प्रधानमन्त्री सुशील कोइरालाको नयाँ रोगबारे चिकित्सकहरू अनभिज्ञ देखिएका छन् । कोइरालाका निजी चिकित्सक प्रा.डा. करवीरनाथ योगीले गत शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार साउन ६ गते अमेरिकाबाट फर्केपछि मात्रै १५ दिनको अवधिमा प्रधानमन्त्री कोइरालाको तीनपटक सिटी स्क्यानलगायत विशेषज्ञको टोलीबाट स्वास्थ्य परीक्षण गरिएको छ । उनको थप परीक्षण जारी रहेको प्रा.डा. योगीले जनाएका छन् ।
यति गर्दा पनि प्रधानमन्त्री कोइरालाले कुन रोगका कारण असामान्य व्यवहार प्रदर्शन गर्ने गरेका हुन् ? चिकित्सकहरूले पत्ता लगाउन सकेका छैनन् । समाचार स्रोतका अनुसार रुघाखोकी र ज्वरो कम नभए पनि फोक्सोको क्यान्सर भने नबढेको चिकित्सकहरूको ठहर छ । शारीरिक कमजोरीका कारण प्रधानमन्त्री कोइरालाले असामान्य व्यवहार देखाउन थालेका हुन् वा के कारणले हो भन्ने विषयमा चिकित्सकको टोली अनभिज्ञ नै देखिएको छ ।
शारीरिक शिथिलता हटाउन उनलाई मोदी भ्रमण ताका दिनको एकपटक फोर्टुम नामक औषधि दिइएको बुझिएको छ । जीवनको अन्तिम अन्तिम क्षणमा बिरामीलाई खुवाइने यस्तो औषधि पूर्ववर्ती प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पनि खुवाइएको थियो । यो औषधि खुवाउन थालिएपछि पनि गिरिजाप्रसाद तीन वर्ष अरु बाँचेका थिए । तर प्रधानमन्त्री सुशील कोइरालाको उमेर खासै धेरै नभएका कारण क्यान्सर रोगबाट मुक्त हुनासाथ अन्य रोग पनि स्वतः ठीक हुने अनुमान उनको परिवारले गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणताका तीन दिनका लागि कोइरालालाई दिइएको फोर्टुम त्यसपछि खुवाइएको वा नखुवाइएको, स्पष्ट छैन । त्यति हँुदाहुँदै पनि अत्यन्तै कमजोर देखिएका प्रधानमन्त्री कोइराला होटल सोल्टीको त्यस दिनको पार्टीमा झन्डै झन्डै ढल्न लागेका थिए भने उनको बोलीमा कम्पन आएको छ ।
अनेक मान्छेले अनेकथरी कुरा लिएर बाहिर जाने भएका कारण खास खास नेता, मन्त्री तथा नजिकका नातागोताबाहेक अन्यका लागि प्रधानमन्त्री कोइरालासँग भेटघाट निषेध गरिएको छ । निजी सचिवालयमा पनि सकेसम्म परिवार भित्रैकालाई राख्दा राम्रो हुने निष्कर्ष निकालिएका कारण धेरैको जागिर धरापमा पर्ने सम्भावना देखिएको छ । बालुवाटार निवासको निजी सचिवालयमा काम गर्नेमध्ये लक्ष्मण ढकाललाई बिदा दिइ सकिएको छ भने प्रकाश अधिकारी, सागर खनाल, दयाराम दवाडीलगायतले पनि धेरै दिन बालुवाटारमा बिताउन नपाउने चर्चा सुरु भएको छ । प्रधानमन्त्री कोइरालाको स्वास्थ्य गोप्यतालाई ध्यान दिँदै सचिवालयका कर्मचारीमध्ये नाता भित्रैका पाँच जनाबाहेक अन्य कर्मचारीहरूले देख्न समेत नपाउने व्यवस्था मिलाइएको छ । भाञ्जा रमेश शर्मा, भान्जीबुहारी प्रभा शर्मा, बुहारी नाताकी मृदुला कोइराला, भाइबुहारीका बहिनी–ज्वाइँ हुर्मत न्यौपाने, भतिजा अतुल कोइरालाबाहेक बालुवाटारका अरु कर्मचारीले प्रधानमन्त्री कोइरालालाई देख्नै पाएका छैनन् ।
यता, प्रधानमन्त्रीको वास्तविक सारथी को बन्ने भन्ने विषयमा प्रभा शर्मा र मृदुला कोइरालाबीच भित्र भित्रै द्वन्द्व सुरु भएको छ । उनीहरू दुवै बिहान ६ बजे बालुवाटार पुगि सक्छन् र राति १० बजे मात्रै बाहिरिन्छन् । महŒवपूर्ण कोठा तथा दराजका चाबी मृदुलाकै हातमा छ । उनी व्यवस्थापनका दृष्टिले निपूर्ण मानिन्छिन्, तर डा.मिनेन्द्र रिजाल, चन्द्र भण्डारीलगायत कांग्रेसका युवा नेतासँगको मृदुलाको हिमचिमलाई कोइराला परिवारका अन्य सदस्यहरूले रुचाएका छैनन् । खासगरी सुजाता कोइरालालाई मृदुलाको बालुवाटार प्रवेश चित्त बुझेको छैन । ‘एउटा चण्डाललाई बल्लबल्ल हटाइयो, फेरी अर्की चण्डाल्नी देखापर्न थाली’ भन्दै सुजाताले खुलेआम सराप्न थालेपछि मृदुला पनि निराश बनेकी छन् ।
प्रधानमन्त्री कोइरालाको नयाँ रोग राजीनामा दिनु पर्ने अवस्था कै हो या गिरिजाप्रसाद कोइरालालाई जस्तै निकै आराम गराएर उनका नाममा शासन चलाउन सकिन्छ भन्ने विषयमा कोइराला परिवार कुनै टुंगोमा पुग्न सकेको छैन । बालुवाटारबाट निस्के पछि पुरानै निवास महाराजगन्ज जाने कि भान्जा रमेशको घर बुद्धनगर जाने कि भतिजा अतुलको घर धापासीमा जाने भन्ने टुुंगोमा कोइराला अझै पुग्न सकेका छैनन् । तर पुरानो निवासका अधिकांश सामान भतिजा अतुलको घरमा सारि सकिएको छ । कोइराला निवर्तमान भएर पुरानो निवास नजाने भएकाले भतिजा अतुलको घरमा केही कोठाहरू सुरक्षित राखिएको छ । महाराजगन्जको पुरानो निवासको भाडा भदौ सम्मको भुक्तानी भइ सकेको छ । कोइराला नबसे पनि उक्त निवासलाई सशस्त्रका १५ जना प्रहरीको टोलीले अहोरात्र सुरक्षा प्रदान गरिरहेको छ । कोइराला फर्केर त्यहाँ नजाने हुन् भने त्यत्रो सुरक्षा किन भन्ने चर्चा पनि छर छिमेकमा चल्न थालेको छ । सम्पत्ति विवरण बुझाउँदा आफूसँग तीनवटा मोबाइल टेलिफोन सेटबाहेक केही नभएको दाबी गरेका थिए ।
साभारः विक्ली नेपाल डट कम

No comments:
Post a Comment