले भनेका स्याल हुन्, हामी बाघ हौं, अहिले कमजोर भए पनि बाघ भनेको बाघ नै हो,' भट्टराईले भृकुटीमण्डपमा कार्यकर्तामाझ भने, ‘निर्णायक आन्दोलनमा हामी हिँडिसक्यौं, तपाइँहरु आए आउनुहोस्, नआए नआउनुहोस् तर नेतृत्व तातेको बेला हुने आन्दोलनमा सबै माओवादी सहभागी हुनु अनिवार्य छ।' उनले कार्यकर्तामाझ यसलाई ‘अन्तिम आन्दोलन' को संज्ञा दिइरहेका छन्।
माघ ११ गते सभाध्यक्ष नेम्वाङले प्रश्नावली समिति निर्माण गरेको प्रसंग उल्लेख गर्दै संविधानसभाको आत्मा नै मरिसकेको मात्रै जनाएनन्, प्रतिगामी तŒवले संविधानसभा अपहरण गराएको आरोप पनि बुधबार दोहोर्याकए। ‘प्रतिगामी र यथास्थितिवादीले संविधानसभा अपहरण गरेका छन्, त्यहाँबाट खोसेर जनताकहाँ ल्याउन अब निर्णायक आन्दोलन गर्नुपर्ने भएको छ, अब सबै आन्दोलनमा होमियौं।'
संविधानसभाको पूर्ण बैठक बोलाएको दिन माघ २२ गते संविधानसभाको महŒवपूर्ण समितिका सभापति भट्टराई भने गृह जिल्ला गोरखा जाँदैछन्। ‘उहाँले प्रशिक्षणमा यो अन्तिम लडाइँ हो भनिरहनुभएको छ,' वाइसिएल नेता दिपेश पुनले नागरिकसँग भने, ‘प्रशिक्षणमा सहभागी हुँदा प्रचण्डभन्दा बढी आक्रमक बाबुराम सर देखिनुभएको छ, यसमा हामी सबैले आश्चर्य मानेका छौं।'
यद्यपि भट्टराई आन्दोलन गर्ने र त्यसको नेतृत्व गर्ने मनस्थितिका साथ कार्यकर्तामाझ देखा परिरहेको पुनको भनाइ छ। पुस २९ गतेको संविधानसभा बैठकमा नगएकोमा आत्माआलोचना' गर्ने उनै सभापति भट्टराई २२ माघवाट संविधानसभा बैठकमा सहभागी नभई आन्दोलन कमान्डरको हैसियतमा पश्चिम क्षेत्रको भ्रमणमा गइसकेका छन्।

No comments:

Post a Comment