Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Tuesday, May 27, 2014

"माओवादी नेता चाँही हुनुपर्छ, परिक्षा नै नदिई पास भइन्छ"

बरिष्ठ नेताः बाबुराम भट्टराई
पोलिटब्युरो सदस्यः बामदेव क्षेत्री
  एकीकृत नेकपा माओवादीले पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी चयनका लागि गरिएको निर्वाचन प्रक्रिया अरु भन्दा भिन्न देखिएको छ ।
आइतवार देखी मंगलवार भएको आन्तरिक निर्वाचनमा बहिस्कार गरेर हिडेका, उम्मेदवारी नदिएका पनि निर्वाचित भएर आएका छन् भने झन मंगलवार त पार्टी पदाधिकारीको टुंगो लगाएर माओवादीले फेरी सोही टुंगिएका पदका लागि निर्वाचन गर्ने कार्य गरेर ‘दुर्लभ र अनौठो’ भुमिका देखाएको छ । एमाओवादीले आन्तरिक पार्टी संगठन भित्र नेतृत्वका लागि यो ढंगले निर्वाचन प्रक्रिया सम्पन्न गरी नेतृत्व निर्वार्चित गरेकोे विश्वमा नै यो पहिलो घटना हो ।
अध्यक्ष पुष्पकमल दाहालले पुर्वउपाध्यक्ष बाबुराम भट्टराई पक्षधरको बिरोधका बाबजुद ‘एकलौटी’ रुपमा चयन गरेका केन्द्रीय सदस्यहरुले आइतवार देखी मंगलवारसम्म लगाएर पोलिटब्युरोमा ५० जना, स्थायी समितिमा १६ र पदाधिकारीमा ९ जनालाई निर्वाचित गरिसकेका छन् । अझ अचम्म त के छ भने सो निर्वाचनको सम्पुर्ण प्रक्रियामा अनुपस्थित भएका भट्टराई पक्षका ७ जनालाई पनि निर्वाचन समितिले बिजयी भएको घोषणा गरि सकेको छ ।
गत आइतवार भएको पोलिटब्युरो निर्वाचनमा भट्टराई पक्षका २६ जना निर्वाचनमा बहिस्कार गर्दै अनुपस्थित भए । तर, भट्टराई पक्ष अनुपस्थित भए पनि नन्दकुमार प्रसाई नेतृत्वको निर्वाचन समितिले भट्टराईसहित सो समुहका टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, हिसिला यमी, प्रभु साह, गंगानारायण श्रेष्ठ र बामदेव क्षेत्री पोलिटब्युरोमा चयन भएको घोषणा गरिदियो ।
निर्वाचनको सम्पुर्ण प्रक्रिया नै बहिस्कार गरेकाले कसरी निर्वाचित भइयो भन्ने बिषय आफना जीवनमा नै अनौठो घटना भएको साहले बताए । ‘निर्वाचनमा न मैले उम्मेदवारी दिएँको थिएँ, न मतदानमा नै सहभागी भएको छु तर पनि पोलिटब्युरोमा चयन भएको छु,’ भट्टराई निकट नेता श्रेष्ठले नागरिकसँग भने, ‘निर्वाचनको सम्पुर्ण प्रक्रिया बहिस्कार गरेकाले मत परिणामलाई अस्विकार गर्नेछौ ।’ कसरी निर्वाचित भइयो ? भन्ने बारेमा कुनै जानकारी नभएकोले अनौठो लागिरहेको श्रेष्ठको भनाई छ ।
त्यसैगरी, सोमवार भएको स्थायी समिति निर्वाचनमा भट्टराई पक्षका पनि तीन जना चयन भएको घोषणा गरियो । भट्टराई, रायमाझी र पौडेल निर्वाचित भएको घोषणा निर्वाचन समितिले ग¥यो । जबकी, चयन भएका तीनै नेताले उम्मेदवारी दिएका पनि छैनन, न त निर्वाचन प्रक्रियालाई स्विकार गरेका पनि छैनन ।
‘परिक्षा नै नदिएको बिद्यार्थी परिक्षाफलमा भने उर्तिण भएको भनि घोषणा गरे जस्तो हो,’ भट्टराई निकट अर्का नेताले भने, ‘जर्बजस्ती गरिएको निर्वाचन र त्यसवाट गरिएको घोषणा ‘खाए खाँ नखाए घिच’ भन्ने जस्तै हो ।’ अध्यक्ष दाहालले ‘लोकतन्त्रका सुन्दर पक्ष मानिने निर्वाचन प्रक्रियाको नै धज्जी उडाउने’ कार्य गरेको उनको टिप्पणी छ ।
मंगलबार भने आइतवार र सोमबार भन्दा अझै रोचक निर्वाचन दृश्य पेरिसडाँडामा देखियो । मंगलबार बिहान बसेको केन्द्रीय समिति बैठकले उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी, महासचिवमा कृष्णबहादुर महरालाई बनाउने ‘सर्बसम्मत’ निर्णय ग¥यो । यसैगरी, तीन जना सचिवमा गिरीराजमणी पोखरेल, टोपबहादुर रायमाझी र बर्षमान पुन तथा कोषाध्यक्षमा हरिबोल गजुरेललाई जिम्मेवारी दिने सहमति केन्द्रीय समिति बैठकमा निर्णय पनि भयो ।
तर, केन्द्रीय समितिले पदाधिकारी ‘फिक्स’ गरे पनि सोही पदका लागि माओवादीले अपरान्ह पार्टी मुख्यालयमा पुनः निर्वाचन गरेर दुनियाँलाई चकित बनाउने काम गरिदिएको छ । ‘पदाधिकारीमा कस–कसले जिम्मेवारी पाउँदैछन भन्ने केन्द्रीय समिति बैठकमा सहमति भइसकेको थियो तर केन्द्रीय समितिमा सर्वसम्मत भएकालाई पुनः मतदान गरी औपचारिक दिने निर्णय अनुसार निर्वाचन गरिएको हो,’ केन्द्रीय सदस्य भरत साहले नागरिकसँग भने ।
त्यसमाथी, साधारण सदस्य मात्रै रहने तर कुनै पनि कार्यकारी पदमा नबस्ने घोषणा गरेका भट्टराईलाई केन्द्रीय कार्यालयमा राख्नका लागि बिद्यान संसोधन गर्ने काम गरिएको थियो । भट्टराई अनुपस्थित बैठकले बिद्यान नै संसोधन गरेर केन्द्रीय कार्यालयमा बस्न पाउने गरी भट्टराईलाई ‘बरिष्ठ सदस्य’का चयन गरिदिएको थियो ।
निर्वाचन समितिका सदस्य रामनारायण बिडारीले सबै सदस्य उम्मेदवार, सबै मतदाता भन्ने कार्यबिद्यि भएकाले अनुपस्थित भएका पनि बिजयी हुन पुगेको बताएका छन् । ‘सबै उम्मेदवार, सबै मतदाता भन्ने निर्वाचन कार्यबिद्यि केन्द्रीय समिति बैठकले निमार्ण गरे अनुसार उपस्थीति नभएका पनि बिजयी भएका हुन’ केही दिन अघि बिडाँरीले नागरिकसँग भनेका थिए । उनका अनुसार उम्मेदवारी दर्ता नगरे पनि, मतदानमा सहभागि नभए पनि निर्वाचित हुने कार्यबिद्यि आसन्न निर्वाचन प्रक्रियामा लागु गरिएको थियो ।

एमाओवादी भित्रको निर्वाचन नौटंकीः भट्टराई
एकीकृत नेकपा माओवादीका पुर्वउपाध्यक्ष बाबुराम भट्टराईले पार्टी भित्र नेतृत्व चयनका लागि भइरहेको निर्वाचनलाई नौटंकीको सज्ञा दिएका छन् ।
मंगलवार बसेको केन्द्रीय समिति बैठकले बिद्यान नै संसोधन गरेर भट्टराईलाई ‘बरिष्ठ सदस्य’ बनाउने निर्णय गरेको तीन घन्टा पछि भट्टराईले टिवट गर्दै त्यस्तो प्रतिक्रिया दिएका हुन । ‘मनोनित केन्द्रीय समितिले उम्मेदवार नै नभएका मान्छेलाई समेत प्रायोजित ढंगले चुन्ने नौटंकीलाई एकजना कमरेडले भारदारी लोकतन्त्र भनेको सुनियो’ भट्टराईले निर्वाचनलाई ब्यंग्य गर्दै टिवटमा भनेका छन् ।
भट्टराई पक्षधरको बिरोध र बहिस्कारका बाबजुद पनि अध्यक्ष पुष्पकमल दाहालले पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी निर्वाचन गराए पछि भट्टराईको यस्तो टिप्पणी सार्वजनिक भएको हो । आन्तरिक निर्वाचनमा नै उम्मेदवारी नदिने घोषणा गरे पनि नन्दकुमार प्रसाई नेतृत्वको निर्वाचन समितिले भट्टराई पक्षका ७ जना नेतालाई तीनवटा समितिमा निर्वाचित भएको घोषणा गरि दिएको छ ।

एमाओवादीका नवनिर्वाचित पदाधिकारी
अध्यक्षः  पुष्पकमल दाहाल– सर्वसम्मत
बरिष्ठ सदस्यः बाबुराम भट्टराई
उपाध्यक्षः नारायणकाजी श्रेष्ठ (१०६)
उपाध्यक्षः पोष्टबहादुर बोगटी (१०९)
महासचिवः कृष्णबहादुर महरा (१००)
सचिवः गिरीराजमणी पोखरेल (९६)
सचिवः टोपबहादुर रायमाझी (१००)
सचिवः बर्षमान पुन (९७)
कोषाध्यक्षः हरिबोल गजुरेल (१०१)

उम्मेदवारी नदिने, मतदान पनि नगर्ने तर बिजयी नेताहरु तस्बिरमा

स्थायी समिति सदस्यः देवेन्द्र पौडेल




पोलिटब्युरो सदस्यः हिसिला यमी






























पोलिटब्युरो सदस्यः गंंगा नारायण श्रेष्ठ
सचिवः टोपबहादुर रायमाझी


पोलिटब्युरो सदस्यः प्रभु साह

No comments:

Post a Comment