Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, August 18, 2014

"चरी इन्काउन्टरका प्रत्यक्षदर्शी कृषी मन्त्री पराजुली पनि हुन"

हामी धादिङ्गको एउटा कार्यक्रम सकेर काठमाण्डौं फर्किदै थियो, मेरो साथमा कृषि मन्त्री हरिप्रसाद पराजुली पनि सँगै हुनुहुन्थ्यो । हाम्रो अघि अघि एउटा निकै महगो गाडी र एक हुल मोटर साईकल घुईकिदै थिए । कृषि मन्त्री हरि  जीले भन्नु भयो, यो गाडी कि ठुलै व्यापारीको हुनुपर्छ, कि कुनै तस्करको । नेपालमा यस्ता महङ्गा गाडी चढने हैसियत कमैले राख्छन् ।
यो निकै महङ्गो गाडी हो । यसको मुल्य कम्तिमा ९५ लाख जति पर्छ । साउन २१ गते र समय चाँही त्यस्तै साँझ ५ पन्ध्रतिर हुनुपर्छ, त्यो गाडी र र मोटरसाईकलको समुह अघि अघि, हामी पछि पछि थियो, यस्तै कुराकानी हुँदै थियो हाम्रो । बढि चर्चा त्यो गाडी कै भयो, अझ कृषि मन्त्री हरि जीले त कुनै नेता त पक्कै होइन् पनि भन्नु भयो । निकै सानका साथ त्यो समुह हुईकिदै थियो । तर एक्कासी भिमढङ्गामा त्यो समुह घेरामा प¥र्यो । अर्को समुहको ।
एकाएक गोली चल्यो सिनेमा शैलीमा हामी एकछिन अल्मलियौं पनि । यो दुई तर्फवाट गोली चल्यो, सँगै आएको अर्को कालो गाडी यसरी हुईकियो की वतासै सरी ।हामीले कुरा पनि ग¥र्यो ओ यो गाडी हाक्ने डाइभर त साच्चै रहेछ । गोली चलेपछि मोटरसाईकलमा आएका एक व्यक्ती त्यहि ढल्यो । यो लफडामा नपरौं भनेर हामी आफनो वाटो लाग्यौ । पछि थाहा भयो त्यो मारिने व्यक्त चर्चित गुण्डा नाईके दिनेश अधिकारी चरी पो रहेछन् । सडकको चहलपहल हेर्दा पक्कै यहाँ केहि हुँदै छ भन्ने चाँही हामीलाई लागेको थियो ।
यो माथिको भनाई हो, एमाले भातृसंगठन अखिल नेपाल किसान संघका महासचिव बलराम वास्कोटाको ।
कृषि मन्त्री हरिप्रसाद पराजुली
वास्कोटाको यो पृष्ठभुमि सहितको भनाई उल्लेख गर्दा चरीको मृत्यु प्रहरीको इनकान्टर शव्दमा मेल खान्छ । चरी निकट र उनकी प्रेमिका मोडल खुश्वु ओलीले मात्र होइन्, एमाले अध्यक्ष केपी शर्मा ओली, राजेन्द्र पाण्डे लगायतका नेता पनि अपराधिको नाईके चरीको गैरन्यायिक हत्याको दाबा गर्दै आएका छन् । एमाले निकट धादिङ्गका सभासद् र केहि नेता छानबिन समितिको मागमा छन् ।
तर एमालेका केहि दुई चार जना नेता बाहेक चरीको गैरन्यायिक हत्या भन्नेमा सहमत छैनन् । एमाले कोही पनि नेता चरीको इनकाउन्टरको पक्षमा वोल्न समेत तयार छैनन् । पहिलो संविधान सभा निर्वचनमा वाईसिएलले छिर्न नदिएको इलाकामा दोस्रो संविधान सभा निर्वाचनमा चरीका कारण एमाले नेताहरु चुनाव जित्न सफल भए, त्यो चरीको मृत्युमा उनीहरुले मात्र चुनावी श्रण बोलीमार्फत तिरेका हुन्, उनीहरुको भित्री मनमा पनि चरीको मृत्युका बारेमा वोल्न मन छैन्,भन्छन एमाले नेताहरु नै ।
एमाले केन्द्रीय समितिका ९९ प्रतिशत नेताहरु चरीको मृत्युको विषय वैठकमा प्रवेश गर्न नहुने अडानमा रहेको बताउँछन्, एमालेका केन्द्रीय नेताहरु नै । एमाले पार्टी मुख्यालय बल्खुमा त केहि समययता नेताहरुबीच चरीको मृत्यले कोहीलाई पीडा कोहीलाई हाइसन्चो छ है भन्ने जस्तो व्यङ्ग चल्ने गरेको छ ।
साभारः दस्तावेजन्युज डटकम

No comments:

Post a Comment