नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले एकीकृत माओवादीले राखेको पार्टी एकता प्रस्ताव अस्विकार गरेको बताएका छन् । चुनावी परिणामले संविधानसभा–२ मा तेस्रो स्थानमा सिमित पारे लगत्तै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बैद्य सामु पार्टी एकताको प्रस्ताव गरेका थिए ।
केन्द्रीय समितिको बैठक सोमबार सार्वजनिक गर्दै अध्यक्ष बैद्यले संविधानसभामा निर्वाचित भएका एमाओवादीका उम्मेदवारले राजिनामा दिनु पर्ने तथा समानुपातिक कोटामा जान खोज्ने नेताले छाडने संघर्षमा आउन तयार भए उसँग सहकार्य तथा कार्यगत एकता भने गर्न सकिने बताए । तर, पार्टी एकता भने तत्काल नहुने पछिल्लो भनाई सार्वजनिक भएको छ ।
‘उहाँहरुले पार्टी एकता गर्ने कुरा गर्नु भएको थियो, हामीले हुन सक्दैन् भन्यौ’ बैद्यले कुपोन्डलस्थित माओवादी कार्यालयमा भने, ‘तर, त्यो संगठन (एमाअोवादी) भित्र रहेका क्रान्तिकारीहरुलाई हाम्रो पार्टीमा आउन सार्वजनिक रुपमा आब्हान भने गरेका छौं ।’ एमाओवादी कांग्रेस र एमालेसहित बैदशिक शक्तिकेन्द्रको ‘पुच्छर’ भएको आरोप लगाउँदै संविधानसभा छाडेर सडकमा आउनु पर्ने बैद्यको सर्त छ ।
‘तर पनि प्रचण्डजी वा एमाओवादीसँग सहकार्य असम्भव नै भनेका छैनौ, त्यसका लागि उहाँहरु सडक संघर्षमा पनि आउनु पर्छ,’ उनको भनाई थियो, ‘पहिल्यै नै नयाँ संविधान घोषणाको तिथिमिति तोकि सकेको संविधानसभामा जानु भयो भने सहकार्य हुदैन, फर्केर आउनु भयो भने चाँही निश्चित रुपमा नै हुन्छ ।’ यद्धपी, औपचारिक रुपमा नै बैद्य माओवादीको केन्द्रीइ समितिले एमाओवादी भित्र रहेकालाई पार्टी प्रवेश गर्न भने पहिलो पटक आब्हान गरेको छ ।
‘पार्टी बाहिरका सच्चा क्रान्तिकारी कम्युनिष्ट समुह तथा ब्यक्तित्वसहित एनेकपा (माओवादी) समुहमा रहेका क्रान्तिकारी कम्युनिष्टहरुलाई पार्टी एकताका लागि विशेष आब्हान गर्ने’ निणर्य माओवादी केन्द्रीय समितिको छ ।
राष्ट्रिय सहमतिको सरकार, संविधानसभा विघटनको माग राखेको बैद्य माओवादीले बार्तालाई पनि साथसाथै लैजाने दुई खम्बे रणनीति केन्द्रीय समितिवाट पास गराएकोे छ । ‘हुन त हाम्रो पार्टीको माग संविधानसभा विघटन नै हो, त्यसमा हामी क्लिएर नै छौं यद्धपी सहमति र सहकार्यका लागि भने प्रचण्डजीसँग पनि वार्ता गर्छौ, एमाले, कांग्रेससँग पनि बार्ता गर्छौ’ बैद्यले भने, ‘बार्ताका लागि हाम्रो तर्फवाट सद्यै ढोका खुल्लै छ, बन्द छैन् ।’ तर, अघिल्लो संविधानसभा झै संविधानसभा–२ वाट पनि नयाँ संविधान बन्न नसक्ने भने बैद्यको दावी छ ।
संविधानसभाको निर्वाचन पछि १२ बुदेँ र विस्तृत शान्ति सम्झौताको अर्थ नभएको र संक्रमणकालको अन्त्य हुनै लागेको जिकिर गर्दै बैद्यले नयाँ शिरावाट मुलुकको राजनीति अघि बढेको बताउन चुकेनन् । ‘शान्ति प्रक्रियाको एउटा महत्वपुर्ण हिस्सालाई छुट्टाएर गरिएको संविधानसभाको चुनावको कुनै अर्थ छैन, त्यती मात्रै होइन अब १२ बुदेँ र शान्ति सम्झौता दुवै ध्वस्त भइसक्यो,’ बैद्यले भने, ‘१२ बुदेँ, विस्तृत शान्ति सम्झौता देखी झुक्दै आएका बाबुराम प्रचण्डलाई मात्रै समेटेर संविधान बन्दैन, उहाँहरु अरुको पुच्छर भएर प्रस्तुत हुन भयो त्यो कदापी स्विकार्य छैन ।’ त्यसकारण अधिकारसम्पन्न बृहत राजनीतिक सभाको आयोजना गर्नु पर्ने पार्टी केन्द्रीय समितिको प्रस्ताव पुनः उनले सार्वजनिक गरेका छन् ।
१० दिन आमहडतालमा भएको बम बिष्फोट तथा आगजनीको घटना दुःखद भएको भन्दै त्यसको जिम्मा अध्यक्ष बैद्यले लिएका छन् । ‘असन्तुष्ट कार्यकर्ता र जनताले (बम) हानेका छन, त्यो सकारात्मक हो र त्यो ठिक गरेका छन भनेर हामीले भन्दै पनि आएका छौ,’ उनले निष्फक्री भने, ‘फाँसीबादको बिरोधमा त्यो बम आयो, अरु केही होइन् ।’ बम बिष्फोटको जिम्मेवारी लिए पनि त्यसवाट भएको क्षतीवारे भने उनले केही बोलेनन, न त त्यस घटना प्रति कुनै माफी नै मागेका छन् ।
No comments:
Post a Comment