Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, August 13, 2014

'कोइरालाहरुले किर्ते कागज बनाएर कत्तिलाई त जेल नै हाले'

प्रधानमन्त्रीको निवर्तमान स्वकीय सचिव ढकाल
नेपाली काङ्गे्रसका युवा नेता एवम् लामो समयदेखि सुशील कोइरालाको सहयोगी रहँदै आएका लक्ष्मण ढकालले आफू अझै धैर्य गर्ने बताउँदै सबै रहस्य खोल्नुप¥यो भने ठूलै भूकम्प जाने बताएका छन् । मंगलबार घटना र विचारसँग कुरा गर्दै ढकालले भने, ‘म अहिले राजनीतिक कुरा मात्र गर्दै छु । सुशील कोइरालाजी आफ्ना अनुचरहरूमार्फत मेरो बदनाम गराउने प्रयास गर्दै छन्, यस्तै गरिरहे भने मैले मेरो मुख खोल्नैपर्ने हुन्छ ।’ तपाईंमाथि सूचना बेचेको भन्ने आरोप लागेको छ नि, होइन’ भन्ने हाम्रो जिज्ञाशाको जवाफमा ढकालको भनाइ छ, ‘पहिलो कुरा त मैले कहिल्यै कुनै प्रकारको गलत धन्दा गरेको छैन, गर्ने मान्छे म होइन । दोस्रो कुरा सुशील कोइरालासँग के सूचना हुन्छ र कसैले बिक्री गर्नु ! बरु सुशील कोइरालाको सूचनाको सबभन्दा ठूलो स्रोत मैं थिएँ ।’ ‘अब आइन्दा कोइरालाहरूले कसैलाई पनि उपयोग गर्ने र फाल्ने अवस्था नबनोस् भन्ने मेरो चाहना छ,’ प्रधानमन्त्री सुशील कोइरालाको गत सातासम्म सहयोगी रहेका लक्ष्मण ढकालले घटना र विचारसँग भने, ‘विगतमा काङ्गे्रसका कतिपय नेतालाई कोइरालाहरूकै निर्देशनमा गोप्य रूपमा किर्ते कागज तयार गरी जेल हालिएको र भ्रष्टाचारको मुद्दा लगाएर राजनीतिक जीवन समाप्त गर्ने काम गरेको मलाई थाहा छ । आवश्यक परेका बेला सप्रमाण सबै कुराहरू सार्वजनिक गर्न सक्छु ।’
० दशकभन्दा बढी समयदेखि सुशील कोइरालाको निकट रहेर उहाँलाई सहयोग गर्दै आउनुभएका तपाईं अचानक बालुवाटारबाट खेदिनुभयो, किन होला लक्ष्मणजी ?
– हा…हा…हा… म अचानक खेदिएको होइन । सुशील कोइराला पावरमा नहुँदा उहाँको अपमान र उपेक्षा गर्नेहरू उहाँ पावर पुगेपछि वरिपरि घेरा लाग्न पुगेका छन् । म छइन्जेल सुशील कोइरालाको नाममा ठगी खान खोज्नेहरूले मौका नपाएपछि ती मानिस मेराविरुद्ध थिए । तिनले मलाई सुशील कोइरालाबाट टाढा लैजान निकै प्रयास गर्दै आएका थिए । पार्टीको विभाग गठनकै बेलादेखि मेरो र सुशील कोइरालाजीको बीचमा मनमुटाव पैदा भएको थियो । पोखरामा एउटा कार्यक्रममा त मैले सुशीलज्यूलाई छोडेरै हिँडेको पनि हुँ । तर पछि उहाँले गल्ती भएको र सच्याएर अघि बढ्ने बताएपछि म फर्किएको थिएँ । सुशील दादाको नाममा खान चाहनेहरू मेराविरुद्ध लागिरहेका थिए, अहिले सफल भएका हुन् । शेखर कोइराला, शशांक कोइराला र सुजाता कोइरालाहरू सबै मेराविरुद्ध थिए । मलाई हटाइएको भन्ने चर्चा सुनेपछि भोलिपल्ट बिहान म बालुवाटार गएँ र प्रधानमन्त्रीजीलाई सोधेँ– ‘के हो यो हल्ला’ भनेर । उहाँले ‘मलाई थाहा छैन’ भन्नुभयो । मैले ‘थाहा छैन भनेर सुख पाइन्न, अवकाश दिइएको पत्र चाहिन्छ’ भनेँ, आफैँले पत्र तयार गर्न लगाई सुशील कोइरालाको सही गराएँ र बालुवाटारबाट निस्किएँ ।’
० को–को लागेका थिए तपाईंलाई पन्छाउन ?
– हत्तेरी, को लागेका थिए भनेर भन्नैपर्दैन नि, हिजोका बदनाम पात्रजति यतिबेला सबै सुशीलजीकै वरिपरि छन्, त्यसैबाट बुझिन्न र ? भ्रष्ट प्रवृत्तिका मानिस जो सुशील कोइरालाको नाम बेचेर खान चाहन्थे, ती सबै मेराविरुद्ध थिए ।
० सुशील कोइरालाको छवि स्वच्छ मानिन्छ र धेरैले इमानदार मानिसका रूपमा उहाँलाई लिन्छन् । वास्तवमा उहाँ बाहिरबाट देखिएजत्तिकै सफा हुनुहुन्छ कि भित्र अर्कै रूप छ ?
– मैले चिन्दा सुशील कोइराला क्लिन मानिस हुनुहुन्थ्यो र उहाँको स्वच्छतामा दाग लाग्न नदिन मैले प्रयास गर्दै आएको पनि थिएँ । मैले नै उहाँलाई जोगाएर ल्याएको हुँ । सत्तामा पुगेपछि राम्रो गर्नुहोला भन्ने लागेको पनि थियो । तर, अहिले उहाँ अलोकप्रिय बन्नुभएको छ । नातापाता र अमेरिकामा ग्रिनकार्ड लिएर बसेकाहरूलाई मात्र वरिपरि राखिएपछि उहाँको सुनाम हुने कुरा पनि भएन ।
० क्षमता र योग्यताका दृष्टिले सुशील कोइराला ‘ए’, ‘बी’ या ‘सी’ कुन क्याटगोरीको मानिसमा पर्नुहुन्छ ?
– कुन क्याटगोरीको भन्ने कुरा सबैले थाहा पाइसके, म किन बोलौँ ? उहाँ पूरै परिवारको फन्दामा पर्नुभएको छ । मैले मेरो जवानीको महत्वपूर्ण समय उहाँलाई राम्रो र सफल देखाउनका लागि लगाएँ, मैले नै पार्टी सभापति, संसदीय दलको नेता र प्रधानमन्त्रीसम्म बनाउन पनि सघाएँ । भारतमा नरेन्द्र मोदीजीका खास सहयोगीलाई प्रधानमन्त्री बनिसकेपछि पार्टीको सभापति बनाइयो, नाता नपरेका कारण मलाई भने हटाइयो । यसले कोइरालाहरूको प्रवृत्ति स्पष्ट देखाएको छ । वास्तवमा उनीहरू सबैलाई उपयोग गर्ने र फाल्ने मामिलामा धेरै अगाडि छन् । कोइरालाहरूको यही प्रवृत्तिका कारण उनीहरूको समाप्तिको दिन सुरु भएको भन्ने मलाई लाग्दै छ ।
० युवतीका मामिलामा त सुशील कोइराला गंगाजलजत्तिकै पवित्र हुनुहुन्छ नि, होइन ?
– हा…हा…हा… यस विषयमा म अहिले कुनै कमेन्ट गर्न चाहन्न । बोली होइन व्यवहार हेरेर लेखिदिनुहोस् ।
० ठीकै छ, यो व्यवहारै हेरेर धारणा बनाउँला, नगदको विषयमा त उहाँ शुद्ध हो नि होइन र ?
– सुशील कोइरालालाई नगद लिन नसक्ने मान्छे बनाएको मैले नै हो । म उहाँको छवि धमिलियोस् भन्ने चाहँदैनथेँ । सुशील दादालाई स्वच्छ देखाउन खुव कोसिस गरिएको हो । कस–कसका कति रकम कुन समयमा कसरी लिइए वा लिइएनन् भन्ने कुरा पनि समय आएपछि स्पष्ट भइहाल्नेछ । अहिले मैले धैर्य गर्नु नै ठीक छ । कसैले पनि कोइरालाहरूबाट सिकार हुनु नपरोस् भन्ने मेरो वर्तमानको मूल ध्येय हो, सतर्कतापूर्वक म यसैमा लागेको छु । तर, राजनीति पनि कोइरालाहरूसँग होसियारीकै बाटोतर्फ जाँदै छ है, त्यसैले कसैले नगद लिएको–नलिएको भन्ने तहभन्दा माथिबाट म सोच्दै छु । समय आएपछि सबै भण्डाफोर हुन्छ, प्रतीक्षा गर्नुहोला । मैले बोलेपछि ठूलै भूकम्प आउनेछ ।
पूर्वाञ्चलका लोकप्रिय काङ्गे्रस नेता देवनारायण ढकालका सुपुत्र लक्ष्मण ढकाल विगत सत्र वर्षदेखि सुशील कोइरालाको निकट हुनुहुन्थ्यो र ०५९ देखि उहाँसँगै रहँदै आउनुभएको थियो । ०३६ मा अराष्ट्रिय तत्व भन्दै उहाँको साढे दश बिघा जमिन पञ्चायती सरकारले कब्जा गरेपछि पिता देवनारायण भागेर भारत पुग्नुभयो भने आफ्नी माता र फुपूलाई प्रहरीले पक्राउ गरी यातना दिएको थियो । लक्ष्मण स्वयम्ले पनि प्रजातान्त्रिक आन्दोलनको दर्मियानमा यातना र हिरासतको दण्ड भोग्नुभएको थियो । ०६१ माघ १९ गते विराटनगरस्थित कोइरालानिवासबाट गिरफ्तार भएका ढकाललाई एक सय चौध दिन हिरासतमा राखिएको थियो । आज तिनै ढकाललाई कोइरालाहरूले ‘काँढा’ ठानेका छन् ।
साभारः माधवको भित्तो

No comments:

Post a Comment