Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, December 30, 2013

अध्यक्षका 'एक्स्ट्रा मायालु' सभासद हुने, अरु चाँही कुना पसी रुने ?

तराई–मधेस केन्द्रीत राजनीतिक दलका सभासद चयनमा भने रोचक सुची देखिएको छ । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तो, मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव र संघीय सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झाले आफना श्रीमतीलाई सभासद बनाउन सफल भएका छन् । त्यसैगरी, एउटा पार्टीवाट अर्को पार्टीमा प्रवेश गर्ने दुई जना नेता नयाँ पार्टीवाट सभासद हुन सफल देखिएका छन् । तराई मधेस लोकतान्त्रिक पार्टीवाट संविधानसभा–१ मा प्रतिनिधित्व गर्ने बिमल केडिया संविधानसभा–२ मा महत्तो नेतृत्वको सदभावनावाट सदस्य हुन सफल भएका छन् भने मधेसी जनअधिकार फोरम नेपाल हुदैँ फोरम गणतान्त्रिक हुदै तराई मधेस लोकतानित्रक पार्टीमा प्रवेश गरेको अहमद अकवाल साह पनि सोही सुचीमा समावेश भएका छन् । खिलराज रेग्मी नेतृत्वको सरकारमा सिंचाई मन्त्री रहेका उमाकान्त चौधरीले आफनी श्रीमती इन्दिरा झा  झालाई तमलोपावाट सभासद बनाउन भ्याएका छन् । बिजयकुमार गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिकले तीन जना पहडीया समुदायकालाई सभासद बनाएर चकित बनाई दिएका छन् । तर, सो पार्टीका महासचिव जितेन्द्रदेव भने आउट हुन पुगेका छन् । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले आफनी ‘प्रेमिका’ निर्जला राउतलाई सभासद बनाएको भन्दै सो पार्टी भित्र हंगामा मच्चिएको छ । केन्द्रीय कार्यालय तालाबन्दी गर्न पुगेका रामसपाका महासचिवले त्यहाँ पहिला नै ताला लागेको देखे पछि चावी ताला बोकेर फिर्ता आएका छन् । 
बाँकी समाचार नागरिक दैनिकवाट साभार  
तराई–मधेसकेन्द्रित तीन साना दलका अध्यक्षले श्रीमतीलाई समानुपातिक सभासद बनाएका छन्। निर्वाचन आयोगले समानुपातिक सूची बुझाउन तोकेको म्यादको अन्तिम दिन सोमबार सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले श्रीमती सहिलदेवी, संघीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले श्रीमती डिम्पल र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले श्रीमती सरिताको नाम बुझाएका छन्। यी तीनै दलमा केन्द्रीय समितिले सभासद छान्ने जिम्मेवारी अध्यक्षलाई दिएको थियो । प्रत्यक्षतर्फ एक सिट जित्न नसकेको झा र यादव नेतृत्वको पार्टीले समानुपातिकमा एक–एक सिट पाएको छ ।
महतो नेतृत्वको सद्भावनाले अन्य चार सिटमा सहअध्यक्ष लक्ष्मणलाल कर्ण, विमल केडिया, नरसिंह चौधरी र माधुरी रानालाई सभासद बनाएको छ । चौधरी र राना नयाँ अनुहार हुन् । प्रत्यक्षतर्फ सद्भावनाबाट एकमात्र विजेता धनुषा–४ का सञ्जयकुमार साह हुन् ।
विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले भने पहाडी समुदायका उम्मेदवारलाई समेत समानुपातिक सभासदमा सिफारिस गरेको छ । १० जनाको सूचीमा पहाडी समुदायका बाबुराम पोखरेल, गीता राणा र सुबोध पोखरेल परेका छन् । पोखरेल भिएस निकेतन (स्कुल) का प्रिन्सिपल तथा प्याब्सन अध्यक्ष हुन् । राणा एन–प्याब्सनका अध्यक्ष तथा ग्यालेक्सी कलेजकी प्रिन्सिपल हुन् भने सुबोध पोखरेल चिकित्सक हुन् ।
फोरम लोकतान्त्रिकले बुझाएको सूचीका अन्य सातजनामा रमणी राम, आशा चतुर्वेदी, दिनबन्धु अग्रवाल, पवनकुमार सारडा, सुमित्रा थरुनी, योगेन्द्र चौधरी र कल्पना चौधरी छन् । रमणी रामबाहेक सबै नयाँ अनुहार हुन् । 
महन्थ ठाकुर नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले पनि अकवाल अहमद साहबाहेक ६ नयाँ अनुहारलाई संविधानसभामा पठाउने भएको छ । साह फोरम गणतान्त्रिक त्यागेर तमलोपा आएका हुन् ।
तमलोपाबाट विजय सिंह, केदारानन्दन चौधरी, रमेश पट्टेल कुर्मी, इन्दिरा झा, मिरा चौधरी र राजकुमार गडेरी समानुपातिक सूचीमा परेका छन् । प्रत्यक्षमा ४ सिट जितेको तमलोपाले समानुपातिकतर्फ ७ स्थान पाएको छ । झा खिलराज रेग्मी नेतृत्वमा रहेका उमाकान्त चौधरीकी श्रीमती हुन् । 
महेन्द्रराय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी (तमसपा) ले नयाँ अनुहार अमेरिका कुमारी र नरेन्द्रकुमार साहलाई सूचीमा समावेश गरेको छ । प्रत्यक्षतर्फ अध्यक्ष यादव सर्लाही–३ बाट विजयी भएका थिए ।
शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) ले निर्जला राउत, धर्मेन्द्र साह र दिनेश साहलाई संविधानसभामा पठाउने भएको छ ।
प्रत्यक्षतर्फ एक सिट नजितेको रामसपाको केन्द्रीय समितिले सभासद छान्ने जिम्मेवारी अध्यक्ष भण्डारीलाई दिएको थियो । सूची बुझाइसकेपछि भने अध्यक्ष भण्डारीले आफूखुसी सभासद छानेको भन्दै रामसपामा असन्तुष्टि बढेको छ । महासचिव रामेश्वर साहले उनीविरूद्ध अविश्वास प्रस्ताव ल्याउने चेतावनी दिएका छन् ।
पहिलोपटक संविधानसभामा प्रवेश पाएको मधेस समता पार्टीले पाएको एक सिटमा अध्यक्ष मेघराज नेपाली निषाधको नाम पठाएको छ ।

तराई मधेस केन्द्रित दलका समानुपातिक सभासदको नामावली 
फोरम लोकतान्त्रिक
आशा चतुर्वेदी
डा. बाबुराम पोखरेल
गीता राणा
डा. सुबोध पोखरेल
दिनबन्धु अग्रवाल
रमनी राम
पवनकुमार सारडा
सुमित्रा थरुनी
योगेन्द्र चौधरी
कल्पना चौधरी
तमलोपा
डा. विजय सिंह
अकवाल अहमद साह
केदारानन्दन चौधरी
रमेश पट्टेल कुर्मी
इन्दिरा झा
मिरा चौधरी
राजकुमार गडेरी
सद्भावना पार्टी
सहिलदेवी महत्तो
लक्ष्मणलाल कर्ण
विमल केडिया
नरसिंह चौधरी
माधुरी रानी साह
राष्ट्रिय मधेश समाजवादी पार्टी
निर्जला राउत
धर्मेन्द्र साह
दिनेशलाल साह
तराई मधेस सद्भावना पार्टी
अमेरिका कुमारी
नरेन्द्रकुमार सा
फोरम गणतान्त्रिक
सरिता यादव
संघीय सद्भावना पार्टी
डिम्पल झा
मधेस समता पार्टी
मेघराज नेपाली निषाद
मधेसी जनअधिकार फोरम नेपाल (७ सिट- सूची बुझाउन बाँकी

No comments:

Post a Comment