पुनरावेदन अदालत पाटनले काठमाडौं महानगरपालिकाको नि:शुल्क पार्किङ योजना रोक्न अन्तरिम आदेश दिनु नपर्ने निर्णय सुनाएपछि आजदेखि महानगरपालिकाको योजना अघि बढ्ने भएको छ। महानगरपालिकालाई नि:शुल्क पार्किङ योजना लागू गर्ने अधिकार नभएको भन्दै पार्किङ व्यवसायीद्वारा दायर रिटमा तत्काल योजना कार्यान्वयनमा रोक लगाएको अदालतले बिहीबार दुवै पक्षलाई अन्तरिम आदेशको छलफलमा डाकेको थियो।
छलफलपछि अदालतका न्यायाधीश शिवराज अधिकारी र हरि बगालेको संयुक्त इजलासले महानगरपालिका बोर्डको पार्किङ योजना कार्यान्वयन नगर्न गत मंसिर २८ गते एकल इजलासले दिएको अन्तरिम आदेश खारेज गरेको हो। पार्किङ व्यवसायीले पेसा रोजगार गरी सम्पत्ति आर्जन गर्ने संविधानप्रदत्त मौलिक हक कुण्ठित भएको तथा हजारौं बेरोजगार हुनुपरेको प्रश्न उठाउँदै रिट दायर गरेका थिए। महानगरपालिकाले यही पुस १ गतेदेखि नि:शुल्क पार्किङ योजना अघि बढाएको थियो।
पार्किङ निःशुल्क हुने स्थान
• नयाँ बानेश्वर बाटो पश्चिम मन्दिर अगाडि १३२ फिट एक लाइन मोटरसाइकल
• नयाँ बानेश्वर पानीट्याँकी अगाडि ९९ फिट एक लाइन मोटरसाइकल
• के.एम.सी अस्पताल बाटो दक्षिण खाली जग्गा ११५ फिट दुई लाइन मोटरसाइकल
• एयरपोर्ट गेट अगाडि २०० फिट एक लाइन कार/मोटरसाइकल
• कोटेश्वर भाटभटिनी अगाडि ७६ फिट दुई लाइन मोटरसाइकल
• कोटेश्वर भाटभटिनी अगाडि ६६ फिट एक लाइन कार
• तिनकुने वैदेशिक रोजगार अगाडि ६६ फिट एक लाइन कार
• तिनकुने वैदेशिक रोजगार अगाडि ११४ फिट एक लाइन मोटरसाइकल
• के.एम.सि. अस्पतालबाट सिद्धिविनायक जाने वाटो १०० फिट एक लाइन मोटरसाइकल
क्षेत्र नं. २ :
• मेडिकेयर अस्पताल अगाडि ९२ फिट एक लाइन मोटरसाइकल
• बौद्ध बाटो दक्षिण ५७५ फिट एक लाइन मोटरसाइकल
• चावहिल टेलिकम अगाडि ६६ फिट एक लाइन मोटरसाइकल
क्षेत्र नं. ३ :
• महाराजगञ्ज पुलिस स्टेशन अगाडि १४० फिट एक लाइन मोटरसाइकल
• सामाखुशि विनायक अस्पताल अगाडि ११० फिट एक लाइन मोटरसाइकल
• हिमालय जावा क्याफे अगाडि ६० फिट एक लाइन मोटरसाइकल उत्तर, दक्षिण मात्र
क्षेत्र नं. ४ :
• दरवार मार्ग मूल सडक २२६ फिट एक लाइन कार उत्तर, दक्षिण मात्र
• दरवार मार्ग मूल सडक २०० फिट एक लाइन मोटरसाइकल
• सरस्वती मार्ग १५० फिट दुई लाइन मोटरसाइकल
• सरस्वती मार्ग ३३० फिट एक लाइन मोटरसाइकल उत्तर दक्षिण मात्र
• विणा मार्ग १६४ फिट दुई लाइन मोटरसाइकल उत्तर दक्षिण मात्र
क्षेत्र नं. ५ :
• प्रज्ञा भवन पश्चिम ३९० फिट एक लाइन मोटरसाइकल
• प्रज्ञा भवन पश्चिम १६४ फिट एक लाइन कार
• कमलादी भवन पूर्व १६४ फिट एक लाइन मोटरसाइकल
• कमलादी भवन पूर्व ३९० फिट एक लाइन कार
• शंकर देवी क्याम्पस अगाडि ७३ फिट एक लाइन मोटरसाइकल
• शंकर देवी क्याम्पस अगाडि ६५ फिट एक लाइन कार
• पुतली सडक लालुपाते मार्ग ११९ फिट एक लाइन मोटरसाइकल
• नक्साल टेलिकम अगाडि ४० फिट एक लाइन मोटरसाइकल
• वि.के. क्याम्पस अगाडि २९५ फिट एक लाइन मोटरसाइकल
• रानीपोखरी आयुक्तको कार्यालय अगाडि ७० फिट एक लाइन मोटरसाइकल
• प्यूखा पश्चिम उत्तर १०३ फिट दुई लाइन मोटरसाइकल
• प्यूखा चोक ८७ फिट एक लाइन कार
• प्यूखा चोक पूर्व ६३ फिट दुई लाइन मोटरसाइकल
• शुक्र पथ ४५० फिट एक लाइन मोटरसाइकल
• शुक्र पथ १२३ फिट एक लाइन कार
• महावौद्ध पूर्व २० फिट दुई लाइन मोटरसाइकल
• महावौद्ध दक्षिण १५ फिट एक लाइन मोटरसाइकल
• जमल चोक ४३ फिट तिन लाइन मोटरसाइकल
• भोटाहिटी दरवार स्कुल दक्षिण ५५ फिट एक लाइन मोटरसाइकल
• भोटाहिटी नयाँ साझा अगाडि ६० फिट एक लाइन कार
• भोटाहिटी साझा अगाडि २५ फिट तिन लाइन मोटरसाइकल
क्षेत्र नं. ७ :
• खिचापोखरी (ए) ११८ फिट एक लाइन मोटरसाइकल
• खिचापोखरी (वि) ११८ फिट दुई लाइन मोटरसाइकल
• खिचापोखरी १३२ फिट एक लाइन कार (पाँच ट्याक्सी निशुल्क )
• खिचापोखरी डबली १७८ फिट एक लाइन मोटरसाइकल
• खिचापोखरी मुखमा १२८ फिट एक लाइन मोटरसाइकल
• खिचापोखरी चौधरी गु्रप अगाडि १२६ फिट एक लाइन मोटरसाइकल
• पशुपति प्लाजा अगाडि १४० फिट एक लाइन मोटरसाइकल
• पशुपति प्लाजा अगाडि ५३ फिट दुई लाइन मोटरसाइकल
• संकटा मन्दिर परिसर ४० फिट तिन लाइन मोटरसाइकल
• सुन्धारा उत्तर पश्चिम ३० फिट दुई लाइन मोटरसाइकल
• सुन्धारा पश्चिम १०० फिट एक लाइन मोटरसाइकलड
• धरहरा बाटो दक्षिण ८६ फिट एक लाइन कार
• धरहरा दक्षिण बाटो उत्तर ३५ फिट एक लाइन मोटरसाइकल
• धरहरा पूर्व हुलाक अगाडि २० फिट तिन लाइन मोटरसाइकल
क्षेत्र नं. ८ :
• पिपल बोट ४० फिट दुई लाइन मोटरसाइकल
• पाको मन्दिर पश्चिम ४९ फिट दुई लाइन मोटरसाइकल
• पाको मन्दिर दक्षिण १६२ फिट एक लाइन कार
• पाको दक्षिण १३८ फिट दुई लाइन मोटरसाइकल
• पाको दक्षिण ९४ फिट एक लाइन मोटरसाइकल
• रणमुक्तेश्वर उत्तर १२० फिट एक लाइन मोटरसाइकल
• धर्मपथ १२२ फिट एक लाइन कार (५ ट्याक्सी सहित)
• धर्मपथ ९२ फिट दुई लाइन मोटरसाइकल
• धर्मपथ ५९ फिट दुई लाइन मोटरसाइकल
• धर्मपथ १६५ फिट एक लाइन कार
• वसन्तपुर २ नं. काउण्टर पछाडि १४२ फिट एक लाइन मोटरसाइकल
• मरु प्याफल ४ नं. काउण्टर सँगै ५७ फिट एक लाइन मोटरसाइकल
• का.म.पा. २५ वडा अगाडि ३६ फिट एक लाइन मोटरसाइकल
• सुरज आर्केड अगाडि ५० फिट एक लाइन मोटरसाइकल
• ताम्राकार प्लाजा अगाडि ३० फिट एक लाइन मोटरसाइकल
• तारणी वहाल अगाडि ३० फिट छ लाइन मोटरसाइकल
क्षेत्र नं. १०
• कालिमाटी पेट्रोल पम्प पश्चिम ३०० फिट एक लाइन मोटरसाइकल
• कलंकी मालपोत अगाडि १०६ फिट एक लाइन मोटरसाइकल
स्रोतः अन्पुर्णपोष्ट डट कम
No comments:
Post a Comment