ढाकाटोपीमा पहिलो पटक प्रचण्ड हिजो चितवनमा देखा परेका छन । |
त्यसयता उनले यो आरोप निरन्तर रूपमा लगाउँदै आएका छन्। पछिल्लो समय भट्टराईले बुधबार सामाजिक सञ्जालमा लेखे, 'मूल नेतृत्व संविधान लेखनप्रति उदासीन छ अर्थात भाग्दैछ, त्यसैले संविधान लेखनको कार्यनीति पार्टीले तत्काल अघि ल्याउनुपर्छ।'
भट्टराईले उतिबेला विराटनगरमा भनेका थिए, 'पहिलो संविधानसभाको निर्वाचनमा पार्टीले उल्लेखनीय सफलता हात परेपछि मूलतः पार्टीभित्र कायम रहेको दुईलाइन संघर्षका कारणले पार्टीको नेतृत्वमा संविधान बन्न सकेन र त्यसले पार्टी तथा क्रान्तिलाई निकै ठूलो नोक्सान पुर्याटयो, दोस्रो संविधानसभा निर्वाचनमा पार्टीको स्थान निकै खस्किए पनि अझै संविधानसभाबाट संविधान बनाउने सम्भावना छ र त्यसनिम्ति इमान्दारीपूर्ण प्रयत्न गर्नु पार्टी र क्रान्तिको हितमा नै हुन्छ।' दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमा संविधान निर्माण असम्भव भएको उल्लेख गरेपछि त्यसको प्रतिवाद गर्दै भट्टराईले संविधान लेखनबाट दायाँबायाँ लाग्न नहुने बताएका थिए। भट्टराईले लिखित रूपमा नै उक्त विषय राखेपछि दाहालले काठमाडौं आएर पटक–पटक आफू संविधान लेखनबाट भाग्न नखोजेको र त्यसमा कुनै सत्यता नभएको भन्दै प्रस्टीकरण दिए।
अहिले एमाओवादीभित्र विवाद बढेपछि भट्टराईले फेरि 'दाहाल संविधान लेखन प्रक्रियाबाट भाग्न खोजेको' आरोप लगाएका छन्। पार्टी पुनर्निर्माण र संविधान निर्माणमा लाग्नुपर्ने बेला संस्थापन पक्षले व्यक्ति छानी–छानी मनपरी कारबाही गरेको बताउँदै भट्टराई पक्षको भेलाले 'गंगा श्रेष्ठ र रामरिझन यादवमाथिको कारबाहीको प्रसंगले कतै संविधान निर्माण र पार्टी पुनर्निर्माण दुवै ऐतिहासिक दायित्वबाट पार्टीलाई भगाउन र मूल नेतृत्व भाग्न खोजेको त होइन?' भन्ने गम्भीर आंशका उत्पन्न भएको निष्कर्ष निकाल्यो। भट्टराई पक्षले संस्थापन पक्षसँग संविधान लेखनको कुनै कार्ययोजना नभएकाले संविधान लेखनबाट भाग्न खोजेको आरोप लगाएको छ।
संविधान लेखनबाट अध्यक्ष दाहाल भाग्न खोजिरहेको भट्टराईले पटक–पटक औंल्याए पनि दाहालनिकट नेता भने त्यसलाई स्वीकार गर्दैनन्। 'पार्टीभित्र अनैतिक र अवैधानिक गतिविधि गर्दै हिँडेपछि त्यसबाट बच्न र 'इस्यु' लाई 'डाइर्भट' गर्न यस्तो आरोप लगाएर बाहिरी जनमत लिन खोजेको जस्तो देखिन्छ,' दाहालनिकट नेता हरिबोल गजुरेलले नागरिकसँग भने, 'हिजोका दिनमा सेना समायोजन गर्न तयार हुने बाबुरामजीले आफू प्रधानमन्त्री हुँदा किन संविधान बनाउनुभएन? अहिले चाहिँ म गम्भीर छु, अरू छैनन् भन्नुभयो। खासमा अरू मुद्दा नभएपछि अध्यक्ष संविधान लेखनप्रति उदासीन नभएको तथा भाग्न खोजेको आरोप लगाउनुभएको हो।' पार्टीको नीति र विधिभन्दा बाहिर गएका भट्टराई पछिल्लो समय कांग्रेस र एमालेको एजेन्डामा आधारित संविधान बनाउन लागिपरेको गजुरेलको आरोप छ।
दाहालपक्षीय अर्का नेता जनार्दन शर्माले वैद्य नेतृत्वको माओवादीसहितलाई संविधान लेखनमा समावेश गराउन प्रयास गरिरहेका अध्यक्ष दाहालमाथि भट्टराईले आरोप लगाउनु 'मिडिया स्टन्ट' भन्दा बढी केही नभएको टिप्पणी गरे। 'संविधान लेखेर मात्रै होइन, कार्यान्वयन पनि महत्वपूर्ण पाटो हुने भएकाले अध्यक्ष त्यसका लागि प्रयास गरिरहनुभएको छ,' शर्माले नागरिकसँग भने, 'सबैका लागि सहमति हुने संविधान बनाउन पहल गरिरहनुभएका अध्यक्षमाथि बाबुरामजीले लगाएको आरोप आकाश थुकी मुखमा छिट्टा जस्तै हो।' पछिल्लो समय 'नयाँ शक्ति' को बहस गराइरहेका भट्टराईले आफूप्रति बाहिरी सहानुभूति जुटाउन र पार्टीका नीति र विधि उल्लंघन गरेको विषयलाई ढाकछोप गर्न मात्रै यस्तो आरोप लगाएको शर्माको भनाइ छ।
No comments:
Post a Comment