प्रकाश उल्यालोमार्फत पहिलो पटक सार्वजनिक तस्बिर |
मेरा एकजना अनन्य मित्र बिनोद ढकाल (अर्थात डी बिनोद) पत्रकारितामा निकै सक्रिय छन । मुलधारमा रहेर पत्रकारिता गरिरहेका डी बिनोद जिम्मेवारीको हिसाबले हाल कमाण्डर पोष्टका समाचार संयोजक तरुण साप्ताहिकमा स्तम्भकार रहेका छन् । तर, मेरा मित्र डी बिनोदले पत्रकारितामा रहदाँ रहदैँ अचानक मोडलिङ क्षेत्रमा पनि हात हाल्न पुगेका छन । दुग्द्य बिकास संस्थान (डीडीसी) को उत्पादन प्रचार प्रसारका लागि डी बिनोद छानिए पछि पत्रकारिता क्षेत्रमा उनकै निकै निकै चर्चा/परिचर्चा चलेको छ । अभिरुची बुढाथोकीसँग उनी डीडीसीको विज्ञापनमा देखिने छन ।
उनका अनुसार काठमाडौं उपत्यकाबाहेक मुलुक प्रमुख ४० सहरमा डिडीसीले होर्डिङ बोर्ड राख्दैछ । ‘काठमाडौं उपत्यकामा चाँही महानगरपालिकाले होर्डिङ बोर्ड राख्न नदिने भएकाले यहाँ चाँही देख्न पाइदैन तर अन्य सहरमा भने देख्न सक्नु हुन्छ’ बिनोदले प्रकाश उज्यालोसँग भने । काठमाडौंमा नदेखिए पनि ठिकै छ, अन्य सहरमा त देख्न पाउँछौ नि त, डी ?

उनले मोडलिङ क्षेत्रमा पनि फडको मारेको जानकारीमा पाएका साथीहरुले उनलाई बधाई र शुभकामना निरन्तर रुपमा दिई नै रहेका छन् । मैले नदिने त कुरै भएन किनकी सद्यै कम्तिमा एकपटक सँगै चिया खाने नजिकका साथी ।
# उनीसँगको छोटो कुराकानी पनि पढी दिउ न त र्है ?#
तपाई मोडलिङ क्षेत्रमा एकाएक कसरी ?
- मोडलिङ चासोको एक पाटो हो त्यसकारण एकाएक होइन, पहिलो हो यो ।
पत्रकारितामा कम पैसा भएर कतै मोडलिङ तिर त लाग्नु भएको होइन ?
- पत्रकारिता पैसाका लागि गरेको होइन, मोडलिङमा पैसा छैन ।
पत्रकारिता र मोडलिङमा के फरक रहेछ त ?
- दुवै एकअर्काका निकट भएर छिरेको मात्र हुँ । पत्रकारिता लेखन सीपको क्षेत्र हो, मोडलिङ अभिनयको पाटो रहेछ ।
भविश्य मोडलिङमा बढी छ कि पत्रकारितामा ?
- पत्रकारितामा नै देख्छु, लक्ष्य कुसल पत्रकार बन्ने नै हो ।
अफर आए के फेरी पनि तयार हुनुहुन्छ ?
- अफर आए तयार हुनै पर्यो नी ।
एक छिन, एक छिन । नजिकको साथी रै’छ, अनि ब्लग लेख्यो भन्नु होला । यो नै सही, यो नै झुटो हो भनेर म भन्दिन तर पेशागत सहकर्मी तथा आफनो अनन्य मित्रले नयाँ क्षेत्रमा हात हाल्दा को चाँही खुसी हुदैँन र ? के तपाई हुनुहुन्न र ? म पनि भएको हुँ र त उनको नाममा यो ब्लग लेखेको हुँ । म उनलाई केही दिन त सक्दिन, यो ब्लगमार्फत शुभकामना दिने बाहेक ।
यदी उनले यो ब्लग पढे भने पक्कै भन्ने छन, ‘प्रकाशजी तपाईलाई के सेवा गरु ?’ किनकी उनी अलि अलि स्वार्थी छन ( हे... हे.. हे...) । अनि म पनि के कम ?
म पक्कै भन्छु, ‘हेर, कति स्वार्थी मान्छे ? ब्लग लेखे पछि मात्र के सेबा गरु रे ? गर्नेले त हिजो अस्ति ग¥या भए के नापिन्थ्यो र ?’
खैर, केही छैन । मेरा मित्र डी बिनोदले अझै मोडलिङ क्षेत्रमा प्रगति गरेको देख्न पाइयोस, त्यो बाहेक अरु केही चाहिदैन मलाई । प्रगति र उन्नतीका अग्रिम शुभकामना, सद्यै यसरी नै प्रगति भएको हेर्न पाइयोस् ।

No comments:
Post a Comment