Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, December 30, 2013

बर्षमानले भाँडभैलो गरेछन, र त भट्टराई र श्रेष्ठ पछि सरेछन्

एकीकृत नेकपा माओवादीभित्र समानुपातिक सभासद चयन गर्ने विषयमा विवाद उत्पन्न भएपछि अध्यक्ष पुष्पकमल दाहालले 'एकपक्षीय निर्णय गर्दै' सोमबार निर्वाचन आयोगमा सूची पेस गरेका छन्।
अध्यक्ष दाहालले 'एकलौटी गर्न खोजेको' भन्दै पूर्वउपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ समानुपातिक सूची तयार पार्ने बैठकमै अनुपस्थित भए । त्यसपछि दाहाल पक्षले एक्लै निर्णय गरी आयोगसमक्ष सूची बुझाएको हो । तेस्रोपटक थपिएको म्यादको अन्तिम दिन सोमबार बुझाएको सूची विवादरहित हुन नसकेपछि एमाओवादीले 'संशोधन गर्ने' जानकारी आयोगलाई गराएको छ । तीन शीर्ष नेताबीचै गम्भीर विवाद देखा परेपछि एमाओवादीले अझै औपचारिक रूपमा सूची सार्वजनिक गरेको छैन ।
'बाबुराम (भट्टराई) जी र प्रकाशजी (नारायणकाजी श्रेष्ठ) ले सभासद चयनको प्रक्रियाप्रति असन्तुष्टि जनाउनुभएको छ, त्यही असन्तुष्टिका कारण उहाँहरू बैठकमा जानुभएन,' पूर्वपोलिटब्युरो सदस्य विश्वनाथ साहले नागरिकसँग भने, 'संशोधन गर्न तीन दिन म्याद हुने भएकाले सच्याउन सकिने ठाउँ अझै छ, पार्टीले विवाद मिलाएरै छाड्छ ।' समानुपातिक सभासद चयन विवादमा 'आन्तरिक शक्ति सन्तुलन' मुख्य रूपमा देखा परेको उनले बताए ।

स्रोतका अनुसार मापदण्डविपरीत तथा 'आन्तरिक शक्ति सन्तुलन' भन्दा बाहिर अध्यक्षले आफूनिकटलाई बढीभन्दा बढी समावेश गरी समानुपातिक सूची बनाउने प्रयास गरेपछि भट्टराई र श्रेष्ठ अनुपस्थित भएका हुन् । 'दिउँसो १ बजे केन्द्रीय कार्यालय बैठक डाकिए पनि भट्टराई र श्रेष्ठ दुवै अध्यक्ष निवास लाजिम्पाट गएनन्,' दाहाल निकट स्रोतले भन्यो, 'अध्यक्षले पटकपटक फोन गर्दा पनि श्रेष्ठ र भट्टराईले उठाएनन् ।'
केन्द्रीय समितिको आइतबार बैठकले केन्द्रीय कार्यालयलाई सूची बनाउने जिम्मा दिएकाले पनि भट्टराई र श्रेष्ठको उपस्थिति आवश्यक थियो ।
स्रोतका अनुसार केन्द्रीय कार्यालयले समानुपातिकतर्फ पाएको ५४ सिटका लागि ३ सय ३२ जनाबाट छान्ने जिम्मेवारी अनौपचारिक रूपमा पूर्वमहासचिव पोष्टबहादुर बोगटी तथा पूर्व स्थायी समिति सदस्यद्वय कृष्णबहादुर महरा र टोपबहादुर रायमाझीलाई दिएको थियो । त्यसअनुसार जावालाखेलस्थित महरा निवासमा नेतात्रयले ५४ जनाको सूची निर्माण गरी केन्द्रीय कार्यालयसमक्ष बुझाउन छलफल गरेका थिए । केही बाहेक प्राय नाममा सहमति जुट्दै गएको थियो ।
केन्द्रीय कार्यालयले समितिमा अनौपचारिक रूपमा नराखे पनि एकता प्रक्रियाबाट आएका भन्दै श्रेष्ठ निकट मानिने अर्का पूर्व स्थायी समिति सदस्य गिरीराजमणि पोखरेललाई पनि सूची चयन गर्न निम्तो गरिएको थियो । त्यसमा छलफल चलिरहँदा समितिमै नभएका वर्षमान पुनः अचानक महरा निवासमा देखा परे ।
निम्तो नै नपाएका पुनले दाहाल पक्षका उम्मेदवार हाल्न जबर्जस्ती गरेपछि रायमाझी र पोखरेल झस्कन पुगे । 'वर्षमान (पुन) जी नपुगुन्जेल सौहार्दपूर्ण रूपमा नाम छान्न छलफल चलिरहेको थियो, केही स्थानमा मात्रै कुरा मिलिरहेको थिएन तर उहाँ गएपछि सबै बिग्रियो,' भट्टराईनिकट स्रोतले नागरिकसँग भन्यो, 'निम्तो नै नपाएका उहाँको उपस्थिति र शंकास्पद भूमिकाले कुरा बिग्रियो । टोपवहादुर (रायमाझी) जी र गिरीराजमणि (पोखरेल) जी बैठकस्थल छाडेर हिँड्नुभयो ।'
उनका अनुसार दाहाल पक्षले प्रत्यक्षतर्फ २० सिट जितेकाले समानुपातिकतर्फ त्यहीअनुरुप हैसियत पाउनुपर्ने तर्क पुनले राखेका थिए । त्यसपछि नै भट्टराईले रायमाझी र श्रेष्ठले पोखरेललाई बैठकस्थलबाट फिर्ता बोलाएको स्रोतले बतायो । दाहाल पक्षले भने केन्द्रीय समितिले पास गरेको मापदण्ड र विधिविपरीत भट्टराई र श्रेष्ठले सभासद बनाउनुपर्ने तर्क राखेपछि विवाद सुरु भएको बताएको छ ।
दाहाल निकटस्रोतका अनुसार भट्टराई पक्षले खिमलाल देवकोटा, भक्ति पाण्डे र देवी खड्कालाई र श्रेष्ठ पक्षले खड्ग बस्नेत र अञ्जना बिशंखेलाई सभासद बनाउनुपर्ने तर्क गरेको थियो । केन्द्रीय समितिले पूर्वसभासद, पूर्वमन्त्री र लाभका पद लिएकालाई सभासद बनाउन नहुने विधि पास गरे पनि भट्टराई–श्रेष्ठ पक्षले विधि मिचेर जाने कुरा गरेको दाहाल निकटस्रोतको दाबी छ । भट्टराई र श्रेष्ठले १५/१५ जनाको कोटा पाउनुपर्ने दाबी गरेको पनि उक्त स्रोतले बतायो । दाहाल पक्षले भने भट्टराई–श्रेष्ठ पक्षको प्रस्ताव अस्वीकार गरेको थियो ।
दाहाल पक्षका अनुसार प्रत्यक्षतर्फ २६ सिट मात्र हासिल गर्न सफल माओवादीभित्र श्रेष्ठ निकट एकमात्र गिरीराजमणि पोखरेल महोत्तरी–४ बाट र भट्टराई निकट पाँचजना उम्मेदवार विजयी हुन पुगेका छन् । भट्टराई पक्षमा उनीसहित टोपबहादुर रायमाझी, प्रभु साह, अशोककुमार मण्डल र मानबहादुर थारूसहित ५ जना रहेको र अन्य १९ जना अध्यक्ष दाहाल पक्षका उम्मेदवार भएकाले त्यसैअनुसार समानुपातिकतर्फ जिम्मेवारी बाँडफाँट गर्ने पक्षमा दाहाल छन् ।
बोगटी, महरा र रायमाझीले बनाएको सूचीबारे १ बजे केन्द्रीय कार्यालयको बैठक बस्ने र त्यसमा थपघटसहित अनुमोदन गरी निर्वाचन आयोगसमक्ष बुझाउने एमाओवादीको पूर्वतयारी थियो । 'सर्ट लिस्टमै विवाद भएपछि बाबुरामजी र नारायणकाजीजी आउनुभएन,' लाजिम्पाट स्रोतले भन्यो । त्यसपछि बोगटी, पुन र केन्द्रीय कार्यालयका मुख्य सचिव हितराज पाण्डे निर्वाचन आयोग पुगी सूची बुझाएका हुन् ।
संशोधन गर्ने सर्तमा आयोगसमक्ष बुझाएको नामावलीमा २७ जना पुरुष र २७ जना महिला समावेश गरिएको पुनले जानकारी दिए । 'पुरुष र महिलाको बराबर प्रतिनिधित्व गराउँदै नामावली बुझाएका छौं, त्यसमा सबै नयाँ अनुहार छन्, पुराना कोही छैनन्,' आयोग कार्यालय परिसरमा पुनले भने ।

यी हुन् एमाओवादीका ५४ समानुपातिक सभासद्

1. वेद माया भण्डारी(शाक्य)
2. सुरेन्द्र कुमार कार्की
3. भेष कुमारी राउत(भट्टराई)
4. अनिता कुमारी परियार
5. रविन्द्र प्रताप शाह
6. मोहम्म्द जाकिर हुसैन
7. मोहन टुडु
8. अमन लाल मोदी
9. ओङदी शेर्पा
10. श्री प्रसाद जवेगु
11. सुर्य प्रकाश वाला राई
12. सन्त कुमार दरै
13. जुठ बहादुर टुहुरे खड्गी
14. योगेन्द्र तामाङ घिसिङ
15. राधिका तामाङ
16. कमला दोङ
17. कृष्ण धिताल
18. आशा कोइराला
19. भक्ती प्रसाद पाण्डे
20. लाल बहादुर गुरुङ
21. तेज कुमारी पौडेल
22. दलजित वि.के.श्रीपाली
23. सिर्जना तरामु खत्री
24. केशरी घर्ति मगर
25. रेखा शर्मा
26. गोमा कु‌वर
27. ललिता कुमारी रेग्मी
28. जानकी कुमारी साउद रावल
29. कर्ण बहादुर वि.क.
30. दिलमाया धामी
31. फुलझरी देवी
32. हरिलाल ज्ञवाली
33. दुर्गा खुना
34. गोपाल गिरी
35. धन पहरी
36. अजय शंकर नायक
37. लालेन्द्र कुमार मण्डल
38. प्रतिक्षा तिवारी
39. मुखिया राम सिंह यादब
40. निशा कुमारी साह
41. धनिराम पौडेल
42. शम्भु पासवान हजारी
43. डोर प्रसाद उपाध्याय
44. राम नारायण विडारी
45. सुरेन्द्र प्रसाद जयसवाल
46. उषा किरण असारसादरी
47. दुलारी हरिजन
48. सोनिया यादव
49. धन माया बिश्वकर्मा(खनाल)
50. सीता नेपाली
51. तुलसा राना
52. अन्जना चौधरी
53. रुपा महर्जन [श्रेष्ठ]
54. पुनाराम थापा

No comments:

Post a Comment