Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, April 1, 2013

श्रीमतीवाट कुटिएका मन्त्रीले राजिनामा दिएछन्



यो घटना नेपालको भने होइन्, यो हाम्रो छिमेकी मुलुक भारतको हो । र, तस्विरमा देखिएका ब्यक्ति भारत केरला राज्यका बनमन्त्री हुन् । भारतीय मिडियामा यतिखेर उनको निकै चर्चा परिचर्चा भइरहेको छ । त्यो चर्चा मन्त्री हुदाँ राम्रो काम गरेको भनेर भएको होइन, न त उनले नराम्रो काम ग
रेको भनेर नै भएको हो । उनको चर्चा अरु भन्दा अलि फरक छ, जो हत्पत्ति मानिसहरुले पत्याउँदैनन् र सुने पनि हाँस्छन् । फिल्म अभिनेतावाट नेता भएका गणेशकुमारले अदालतमा हालै एउटा उजुरी दिएका छन् । त्यसमा भनेका छन, ‘मलाई मेरै सेक्रेटरीका सामु श्रीमति (यामीनी) ले कुटपिट गरिन, त्यसकारण उनीसँग संवन्धबिच्छेद गरी पाऊँ ।’

पती पीडित भएका घटना धेरै बाहिर आएका छन तर पत्नि पीडित भएको घटना धेरै बाहिर आउँदैनन् । कारण, समाज, परम्परागत प्रचलन, लोकलाज र अन्य सामाजिक ब्यवस्थाका कारण ती भित्रै लुक्छन, दबिन्छन् । तर, केरलाका यी बनमन्त्रीले भने साहसै गरेर आफु पत्नि पीडित भएको सार्वजनिक गरे, त्यो पनि अदालतमा मुद्धा नै हालेर ।गणेशकुमारका दुई सन्तान छन् । १६ वर्ष देखी लामो पारिवारिक कलह झेल्दै आएका उनै गणेशकुमार अहिले फेरी रातारात चर्चामा आएको भारतीय न्युज साइट आजतकले जनाएको छ । केरलाका यी बनमन्त्री केबी गणेश कुमार पछिल्लो केही समय देखी दिग्दारीमा थिए । १६ वर्ष देखीको पारिवारिक बिबाद नसुल्टेका कारण सद्यै जसो तनाबमा रहने यी मन्त्रीलाई भने पछिल्लो समय सहन नसक्ने गरी रिस उठेको हुनुपर्छ । र त, मन्त्री पदको गरिमाका ख्याल नै नगरी भनिदिए – ‘मलाई श्रीमतीले कुटिन् ।’
सोही आरोप लगाउँदै गत सोमवार केरला कै एक पारिवारिक अदालतमा उनले उजुरी गरेका हुन् । उनको आरोप छ, ‘पारिवारिक झगडा चर्किद गए पछि उनीसँग छुटकार पाउँ भनि अदालतमा गएको थिएँ तर सोही कुरालाई लिएर मलाई श्रीमतीले सेक्रेटरीका सामु हातपात र कुटपिट गरिन् । म लामो समय देखी घरेलु हिंसाको पीडित भएको हुनाले उनीसँग संवन्ध विच्छेद गरी पाऊँ ।’ उनको भनाई छ, अब एक/दुई/तीन श्रीमतिसँग सँगै बस्ने अवस्था छदैँ छैन ।
गणेशकुमारले सो मुद्धा हाल्नु अघि श्रीमति यामनीले सोही आरोप लगाउँदै आएकी थिइन् कि "मलाई मेरा श्रीमानले सद्यै कुटपिट र हातपात गर्छ ।" तर, स्थीति उल्टो भइदियो, आज श्रीमान मन्त्री यसअघि श्रीमतिले भन्दै आएको कुरा गर्न थाले ।
सो कुटपिटको घटना हुनुभन्दा अघि केरलाको एउटा परिवारिक अदालतमा मुद्धा दायर गर्दै संवन्ध विच्छेदका याचना गणेशकुमारले गरेका थिए । उनको जाहेरीमा उल्लेख थियो– ‘श्रीमतिले मसँग निरन्तर ब्ल्याकमेलिङ गरिन र दुब्र्यव्हार पनि गरिन, न त मेरो पदीय मयार्दाको ख्याल नै गरिन्, त्यसकारण संवन्धविच्छेद गरि पाऊँ ।’
मन्त्री गणेशकुमारले सो जाहेरी दिएको केही घन्टा पछि श्रीमती यामनीले भनेकी छिन– ‘१६ वर्ष देखी उहाँको एउटा अबैद्य संवन्धका बारेमा कुरा उठाएका कारण म निरन्तर घरेलु हिंसाको पीडित भइरहे ।’ सो संवन्धमा जवाफ माग्दा आफु सद्यै पीडित हुनु परेको श्रीमति यामनीको भनाई रहदै आएको छ ।
गणेशकुमार र यामीनिको घर झगडा मिलाउन केरलाका मुख्यमन्त्री ओमा चांडी स्वयंले पनि धेरै नै प्रयास गरेका थिए । तर, समस्या सुल्टनुको सट्टा झन बढदै गयो जबकी सो मुद्धा मिलाइदिने सार्वजनिक बचनबद्धता मुख्यमन्त्रीले गरेका थिए । 
श्रीमानले उजुरी दिए पछि दुई सन्तानकी आमा यामानीले भारतीय संञ्चारमाध्यमलाई भनिन्, ‘मैले के गल्ति गरेको छु र ? उ किन मेरो बदनाम गर्दैछ ? जो पीडित छ, उसलाई नै पीडक भनेर ऊ प्रमाणित गर्न खोजिरहेको छ ।’ उनको भनाई छ, श्रीमानले आफुलाई बदनाम गराउने उदेश्य सहित सो मुद्धा दायर गरेका हुन् ।
गणेशकुमार सो मुद्धाले घर भित्रमात्र सिमिति हुन सकेन, सो मुद्धाले केरला सरकार मन्त्रीमण्डलमा नै असर पु¥याई दिएको छ  किनकी जसको नेतृत्वमा केरलामा सरकार छ, त्यसका अध्यक्ष छन, गणेश कुमारका पिता । गणेशका पिता तथा केरला कांग्रेस (बी) का अध्यक्ष बालकृष्ण पिल्लईलाई छोरा बुहारीको सो घरकलह मन परेका छैन् । 
उनले सो घटना सार्वजनिक भए पछि छोरालाई चेतावनी दिदै भनेका छन, ‘यो मुद्धा फेरी पार्टी भित्र प्रवेश पायो र तत्काल सल्टिएन भने गणेशलाई मन्त्रीमण्डलवाट नै निकालिनेछ ।’ यदी, गणेशकुमारलाई मन्त्री हुनु छ भने सो मुद्धा तत्काल मिलाउनु पर्ने अध्यक्ष पिताको सर्त छ । श्रीमतिको समस्या त छदैछ, आफ्ना पीताले पनि गणेशकुमारलाई सर्तमाथी सर्त राखिदिए पछि गणेशकुमार यतिखेर दोहोरो तनावमा परेको भारतीय संञ्चारमाध्यमले बताएका छन् ।
अपडेटः केही समय अघि मात्र मन्त्री गणेशकुमारको पद गएको छ, उनले आफ्नो पदवाट राजिनामा दिएका छन् ।  

No comments:

Post a Comment