मंगलबार थापाथलीमा अजित कुमार |
अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा मधेशी पत्रकार संघले आयोजना गरेको नेपाल भारत सम्बन्ध र मधेशी युवाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उनले मधेशीसँग मात्र होइन, पहाडि समुदायसँग पनि यहाँ विभेद भएको बताउँदै त्योसँग लड्नका लागि हिमाल, पहाड तराई एक हुनु पर्ने धारणा राखेका हुन । भारतमा भारतीय जनता पार्टी पनि विभेदमा परेको र त्यसको लागि ठुलो लडाई लड्दै रहेको उदाहरण दिँदै उनले एक भएर विभेदको विरोध लड्न सुझाव दिए ।
भारतीय जनता युवा मोर्चाका उपाध्यक्ष स्वदेश शर्माले नेपाल भारतको बीचमा जुन अवस्थाको सम्बन्ध छ सोही अवस्थाको राजनीतिक सम्बन्ध हुनुपर्ने कुराको जिकिर गरे । नेपालमा मधेशी समुदायसँग भारतको विशेष सम्बन्ध भएकाले सोही अनुसार राजनीतिक सम्बन्ध राख्न उनले सुझाव दिए । मधेश र भारतको जुन सम्बन्ध छ त्यसलाई कसैले चाहेर पनि परिवर्तन गर्न नसकिने बताउँदै उनले भारतको वर्तमान सरकारले मधेशको अवस्थालाई विशेष रुपले हेर्ने प्रतिवद्धता जनाए ।
सोही मोर्चाका महासचिव डा.ध्वनी शर्माले मधेशको अवस्थाको बारेमा आफ्नो सरकारसमक्ष कुरा पुरयाउने विश्वास प्रकट गरे । उनले पनि अधिकारका लागि आफै लड्नुपर्छ, विचार र सिद्धान्तबाट परिपक्क भएर लडेको लडाई जितिने भएकाले अध्यात्मिक शक्ति प्राप्त गरेर लडाईमा उत्रन मधेशी युवाहरुलाई सुझाव दिए ।
राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्सिह भण्डारीले विभेद विरुद्धको लडाई लड्नका लागि भारतको सहयोग आवश्यक रहेको बताए । उनले जहाँ विभेद हुन्छ, त्यहाँ विद्रोह हुन्छ र विद्रोहलाई दवाउने प्रयास गर्यो भने विखण्डन हुन्छ भन्दै अबको लडाई वारकि पारको हुने चेतावनी पनि दिए । हरेक संघर्ष तथा लडाईमा युवाको भूमिका अपरिहार्य रहेको बताउँदै उनले युवाले साथ नदिएको भए कुनै पनि आन्दोलन सफल नहुने भएकाले युवा देशको संवाहक मात्र होइन, व्यवस्थापक समेत रहेको धारणा राखे ।
संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल झा र तराई मधेश लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलले भारतले विकासमा सहयोग गर्नुभन्दा सविधान निर्माणमा सहयोग गर्नुपर्ने सुझाव दिए । विकास त हामी आफै गर्छौ तपाईहरुले संघीयतासहितको सविधान निर्माण तथा मधेशमा आत्म निर्णयको अधिकारसहित स्वायत एक मधेश प्रदेश निर्माणमा सहयोग गर्न भारतीय नेताहरुलाई आग्रह गरे ।
मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले दिल्लीले मधेशलाई काठमाडौको नजरबाट होइन, मधेशलाई मधेशकै नजरबाट हेर्न आग्रह गरे । नेपाल र भारतको सम्बन्धलाई स्थापित गर्नका लागि मधेशको विकास आवश्यक रहेको कुरामा जोड दिँदै उनले प्रधानमन्त्री मोदीको भ्रमणले नेपाल र भारतको सम्बन्धलाई स्थापित गरेपनि त्यो मधेशविना अधुरो रहने बताए । कार्यक्रममा सद्भावना पार्टीका महासचिव मनिष सुमन, तमलोपाका सुरेश मण्डल, युवा नेता विक्की यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका केशव झा, सद्भावना पार्टीका योगेन्द्रराय यादवलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
No comments:
Post a Comment