एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले केन्द्रीय समिति विघटन गरी अविलम्ब विशेष महाधिवेशन गर्न माग गरेका छन्।
आन्तरिक विवाद पार्टी विभाजनको दिशातर्फ बढ्दै गएपछि त्यसको समाधान खोज्न सानेपास्थित भट्टराई निवास पुगेका अध्यक्ष पुष्पकमल दाहालसँग भट्टराईले विशेष महाधिवेशनको माग गरेका हुन्।
'अहिलेको केन्द्रीय समिति विघटन गरी आयोजक समितिमा रूपान्तरण गर्ने र सोही आयोजक समितिले विशेष महाधिवेशन आयोजना गर्ने माग पेस भएको छ,' भट्टराईनिकट नेता गंगानारायण श्रेष्ठले नागरिकसँग भने, 'विशेष महाधिवेशनबाट नयाँ विचार र नयाँ कमिटी बनाउनुपर्छ भनेर कुरा राखेका छांै, त्यसलाई कसरी लिने उहाँहरू (संस्थापन पक्ष) को विषय हो।' उनका अनुसार विशेष महाधिवेशनबारे भदौ १० गते अघि नै कुनै न कुनै निर्णय आउनुपर्ने माग भट्टराई पक्षको छ।
बिराटनगर सम्मेलनदेखि नै 'अलग' हुँदै आएको भट्टराई पक्षले विघटन गर्न माग गरेको केन्द्रीय समितिमा दाहाल पक्ष हाबी छ। पार्टी पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो तीन तहको समितिमा बस्न अस्वीकार गरेको भट्टराई पक्ष केन्द्रीय समितिमा भने रहँदै आएको छ। भट्टराई पक्षले हालको केन्द्रीय समितिलाई पछिल्लो समयमा 'अवैध' भन्दै आएको छ। समितिको कुनै वैधानिक हैसियत नभएको उनीहरूको जिकिर छ।आन्तरिक विवाद पार्टी विभाजनको दिशातर्फ बढ्दै गएपछि त्यसको समाधान खोज्न सानेपास्थित भट्टराई निवास पुगेका अध्यक्ष पुष्पकमल दाहालसँग भट्टराईले विशेष महाधिवेशनको माग गरेका हुन्।
'अहिलेको केन्द्रीय समिति विघटन गरी आयोजक समितिमा रूपान्तरण गर्ने र सोही आयोजक समितिले विशेष महाधिवेशन आयोजना गर्ने माग पेस भएको छ,' भट्टराईनिकट नेता गंगानारायण श्रेष्ठले नागरिकसँग भने, 'विशेष महाधिवेशनबाट नयाँ विचार र नयाँ कमिटी बनाउनुपर्छ भनेर कुरा राखेका छांै, त्यसलाई कसरी लिने उहाँहरू (संस्थापन पक्ष) को विषय हो।' उनका अनुसार विशेष महाधिवेशनबारे भदौ १० गते अघि नै कुनै न कुनै निर्णय आउनुपर्ने माग भट्टराई पक्षको छ।
संस्थापन पक्षले भने भट्टराई पक्षको मागका विषयमा औपचारिक रूपमा कुनै जवाफ दिइसकेको छैन। 'यो उहाँहरूको पुरानो माग हो। यो मागका विषयमा केन्द्रीय समितिले नै निर्णय गर्छ,' दाहालनिकट एक नेताले नागरिकसँग भने, 'केन्द्रीय समितिमा कुरा राखिए मुद्दा टुंग्याउन संस्थापन पक्ष तयार छ।' भट्टराईले केन्द्रीय समितिमा नै उपस्थित भएर आफ्नो मागबारे कुरा राख्नुपर्ने दाहालनिकट नेताहरूको भनाइ छ।
सानेपास्थित भट्टराई निवासमा भएको छलफलले औपचारिक रूपमा निष्कर्ष ननिकाले पनि आगामी केन्द्रीय समिति बैठकअघि दुवै पक्षले तत्काल कुनै पनि कार्यक्रम नगर्ने 'भद्र सहमति' जुटाएको छ। 'भदौ १० गतेसम्म कम्तीमा पनि दुवै पक्षले कुनै पनि औपचारिक कार्यक्रम नगर्ने, प्रशिक्षण तथा कमिटी निर्माण हाललाई स्थगित गरी छलफल गर्दै अघि जाने भन्ने कुरा भएको छ,' बैठकमा सहभागी एक नेताले भने। उनका अनुसार समानान्तर समिति विघटन गर्ने तथा भट्टराई पक्षका नेतालाई गरिएको कारबाही फुकुवा गर्ने विषयमा छलफल केन्द्रित भएको थियो।
उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार मार्क्सवाद र नयाँ विचार विकास नगरी पार्टी नयाँ शक्तिका रूपमा विकास हुन नसक्ने निष्कर्ष निकाल्दै विवाद समाधान गर्न शीर्ष नेता सहमत देखिएका छन्। 'मुख्यतः मार्क्सवाद र विचारको विकासका सन्दर्भमा शीर्ष नेता चिन्तित छन्। त्यसैले मार्क्सवाद र विचार विकास गरेर जानुपर्छ भन्नेमा सबै एकमत देखिएका छन्,' श्रेष्ठले नागरिकसँग भने, 'छलफल यसैमा केन्द्रित छ, तर पनि निष्कर्ष भने निस्किहालेको छैन, निकाल्ने प्रयत्न जारी छ।'
मुख्यतः अध्यक्ष दाहाल र भट्टराईसहित अन्य नेताबीचमा विश्वास कम तथा आंशका बढी भएकाले समस्या देखा परेको श्रेष्ठको भनाइ छ। दाहाल–भट्टराई पक्षवीचको विवाद हल गर्न उपाध्यक्ष श्रेष्ठ पछिल्लो समय सक्रिय छन्।
मार्क्सवाद र विचारको विकास, नेतृत्वको चरित्रमा व्यावहारिक रूपान्तरण, समानान्तर समिति विघटन, भट्टराई पक्षीय नेतामाथि भएका कारबाही फुकुवा, विवाद समाधान कार्यदललाई तत्काल भूगोलमा पठाउने र संविधान निर्माणको कार्ययोजनाबारे आइतबार शीर्ष नेताबीचमा छलफल भएको थियो। छलफलले कुनै निष्कर्ष निकाल्न नसकेपछि मंगलबार पुनः अर्को बैठक बोलाइएको छ जसमा स्थायी समितिभन्दा माथि रहेका वरिष्ठ नेता सहभागी हुनेछन्। सोही बैठकमा सदस्यहरूले दिएको धारणा र रायअनुसार निष्कर्षमा पुग्ने अपेक्षा दाहाल–भट्टराई दुवैले गरेका छन्।
No comments:
Post a Comment