एकीकृत नेकपा माओवादीका पूर्वउपाध्यक्ष बाबुराम भट्टराईले पार्टीभित्रको 'सांगठनिक ढाँचा नयाँ ढंगले निर्माण गर्ने' पहलकदमी सुरु गरेका छन्।
सामाजिक सन्जाल फेसबुकमार्फत पार्टी नेतृत्व दुई कार्यकालभन्दा बढी एकै व्यक्तिले गर्न नपाउने पक्षमा लबिङ गरिरहेका भट्टराईले अहिले 'नयाँ ढाँचाको संगठन' प्रस्तावमा निकटका नेताहरुसँग राय बटुलिरहेका छन्। एमाओवादीभित्र उनको यो 'पहल'लाई पार्टी नेतृत्व लिने तयारीका रुपमा बुझ्न थालिएको छ।
संविधानसभा निर्वाचनमा पार्टी तेस्रो स्थानमा खुम्चिनुको जिम्मेवारी नेतृत्वले लिनुपर्ने माग उठिरहेको र पार्टीले आगामी दुई महिना (माघ–फागुन) भित्रै सांगठनिक अधिवेशन गर्ने घोषणा गरिसकेको सन्दर्भमा भट्टराईको पहल अर्थपूर्ण हुन सक्छ।
उनी निकट मानिने भोजपुरा राज्यसमिति इन्चार्ज प्रभु साहले भट्टराई अहिले नयाँ प्रस्तावबारे छलफल र गृहकार्यमा व्यस्त रहेको खुलाए। 'पार्टी अब अहिलेकै सांगठनिक तरिकाले चल्दैन, नयाँ ढंगको कम्युनिस्ट पार्टी निर्माणका लागि सांगठनिक सुधार हुनुपर्छ,' भट्टराईको धारणा उल्लेख गर्दै साहले नागरिकसँग भने, 'यसैको गृृहकार्य सुरु भएको हो।' भट्टराईले शुक्रबार पनि पार्टी संगठन र सञ्चालनका बारेमा आफ्नो धारणा फेसबुकबाटै सार्वजनिक गरेका छन्, 'पार्टी नेतृत्व दुई कार्यकालभन्दा बढी बस्न पाउनुहुन्न।'
'पार्टीहरु नै लोकतन्त्रका खम्बा भएकाले आन्तरिक पार्टी लोकतन्त्र बलियो पार्न पार्टीका विभिन्न स्तरका कमिटीहरु माथिबाट मनोनीत गर्नुको सट्टा तलैदेखि निर्वाचित गर्ने,' भट्टराईको शुक्रबार नयाँ प्रस्ताव आएको छ, 'पार्टीको नेतृत्वमा एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी बस्न नपाउने।'
आफ्नै पार्टी (र, अरूका पार्टीभित्र पनि) को हकमा लागू गर्ने मनशायले अघि सारिएको नयाँ प्रस्तावमा उनले राज्यको उच्च कार्यकारी पदमा समेत कोही पनि दुई कार्यकालभन्दा बढी रहन नपाउने व्यवस्था हुनुपर्ने उल्लेख गरेका छन्।
भट्टराईको पछिल्लो प्रस्ताव भने नयाँ होइन। उनले यस्तै धारणा यसअघि पनि सार्वजनिक गरिसकेका थिए। 'व्यक्तिगत रुपमा समय–समयमा मैले सापेक्ष रुपले सही सोच राखेँ र सही कुरा पनि उठाएँ, त्यसनिम्ति मबाट जनताले धेरै आशा राखे र म माथि भरोसा पनि गरे,' भट्टराईले एक साताअघि मात्रै भनेका थिए, 'तर, मसँग आफ्नै सोच र प्रतिबद्धता लागू गर्ने आवश्यक इच्छाशक्ति र संगठनात्मक तागत भएन।'
भट्टराईले केही साताअघि मात्रै पहिलो संविधानसभा संविधान निर्माणसम्म जोगाउन नसक्नु 'जीवनको सबैभन्दा ठूलो गल्ती' का रुपमा लिँदै त्यसको प्रमुख कारकका रुपमा आफ्नो संगठनात्मक शक्ति नहुनुलाई औंल्याएका थिए।
संविधानसभा भंग भएको करिब दुई वर्षपछि आएको यो भनाइलाई माओवादीभित्र भने निकै 'अर्थपूर्ण' रुपमा विश्लेषण गर्न थालिएको छ।
'२०६९ जेठ १४ गते राति अन्तिम विकल्पको रुपमा म आफैंले कलंकको टीका लगाएर भए पनि संकटकाल घोषणा गर्छु र संविधानसभाको म्याद थप्ने प्रस्ताव लैजान्छु भन्ने सोच बनाएर त्यसको उद्घोष पनि गरेँ,' भट्टराईले उल्लेख गरेका छन्, 'तर अरू विपक्षीहरूका अतिरिक्त आफ्नै नेता र सहकर्मीहरुको दबाब खेप्न नसकेर पछि हटेँ।'
म्याद थपमा पछि हट्न उनलाई आफ्नै दलका कुन सहकर्मीले दबाब दिए, त्यो नऔंल्याए पनि उनको संकेत पार्टी नेतृत्वप्रंति हो भन्ने बु‰न असहज छैन।
अध्यक्ष पुष्पकमल दाहाल निकट एक नेताका अनुसार निर्वाचन परिणाममा पार्टी तेस्रो स्थानमा झरेपछि भट्टराई पक्षधरले नेतृत्वलेे 'पराजयको जिम्मेवारी लिँदै आत्मालोचना गर्नुपर्ने' माग जोडसाथ उठाइरहेका छन्। 'नेतृत्वले आत्मालोचना गर्नुपर्ने भट्टराई पक्षधरको प्रस्ताव निकै संशकित रुपमा आएको छ, त्यसैले अध्यक्षले केही दिनअघि भन्नु नै पर्यो, नेतृत्व पार्टी छाडेर भाग्दैन, अर्को क्रान्ति फेरि गर्छ,' उनले नागरिकसँग भने, 'केही घटनाक्रमले शंका भने गराएको छ तर नेतृत्व नै चाहिएको हो भनेर उहाँबाट आइहालेको अवस्था चाहिँ छैन।'
ती नेताका अनुसार अध्यक्ष दाहालले 'नैतिकताका आधारमा राजीनामा दिनुपर्ने' माग आगामी केन्द्रीय समितिको बैठकमा भट्टराई पक्षधरबाट आइहाले आश्चर्य मान्ने पक्षमा स्वयं दाहालनिकट नेताहरु देखिँदैनन्।
पार्टीभित्र अध्यक्ष दाहाललाई तत्कालको अवस्था हेरेर 'क्रमभंग र छलाङ' का नाममा तत्काल निर्णयमा पुग्ने र भट्टराईलाई भोलिलाई हेरेर आज निर्णय लिने नेताका रुपमा हेरिन्छ।
पार्टीको चुनावी घोषणापत्रमा 'जसको विचार, उसैको नेतृत्व' र उपाध्यक्ष 'पदत्याग' लाई दाहाल निकट नेताहरुले यसैको कसीको रुपमा बुझेका छन्। किनभने, पार्टी अहिले जुन लाइन (शान्ति र संविधान) मा छ, त्यो भट्टराईको लाइन हो। पालुङटार प्लेनमलगत्तै तत्कालीन उपाध्यक्ष मोहन वैद्यसँगै 'जनविद्रोह' को लाइनमा उभिन पुगेका दाहाललाई आफ्नो (शान्ति र संविधान) लाइनमा ल्याउन भट्टराई २०६७ वैशाखमा सफल भएका थिए। 'जसको विचार हो, उसैले नेतृत्व गरेमा मात्र सही रुपमा त्यसको कार्यान्वयन हुन्छ,' भट्टराईले बेलाबेला यस्तो धारणा पनि राख्दै आएका थिए, जसलाई उनी चुनावी प्रतिबद्धतापत्रमा आधिकारिक रुपमै उल्लेख गराउन सफल भए।
चुनावबाट पार्टी तेस्रो स्थानमा पुग्दै गएको संकेत पाएलगत्तै अध्यक्ष दाहालले पार्टी मुख्यालयमा पेरिसडाँडामा चुनावको पर्सिपल्ट मंसिर ६ गते पत्रकार सम्मेलन गर्दै भने, 'चुनावमा धाँधली र षड्यन्त्र भएको छ, त्यसको छानबिन नभएसम्म हामी संविधानसभामा जाँदैनौँ।'
छानबिन समिति नबनेसम्म संविधानसभामा नजाने निर्णय यथावत रहेकै बेला भट्टराईले 'नयाँ जनादेशअनुसार जान राष्ट्रपति परिवर्तन गर्नुपर्ने' प्रस्ताव चर्चामा ल्याए।
दाहाल पक्षधरको बुझाइमा भट्टराई दाहाललाई राष्ट्रपति बनाएर आफू पार्टी नेतृत्वमा जान चाहन्छन्। जब कि यो विषयमा पार्टीभित्र भट्टराईबाहेक कसैले मुख खोलेका छैनन्। 'जब पार्टी संविधानसभा नै नजाने भनेर निर्णयमा अडिग छ, राष्ट्रपति फेर्नुपर्ने माग उहाँबाट किन आयो? आश्चर्य यसमा छ,' दाहाल निकट अर्का नेताले भने। संविधानसभामा नजाने अध्यक्षको भनाइ आएको दुई दिनपछि भट्टराईले फेसबुक स्टाटसमार्फत 'संविधानसभाको प्रक्रियाबाट अलग छैनौं' भनेर सार्वजनिक गर्नुले दाहाल पक्ष सशंकित भएको ती नेताको भनाइ छ।
भट्टराई निकट पूर्व पोलिटब्युरो सदस्य तथा नेवा राज्यसमिति इन्चार्ज देवेन्द्र पौडेल भने हालको नेतृत्व परिवर्तन र भट्टराईको नेतृत्व चाहसँग संगठनको प्रश्नलाई जोड्न नहुने बताउँछन्। 'उहाँ (भट्टराई) को नयाँ सांगठनिक प्रस्ताव कुनै व्यक्तिविरुद्ध केन्द्रित होइन, लथालिंग भएको सांगठनिक संरचना सुधार गर्नमात्र आएको हो,' पौडेलले नागरिकसँग भने, 'त्यसबारे उहाँले छलफल सुरु गरे पनि कोही आत्तिहाल्नुपर्ने अवस्था छैन।' उनका अनुसार नजिकिँदो सांगठनिक अधिवेशनमा पार्टीलाई बढी लोकतान्त्रिक बनाउन भट्टराईले बहस सुरु गरेका हुन्। त्यसका बारेमा आगामी केन्द्रीय समितिबाटै छलफल हुनेछ।
भट्टराईले ले नयाँ सांगठानिक ढाँचाको प्रस्ताव बारे केन्द्रीय सदस्य तथा पुर्व लडाकु प्रमुख सरल सहयात्रीले फेसबुकमार्फत दरहै जवाफ दिएका छन, जो निकै चर्चित पनि भयो । भट्टराईले पार्टी सञ्चालनका बारेमा नयाँ धारणा बारे सहयात्रीले गरेको टिप्पणीलाई जस्ताको तस्तै तस्तै उल्लेख गरेको छु ।
बाबुराम कमरेड,
तपाइले आफ्नो फेसवुक स्टाटस मार्फत उठाएको कुरा सोहै् आना सहि हो । तर, वखतमा नआएको वुद्धि जति राम्रो भए पनि के काम ?
तपाइले आफ्नो फेसवुक स्टाटस मार्फत उठाएको कुरा सोहै् आना सहि हो । तर, वखतमा नआएको वुद्धि जति राम्रो भए पनि के काम ?
१. गएको महाधिवेशनमा पार्टि कमिटिहरु निर्वाचित, चुस्त र कामकाजी हुनपर्छ भनेर घोक्रो सुक्नेगरि चिच्याउने युवाहरु मध्य एउटा म पनि थिए । त्योवेला तपाइहरु सवैजना लागेर हामीलाइ पेल्नुभयो । आफ्नो संगठनमा कम्तिमा यति कुराको शुरुवात गरेको भए अरुलाइ भन्न सजिलो हुनेथियो ।
२. राजनीतिमा उमेर र कार्यकालको अवधि तोक्नका् निम्ती सिंगै हलले गरेको पहललाइ सजिलै लत्याइदिनुभयो ।
३. वैद्य कमरेडले नै उठाएको सहि पूर्ण समानुपातिक व्यवस्थामा जानुपर्छ भन्ने कुरामा चुनाव अगाडी हामी चु सम्मपनि वोलेनौं ।
४. वाकि कुरा नेपाली जनताले चाहेको नै तपाइले भनेजस्तै हो । तर आफ्नो हातवाट डाढु पन्यु खुस्की सकेको संविधानसभाबाट मलाइ त त्यत्रोविधि आशा जागेको छैन । तपाइहरुको क्रियाकलाप देख्दा मलाइ त लाग्छ कांग्रेस एमाले प्रति वढि नै विश्वास लागेको छ अझै तपाइहरुलाइ ।
५. पार्टि हार्नुको कारणहरु मध्य महत्वपूर्ण कारण तपाइहरुको कोठे निर्णय पनि हो । तपाइहरुले कोठामा गरिएको निर्णयलाइ अनुमोदन गराउनको लागी हामी सवलाइ जम्मा गरेर जनवादको भाषण ठोक्ने होइन र रु यसको निर्मम स्मरण गर्नुपर्छ तपाइहरुले
६. सिंगै क्रान्ति संकटमा पर्नेगरी हामी चुनावमा पराजित भएका छौं । यसको सहि निस्कर्ष निकाल्नको निम्ती आजसम्मपनि तपाइहरु आफ्ना कार्यकर्ताकोमा जानको निम्ती तयार हुनभएको छैन । आफें आफैं निर्णयमाथी निर्णय गर्दै विजित सेनापति जस्तो अगाडी वढि रहनु भएको छ ।
७. हामी सवैको कुरालाइ मान्नु हुन्छ भने तपाइहरुले सवभन्दा पहिले पार्टिलाइ नया वनाउनको लागी केन्द्रीय समितिनै विघटन गरेर विशेष महाधिवेशन आयोजना गर्नु पथ्र्यो । अझैपनि गर्नपर्ने यहि हो । तर तपाइहरु किन यसमा चासो नदिएर दुनियालाइ सुझाव दिंदै हिड्नु हुन्छ रु विशेष महाधिवेशनको म्यन्डेडले तपाइहरुलाइ नै नेतृत्व गर्ने आवश्यकताको महशुष गर्यो भने वल्ल तपाइहरुलाइ अघिल्ला निर्णय गर्ने नैतिक अधिकार हुन्छ । तर त्यो प्रति न त अध्यक्षको ख्याल देखियो न तपाइको नै रु अरुको त के कुरा गर्नु र?
No comments:
Post a Comment