संविधानसभा निर्वाचन अघि तराई–मधेसका ९ वटा जिल्लाको जनमत वुझ्ने मौका मिलेको थियो । ९ वटा जिल्लाका प्रायः निर्वाचन क्षेत्रमा पुगियो, जब फर्केर काठमाडौं आए । त्यो बेला मैलै निष्कर्ष निकाले, ‘काठमाडौंको आँखावाट तराई–मधेस बुझ्न सकिन्न, सकिदो रहेनछ, त्यसका लागि भुगोलमा नै छुनै पर्छ ।’
मैले घुमेका जिल्लाहरु मधेस आन्दोलनका केन्द्रबिन्दु मानिने पर्सा देखी सप्तरीसम्मका थिए, जहाँ मधेस आन्दोलनको सबैभन्दा बढी राप चलेको थियो । यसमा दुईमत छैन कि संघीयतालाई स्थापित गराउनका लागि मधेस आन्दोलन महत्वपुर्ण थियो । तर, त्यसको ब्यवस्थापनमा मधेस केन्द्रित राजनीतिक दलहरु नमज्जासँग चुकेको मैले अनुभव गरे । त्यही अनुभवलाई साटासाट गर्ने प्रयास गरेको छु ।
मैले घुमेका जिल्लाहरु मधेस आन्दोलनका केन्द्रबिन्दु मानिने पर्सा देखी सप्तरीसम्मका थिए, जहाँ मधेस आन्दोलनको सबैभन्दा बढी राप चलेको थियो । यसमा दुईमत छैन कि संघीयतालाई स्थापित गराउनका लागि मधेस आन्दोलन महत्वपुर्ण थियो । तर, त्यसको ब्यवस्थापनमा मधेस केन्द्रित राजनीतिक दलहरु नमज्जासँग चुकेको मैले अनुभव गरे । त्यही अनुभवलाई साटासाट गर्ने प्रयास गरेको छु ।
तराई–मधेसमा मतका निर्धारण दुईवटा तरिकाले भइरहेको मैले अनुभव गरे । एउटा फेसबुक पुस्ता अर्थात दोस्रो पुस्ता, अर्को तल्लो तहवाट मात्रै मतको निर्धारण भइरहेको थियो । सामान्य भाषामा, फेसबुक चलाउने पुस्ता भनेको छोरो पुस्ता हो, त्यो बाऊ पुस्ता होइन् । धेरै सर्वसाधारणले मसँग के भने, छोरा पढे लेखेको छ, मलाई त राजनीति थाहा छैन, उ पढे लेखेको र बुझेको पनि छ, उसले जहाँ भन्छ, त्यही दिनु पर्ला ।’ मधेसका बाउ पुस्ता मत हाल्नु अघि छोराको भावना खोजिरहेका थिए भन्ने प्रस्टै देखिन्थ्यो । तर, यो पुस्ता भने मधेस केन्द्रित राजनीतिक दल प्रति भने निकै नकारात्मक रुपमा उभिएको थियो । सत्ताको लुछाचुडी, मन्त्री पाउन र सरकारमा जान पार्टी विभाजनसम्मका हर्कत, आर्थिक अपराध र अपरादर्शीजस्ता बिषयहरु यस्ता बिषय हुन । जसप्रति ‘पढे लेखेको’ पुस्ता पुरै नकारात्मक रुपमा उभिएको थियो ।
दोस्रो, मालिकले होइन, आफैले मत कहाँ हाल्ने भन्ने निर्णय गर्ने क्षमताको विकास तराई मधेसमा हुनु सबैभन्दा बढी महत्वपुर्ण थियो, जसले मतलाई निकै तलमाथी गरिदियो । पहिला, एकजना जमिन्दार (उनीहरुको भाषामा मालिक) ले मत कहाँ हाल्ने भन्ने ठेक्का लिन्थ्यो र आफ्नो गाउँको मत त्यतैतिर लैजान्थ्यो । तर, आज त्यो ठिक उल्टो स्थीति विकास भएको थियो । मालिकको आदेश मान्नेवाला मधेसमा नगन्य रुपमा थिए, ती आफै आफ्नो मतदान कहाँ गर्ने ? भन्नेमा निर्धारण गर्न सक्ने भएका थिए । त्यसकारण मालिकलाई रिझाएर भन्दा पनि उम्मेदवार वा सो पार्टीले तलवाटै मत आफुतिर प्रभावित गर्नु पर्ने बाध्यता थियो । त्यसका लागि उम्मेदवार वा पार्टीले मालिक भेटनु भन्दा पनि प्रत्येक मतदातालाई ‘कन्भिन्स’ गराउनु पर्ने वाध्यता सिर्जना भएको थियो ।
जसरी एकीकृत माओवादी र मधेस केन्द्रित राजनीतिक दलले तराई मधेसका जिल्लामा बचश्र्व कायम गर्दैछौ भनेर पेरिसडाँडा, बिजुलीबजार, मध्यबानेश्वर र बालकुमारीवाट दिन दिनै हुँकार दिन्थे । मलाई पनि लागेको थियो कि मधेसमा उनीहरु नै हावी हुनेछन् किनभने कांग्रेस र एमाले भनेको ‘मधेस बिरोधी’ दल भनेर ब्याख्या गरिएको थियो । हेर्दा हो जस्तै–जस्तै मलाई पनि लागेको हो । तर, म जब तराई–मधेस पुगे, यो हुँकार त ‘जर्बजस्त र गोयबल्स शैली’ मात्र पो सिमित रहेछ भन्ने कुरा थाहा पाए । त्यसको एउटा मुलकारण थियो, ‘चैते मधिसे, बैशाखी नेपाली’ भन्ने तराई–मधेसमा भित्र भित्रै चलिरहेको उखान अर्थात तितो बास्तबिकता ।
तराई–मधेसमा सयौं बर्ष देखी बस्दै आएका तराई मधेसी मुलका रैथाने जनतामा एउटा गहिरो पीडा छ, जो अझै पनि प्रकट हुन सकेको थिएन, जो मतदानको क्रममा प्रकट भयो । धेरै ठाउँमा धेरै रैथाने मधीसे जनताले मलाई के सुनाए भने, ‘चैते मधीसे र बैशाखे नेपाली’ बाट हामी निकै पीडित छौ । उनीहरुका अनुसार माघ फागुनमा भएको मधेस आन्दोलनले ‘गैर नेपाली नागरिक’लाई चैतमा ‘मधिसे’ भनेर परिभाषित ग¥यो र वैशाखमा आएको नागरिकताको टोलीले उसलाई ‘नेपाली’ बनायो ।
नागरिकता टोलीले केही यस्ता मानिसहरुलाई पनि नागरिकता दियो, जो बास्तवमा नेपाली नै थिएनन् । तर, जब उनीहरुले नागरिकताको प्रमाणपत्र हातमा लिए, तव रैथाने तराईवासी र मधेसीमाथी हक जमाउन खोजे, हालीमुहाली पनि उनीहरुको चल्न थाल्यो । साँच्चै भन्नु पर्दा, रैथाने तराईवासी र मधेसी आज ओझेलमा परेका छन् । र, निकै पीडामा पनि छन् । त्यसलाई मधेसवादी राजनीतिक दलले सम्वोधन गर्न सकिरहेका रहेनछन् । ‘भोट ब्यांक्क’ रुपमा उनीहरुलाई ‘चैते मधेसी र बैशाखे नेपाली’लाई मधेसवादी दल र माओवादीले काखी च्यापिरहेका रहेछन् । यो चुनावमा उनीहरु पराजित हुनुको एउटा कारणको रुपमा यो पनि हुदँैछ भनेर जनकपुरमा एकजना चर्चित सम्पादकले मलाई सुनाएका थिए ।
त्यो आवाज मैले राजबिराज, रुपनी, लहान, मिर्चैया, जलेश्वर, बर्दिवास, ढल्केवर, लालबन्दी र चन्द्रनिगाहपुरमा सुन्ने मौका पाए । मैले त्यही बेला निष्कर्ष निकाले, तराई मधेसमा कांग्रेस र एमालेविच चुनावी प्रतिस्पर्धा हुनुमा यो पनि एउटा बलियो कारण बनिरहेको थियो । कारण, कांग्रेस र एमाले अझै पनि रैथाने मधेसी र तराईबासीका पक्षमा देखिएका थिए ।
मधेसका जनमत ‘स्वायत्त मधेस प्रदेश’मा भन्दा पनि अपनत्व अनुभव गरिने मिथिला, सिम्रौनगढ, बिदेह जस्ता राज्यको नाम प्रति बढी आर्कषित भइरहेको थियो । जनकपुरमा ‘मिथिला राज्य संघर्ष समिति’ संघर्ष समिति गठन हुनु यसको एउटा बलियो उदाहरण हो । त्यो अरु ठाउँमा पनि सुशुप्त अवस्थामा गुम्सिएर बसिरहेको छ, जो ठोस रुपमा भोली प्रकट भयो भने आश्चर्य नमाने हुन्छ ।
‘हिन्दी’ भाषालाई सम्पर्क भाषा बनाउनु पर्ने मधेस केन्द्रित राजनीतिक दलको काठमाडौंमा देखिएको आवाज र त्यसका लागि नै लडिरहेका दृश्यले जनमत पुरै नकारात्मक रुपमा उभिएको थियो । त्यसका बिरुद्धमा तराई–मधेसमा ठुल ठुला अभियानहरु नै चलिरहेका थिए, चलिरहेका नै छन् । परिणाम, मधेसको राजनीतिको मुलधारको रुपमा मात्रै होइन, राम्रो संगठन भएको मधेसी जनअधिकार फोरम नेपाल र सदभावना पार्टी निर्वाचनमा पराजित हुनुमा भाषा पनि एउटा मुख्य कारण बनेको थियो । किनभने, फोरम नेपालले घोषणा पत्रमा हिन्दी भाषाको वकालत गरेको थियो भने सदभावनाले हिन्दी भाषामा आफ्नो चुनावी पोष्टर बनाएको थियो, जो त्यहाँको जनतलाई मन परेको थिएन् । स्थानिय तहमा हिन्दी भाषाको वकालत गर्ने पार्टीलाई मत नदेऊ भनेर अभियान चलाउने कामले पनि उनीहरुको मत काटिन पुगेको तथ्य र यथार्थ भुल्नु हुदैन् ।
तराई मधेसमा भेटिएका केही बुद्धिजीविहरुलाई मैले ‘चैते मधीसे र वैशाखे नेपाली’का बारेमा लेख्नुहोस् भनेर आग्रह पनि गरेका थिएँ । तर, उनीहरुले मलाई अचम्म लाग्दो कुरा सुनाए, ‘आजकाल तराई मधेसमा हाम्रो (रैथाने) दिन छैन, आजकाल दिन अरुको नै बलेको छ ।’ उनीहरु भित्र पीडा छ, तर लेख्न सकिरहेका थिएनन, न त बोल्न सकिरहेका थिए । जुन पीडालाई उनीहरुले गोप्य मतदानमार्फत प्रकट गरिदिएका हुन्, अरु बढी केही होइन् ।
तर, तराई मधेसमा एउटा सुन्दर पक्ष चाँही के देखिन्छ भने आफ्नो पहिचान र स्वाभिमानका सबालमा भने उनीहरु निकै नै सचेत र जागरुक हुदँै गएका छन् । हिजोको आँखा अथवा काठमाडौंको आँखाले तरार्ई–मधेसलाई न बुझ्न सकिन्छ, न ससकिदो नै रहेछ, न त त्यही आँखाले हेरेर उनीहरुलाई अब पनि चलाउन सकिन्छ ?
साच्चै, तराई–मधेस अर्कै हुदँै गएको छ, जसले अर्को हुदैँ गएको तराई–मधेसलाई बुझ्न सक्छ, उसैले मात्र जनमतमा बाजी मार्न सक्छ भन्नेमा अव कुनै शंका छैन, न त्यसमा द्धिबिद्धा नै राखिरहनु नै पर्छ भन्ने निष्कर्ष म काठमाडौं आइपुग्दा निकाल्न बाध्य भए । किनकी, यथार्थ यस्तै थियो ।
No comments:
Post a Comment