भारतीय सिनेमा उद्योगमा धुम मच्याएकी नेपाली अभिनेत्री मनिषा कोइराला 
पछिल्लो समय बलिउडवाट टाढा हुदैँ आएकी छिन । अमेरिकामा क्यान्सर उपचार गरेर
 फर्केकी कोइराला आजकाल कुनै पनि सिनेमामा आवद्ध भएको खबर आएको छैन तैपनी 
उनले नेपाली फिल्म धर्मामा भने राजेश हमालसँग अभिनय गरेकी थिइन तर जति 
सोचेको थियो, त्यो जम्न सकेन । त्यसपछि सिनेमा दुनियाँवाट अलग जस्तै भएकी 
अभिनेत्री  कोइरालाले फेरी बलिउडमा छाउने भएकी छिन । उनले सन ५०–६० दशककी 
चर्चित अभिनेत्री मीनाकुमारीको जीवनमा आधारित बायोपिकमा अभिनय गर्ने भएकी 
छिन । जहाँ उनी मीनाकुमारीको भुमिकामा देखा पर्दैछिन । 
बिबिसी हिन्दीका अनुसार सो बायोपिकलाई शशीलाल नायरले निर्देशन गर्दैछन ।  
बिबिसी हिन्दीले लेखेको छ– 50 और 60 के दशक की चर्चित अभिनेत्री मीना कुमारी के जीवन पर एक बायोपिक बनाने की योजना है.
ख़बरों
 के मुताबिक़ इसमें मीना कुमारी के रोल के लिए  मनीषा कोईराला को
 प्रस्ताव दिया गया है. फ़िल्म के निर्देशक शशिलाल नायर होंगे. सालों 
पहले मनीषा ने शशिलाल नायर की एडल्ट फ़िल्म 'एक छोटी सी लव स्टोरी' में काम
 किया था जिसके बाद दोनों के बीच कथित तौर पर मतभेद भी हो गए थे. 
No comments:
Post a Comment