एकीकृत नेकपा माओवादीले आइतबार देखी मंगलवारसम्म नेतृत्व चयनका लागि आयोजना गरिएको निर्वाचन प्रक्रियालाई बाबुराम भट्टराई पक्षले अस्विकार गर्दै पदीय जिम्मेवारीमा नबस्ने भएको छ । पार्टीको आन्तरिक निर्वाचन प्रक्रियामा नै असहमति भएकाले परिणाम स्विकार गरेर जाने पक्षमा नभएको भन्दै भट्टराई समुह पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो समितिका कुनै पनि बैठकमा सहभागीता पनि नजाउने पक्षमा पुगेका छन् ।
आफनो पक्षको बिरोध र असहमतिको बाबजुद निर्वाचन प्रक्रिया मार्फत ९ पदाधिकारी, १७ स्थायी समिति र ५१ सदस्सीय पोलिटब्युरो चयन सम्पन्न गरेको भोली पल्ट (बुधबार) बसेको केन्द्रीय समितिको बैठकमा भट्टराई समुहले त्यसको औपचारिक जानकारी गराएका छन ।निर्वाचनमा भट्टराई पक्षका ७ जनालाई चयन भए पनि बुधवार औपचारिक रुपमा ती सबै ‘बिजयी पद’ अस्विकार गरि दिएका हुन् । लगत्तै, पदीय जिम्मेवारी अस्विकार गरेका भट्टराईले केन्द्रीय समितिलाई कार्यकारी अधिकार सम्पन्न बनाउनु पर्ने भन्दै नयाँ माग बुधवार केन्द्रीय समिति समक्ष पेश गरेका छन् ।
नब निर्वाचित ‘पोलिटब्युरो सदस्य’ गंगानारायण श्रेष्ठले केन्द्रीय समितिको पुर्ण बैठक बाहेक अन्य समितिका बैठकमा सहभागी नहुने निर्णयमा आफनो समुह उपस्थीत नहुने निष्कर्षमा पुगेको बताए । ‘पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोजस्ता कुनै पनि समितिका बैठकमा उपस्थीति रहने छैन्,’ श्रेष्ठले नागरिकसँग भने, ‘पुर्ण केन्द्रीय समिति बैठक बाहेक केन्द्रीय समितिका कुनै पनि अङ्गको बैठकमा हामी जाँदैनौ ।’ उनका अनुसार केन्द्रीय समितिको पुर्ण बैठकमा भने ‘केन्द्रीय सदस्य’ को हैसियतमा मात्र सहभागिता भने निरन्तरता रहनेछ ।आफनो पक्षको बिरोध र असहमतिको बाबजुद निर्वाचन प्रक्रिया मार्फत ९ पदाधिकारी, १७ स्थायी समिति र ५१ सदस्सीय पोलिटब्युरो चयन सम्पन्न गरेको भोली पल्ट (बुधबार) बसेको केन्द्रीय समितिको बैठकमा भट्टराई समुहले त्यसको औपचारिक जानकारी गराएका छन ।निर्वाचनमा भट्टराई पक्षका ७ जनालाई चयन भए पनि बुधवार औपचारिक रुपमा ती सबै ‘बिजयी पद’ अस्विकार गरि दिएका हुन् । लगत्तै, पदीय जिम्मेवारी अस्विकार गरेका भट्टराईले केन्द्रीय समितिलाई कार्यकारी अधिकार सम्पन्न बनाउनु पर्ने भन्दै नयाँ माग बुधवार केन्द्रीय समिति समक्ष पेश गरेका छन् ।
आइतवार–मंगलवारको भएको निर्वाचनवाट भट्टराई ‘बरिष्ठ सदस्य’, टोपबहादुर रायमाझी सचिव, देवेन्द्र पौडेललाई स्थायी समिति तथा पोलिटब्युरोमा हिसिला यमी, प्रभु साह, बामदेव क्षेत्री र श्रेष्ठ निर्वाचित भएको घोषणा गरिएको थियो । भट्टराई पक्षले भने बिजयी भएका भनिएका सबै पदलाई अस्विकार गरेको छ ।
चुनावमा उम्मेदवारी पनि नदिएका तथा मतदान प्रक्रियामा पनि भाग नलिएका आफनो समुहका ७ जना निर्वाचित भएको भन्दै गरिएको घोषणा हास्यस्पद भएको बैठकमा भट्टराईले टिप्पणी गरेका छन् । ‘दुनियामा कही पनि नगरिएको निर्वाचन अभ्यास हाम्रो पार्टीमा गरियो, यसले जग हसाउने काम गरेको छ,’ भट्टराईलाई उद्यृत गर्दै सहभागी स्रोतले भन्यो, ‘न उम्मेदवारी दिएको छ, न मतदान गरेको छ तैपनी बिजयी घोषणा गरियो, यस्तो निर्वाचनले दिएको परिणाम हामीलाई स्विकार्य छैन् ।’ उनले परिणाम अस्विकार गरेर केन्द्रीय सदस्यको हैसियतमा मात्रै बस्ने घोषणा गरेका छन् ।
भट्टराईले केन्द्रीय समितिलाई अब कार्यकारी भुमिका दिएर जानु पर्ने नयाँ प्रस्ताव अघि सारेका छन् । ‘केन्द्रीय समितिलाई कार्यकारी बनाउन र सोही समितिको निर्णयलाई अन्तिम निर्णय मान्ने बिद्यीको विकास गरौं’ भट्टराईको प्रस्ताव छ । दाहाल पक्षले गरेको निर्वाचनलाई भट्टराईले ‘भारदारी लोकतन्त्र’ मात्र भएको टिप्पणी पनि गरेका छन् ।
भट्टराई समुहले पदीय जिम्मेवारीमा नबस्ने घोषणा गर्दै पदाधिकारी, स्थायी र पोलिटब्युरो समितिको बैठकमा अनुपस्थित जनाउने घोषणा गरे पछि दाहालले त्यसमा थप छलफल गर्ने भन्दै दुई दिन अर्थात १६ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।
‘निर्वाचन प्रक्रियावाट नेतृत्व चयन गर्ने नयाँ अभ्यास गरेका छौ तर पनि बाबुरामजीहरुका केही गुनासा अझै रहेका छन, त्यसलाई आपसी सहमतिमा नै टुंगाउँछौ’ दाहाललाई उद्यृत गदै सहभागी स्रोतले भन्यो । अध्यक्ष दाहालले केन्द्रीय सल्लाहकार समिति तथा क्रान्तिकारी जनपरिषदका लागि सदस्य चयन गर्ने प्रस्ताव अघि सारेका छन् । त्यसका लागि अध्यक्ष दाहालले बिहिवार र शुक्रवार आन्तरिक छलफल गरी मनोनयन गर्ने तयारी सुरु गरेको छ ।
No comments:
Post a Comment