Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Tuesday, October 1, 2013

प्रचण्ड पुत्रकी कान्छीले टिकट लिए, लगत्तै केन्द्रीय सदस्यले राजिनामा दिए

प्रकाश दाहाल र बिना रानामगर
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालका दबाबमा एक मात्र पुत्र प्रकाश दाहालकी तेस्री अर्थात कान्छी श्रीमती बिनामगरलाई कञ्चनपुर–१ वाट टिकट दिए पछि हंगामा मच्चिएको छ । कञ्चनपुरका जिल्ला संयोजक खडग बस्नेतले केन्द्रले चुनाब लडन मगरसहितलाई उम्मेदवार बनाउने पक्का गर्न लागे पछि उनले पार्टी केन्द्रीय सदस्य र जिल्ला संयोजकले आफ्नो पदवाट राजिनामा दिएका छन् । ‘बिनाजी उम्मेदवार चयनको बेला दुई चार दिनका लागि कञ्चनपुर आउनु भएको थियो, महिला हो भनेर अन्तिम सुचीमा सिफारिस गरेर पठाईदियौ’ बस्नेतले भने, ‘आज त उहाँको नाम चयन भएको पो सुनियो, यसले स्थानिय जनताको भावना कुठराघात भएको छ, यसले पार्टीमा झन समस्या ल्याएको छ ।’ उनका अनुसार स्थानिय पार्टी र जनतालाई मगरलाई स्विकार गर्न कञ्चनपुर बाध्य हुने छैन् । टिकट छनौट प्रक्रिया प्रति आपत्ति जनाउँदै बस्नेतले राज्य समिति र सुदुरपश्चिम ब्युरो इन्चार्जलाई राजिनामा पत्र वुझाइसकेका छन् । तर, टिकटका लागि नभई सागठानिक कारणले राजिनामा दिएको उनको जिकिर छ । मगर उम्मेदवार चयन भए पछि कञ्चनपुर जिल्लाले बागी उम्मेदवारी उठाउने कि नउठाउने ? भनेर केही बेरमा छलफल गर्दैछ । 

सोमबार को को चयन भए त ?
एकीकृत माओवादीले संविधानसभा निर्वाचन प्रयोजनका लागि मगरात, तमुवान र कोचिलाका गरी थप ४० निर्वाचन क्षेत्रका पार्टी उम्मेदवार टुंगो लगाएको छ। पार्टीले आइतबार नै ४० क्षेत्रमा टुंगिएको सार्वजनिक गरेको थियो । सोमबार अबेर टुंगिएको बाँकी नाम सार्वजनिक गर्न बाँकी छ।
लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहाल निवासमा सोमबार बसेको केन्द्रीय कार्यालय र उम्मेदवार छनोट समितिको संयुक्त बैठकले करिब ४० क्षेत्रको टुंगो लगाएको हो । सोमबारसम्म टुंगोमा पुगेका उम्मेदवारको सूचीअनुसार अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराई र वर्षमान पुन दुई–दुई निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिनेछन् ।
'आज (सोमबार) करिब ४० निर्वाचन क्षेत्रको टुंगो लगाएका छौं, भोलि (मंगलबार) बिहान ७ बजे अध्यक्ष निवासमै बसेर सबै टुंग्याउने योजना छ,' छनोट समितिका एक सदस्यले नागरिकसँग भने, 'सम्भवतः मंगलबार नै उम्मेदवार छनोट गरिसक्छौं ।'
बैठकस्रोतका अनुसार सल्यान १ मा टेकबहादुर बस्नेत र २ मा भीमप्रकाश शर्मा, रुकुम १ मा गणेशमान पुन र २ मा जनार्दन शर्मा, रोल्पा १ मा कृष्णबहादुर महरा र २ मा ओनसरी घर्तीमगरलाई उम्मेदवार बनाउने निर्णय भएको छ । त्यसैगरी, प्युठान १ मा नवराज सुवेदी र २ मा कृष्णध्वज खड्का, अर्घाखाँची १ मा टोपबहादुर रायमाझी उम्मेदवार पक्का भएका छन् भने २ मा विष्णुहरि शर्मा र डिलाराम आचार्यबीच सहमति हुन बाँकी छ ।
एमाओवादीले गुल्मी १ बाट सुर्दशन बरालमगर, २ बाट अशोक थापा र ३ बाट वामदेव क्षेत्रीलाई उम्मेदवार बनाएको छ । म्याग्दीबाट मगरात राज्यसमिति इन्चार्ज लोकेन्द्र विष्टमगर छनोट भएका छन् । बाग्लुङ १ बाट कृष्ण केसी छानिए पनि २ मा बलावती शर्मा या लीलबहादुर थापामध्ये को उम्मेदवार बन्ने भन्ने मिल्न बाँकी छ । बाग्लुङ ३ बाट तुल्सी अर्याल, पाल्पा १ बाट तेजेन्द्र सिँजालीमगर, २ बाट वसन्तकुमार शर्मा र ३ बाट नेत्रप्रसाद पाण्डे छानिएका छन् ।
तमुवान राज्यसमितिअन्तर्गत कास्कीबाहेक अन्य जिल्लाका उम्मेदवार छनोट सकिएको छ । गोरखा १ मा बाबुराम भट्टराईलाई आइतबारै छनोट गरेको माओवादीले सोमबार २ का लागि हितराज पाण्डेको नाम टुंगो लगाएको छ । ३ नम्बरमा भने छदमबहादुर गुरुङ, कृष्ण धिताल वा सुशीला सिंह खड्कामध्ये को भन्ने विवाद मिलिसकेको छैन । पर्वत १ मा नेत्र अधिकारी चयन भए पनि २ मा राजकाजी महर्जनको विवाद छ ।
स्याङ्जा १ बाट शैलेन्द्र घिमिरे चयन भए पनि २ मा कल्पना अर्याल कि लक्ष्मी पौडेल भन्ने विवाद छ । आइतबार मनाङका लागि कपिल लामालाई उम्मेदवार छनोट गरेको माओवादीले मुस्ताङमा मटुक गुरुङलाई टिकट दिने निर्णय गरेको छ ।
कोचिला राज्य समितिअन्तर्गत झापाका २ क्षेत्रबाहेक अन्यको टुंगो लगाइसकेको छ । झापा १ मा बोधराज दाहाल, २ मा पूर्णसिंह राजवंशी, ३ मा धर्मशिला चापागाईं, ५ मा झलकबहादुर मगर र ७ मा वर्षमान पुनलाई उठाउने निर्णय भएको छ । तर, ४ नम्बरमा राजु लम्साल वा पुरुषोतम चुडाल तथा ६ नम्बरमा पुष्प ढकाल वा राजु आचार्यमध्ये को भन्ने टुंग्याउन बाँकी छ ।
मोरङमा पनि ६ र ७ बाहेक अन्य क्षेत्रको टुंगोमा एमाओवादी पुगेको छ । जसअनुसार १ नम्बरमा गणेश उप्रेती, २ मा वर्षमान पुन, ३ मा गीता तिमल्सिना, ४ मा शिवकुमार मण्डल, ५ मा बालेश्वर कामत र ८ मा गोपी अच्छामी उम्मेदवार छनोट भएका छन्
चुनाव लडने–नलडने कुनै ठेगान छैनः श्रेष्ठ
एकीकृत माओवादीका पुर्व उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधानसभा निर्वाचनमा उम्मेदवारी दिने÷नदिने कुनै निर्णय गरिनसकेको बताएका छन् ।
लाजिम्पाट बैठकमा उम्मेदवारीको टुंगो लगाउन श्रेष्ठबाटै सुरुआत गरौं भन्ने प्रस्तावमा उनले आफू निर्वाचन लड्ने÷नलड्ने कुनै टुंगोमा नपुगेको बताएका हुन् । 'उम्मेदवारी दिने कि नदिने मैले निर्णय गरिसकेको छैन,' श्रेष्ठले बैठकमा भने, 'भोलि सोचेर भनूँला ।'
एकीकृत माओवादीले संविधानसभा निर्वाचन प्रयोजनका लागि मगरात, तमुवान र कोचिलाका गरी थप ४० निर्वाचन क्षेत्रका पार्टी उम्मेदवार टुंगो लगाएको छ। पार्टीले आइतबार नै ४० क्षेत्रमा टुंगिएको सार्वजनिक गरेको थियो । सोमबार अबेर टुंगिएको बाँकी नाम सार्वजनिक गर्न बाँकी छ।
Nagarik | Samsung Dashain Mahamela
लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहाल निवासमा सोमबार बसेको केन्द्रीय कार्यालय र उम्मेदवार छनोट समितिको संयुक्त बैठकले करिब ४० क्षेत्रको टुंगो लगाएको हो । सोमबारसम्म टुंगोमा पुगेका उम्मेदवारको सूचीअनुसार अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराई र वर्षमान पुन दुई–दुई निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिनेछन् ।

'आज (सोमबार) करिब ४० निर्वाचन क्षेत्रको टुंगो लगाएका छौं, भोलि (मंगलबार) बिहान ७ बजे अध्यक्ष निवासमै बसेर सबै टुंग्याउने योजना छ,' छनोट समितिका एक सदस्यले नागरिकसँग भने, 'सम्भवतः मंगलबार नै उम्मेदवार छनोट गरिसक्छौं ।'

बैठकस्रोतका अनुसार सल्यान १ मा टेकबहादुर बस्नेत र २ मा भीमप्रकाश शर्मा, रुकुम १ मा गणेशमान पुन र २ मा जनार्दन शर्मा, रोल्पा १ मा कृष्णबहादुर महरा र २ मा ओनसरी घर्तीमगरलाई उम्मेदवार बनाउने निर्णय भएको छ । त्यसैगरी, प्युठान १ मा नवराज सुवेदी र २ मा कृष्णध्वज खड्का, अर्घाखाँची १ मा टोपबहादुर रायमाझी उम्मेदवार पक्का भएका छन् भने २ मा विष्णुहरि शर्मा र डिलाराम आचार्यबीच सहमति हुन बाँकी छ ।

एमाओवादीले गुल्मी १ बाट सुर्दशन बरालमगर, २ बाट अशोक थापा र ३ बाट वामदेव क्षेत्रीलाई उम्मेदवार बनाएको छ । म्याग्दीबाट मगरात राज्यसमिति इन्चार्ज लोकेन्द्र विष्टमगर छनोट भएका छन् । बाग्लुङ १ बाट कृष्ण केसी छानिए पनि २ मा बलावती शर्मा या लीलबहादुर थापामध्ये को उम्मेदवार बन्ने भन्ने मिल्न बाँकी छ । बाग्लुङ ३ बाट तुल्सी अर्याल, पाल्पा १ बाट तेजेन्द्र सिँजालीमगर, २ बाट वसन्तकुमार शर्मा र ३ बाट नेत्रप्रसाद पाण्डे छानिएका छन् ।

तमुवान राज्यसमितिअन्तर्गत कास्कीबाहेक अन्य जिल्लाका उम्मेदवार छनोट सकिएको छ । गोरखा १ मा बाबुराम भट्टराईलाई आइतबारै छनोट गरेको माओवादीले सोमबार २ का लागि हितराज पाण्डेको नाम टुंगो लगाएको छ । ३ नम्बरमा भने छदमबहादुर गुरुङ, कृष्ण धिताल वा सुशीला सिंह खड्कामध्ये को भन्ने विवाद मिलिसकेको छैन ।

पर्वत १ मा नेत्र अधिकारी चयन भए पनि २ मा राजकाजी महर्जनको विवाद छ ।

स्याङ्जा १ बाट शैलेन्द्र घिमिरे चयन भए पनि २ मा कल्पना अर्याल कि लक्ष्मी पौडेल भन्ने विवाद छ । आइतबार मनाङका लागि कपिल लामालाई उम्मेदवार छनोट गरेको माओवादीले मुस्ताङमा मटुक गुरुङलाई टिकट दिने निर्णय गरेको छ ।

कोचिला राज्य समितिअन्तर्गत झापाका २ क्षेत्रबाहेक अन्यको टुंगो लगाइसकेको छ । झापा १ मा बोधराज दाहाल, २ मा पूर्णसिंह राजवंशी, ३ मा धर्मशिला चापागाईं, ५ मा झलकबहादुर मगर र ७ मा वर्षमान पुनलाई उठाउने निर्णय भएको छ । तर, ४ नम्बरमा राजु लम्साल वा पुरुषोतम चुडाल तथा ६ नम्बरमा पुष्प ढकाल वा राजु आचार्यमध्ये को भन्ने टुंग्याउन बाँकी छ ।

मोरङमा पनि ६ र ७ बाहेक अन्य क्षेत्रको टुंगोमा एमाओवादी पुगेको छ । जसअनुसार १ नम्बरमा गणेश उप्रेती, २ मा वर्षमान पुन, ३ मा गीता तिमल्सिना, ४ मा शिवकुमार मण्डल, ५ मा बालेश्वर कामत र ८ मा गोपी अच्छामी उम्मेदवार छनोट भएका छन्

चुनाव लडने–नलडने कुनै ठेगान छैनः श्रेष्ठ

एकीकृत माओवादीका पुर्व उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधानसभा निर्वाचनमा उम्मेदवारी दिने÷नदिने कुनै निर्णय गरिनसकेको बताएका छन् ।

लाजिम्पाट बैठकमा उम्मेदवारीको टुंगो लगाउन श्रेष्ठबाटै सुरुआत गरौं भन्ने प्रस्तावमा उनले आफू निर्वाचन लड्ने÷नलड्ने कुनै टुंगोमा नपुगेको बताएका हुन् । 'उम्मेदवारी दिने कि नदिने मैले निर्णय गरिसकेको छैन,' श्रेष्ठले बैठकमा भने, 'भोलि सोचेर भनूँला ।'
- See more at: http://nagariknews.com/politics/party-politics/story/8110#sthash.ZtgE3XVz.dpuf

No comments:

Post a Comment