Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, September 16, 2013

कांग्रेसका दुई केन्द्रीय सदस्य, उम्मेदवारी सिफारिस मै परेनन

उमाकान्त चौधरी
नेपाली कांग्रेस, मुलुकको सबैभन्दा ठुलो लोकतान्त्रिक दल भएको जिकिर गर्छ र सदैव लोकतन्त्रको वकालत पनि गर्छ । बाह्य लोकतन्त्रमा उ जति अब्बल छ, आन्तरिक लोकतन्त्रमा भने कांग्रेस निकै कमजोर छ, यो देखिएको र सद्यै जसो पढिएको कुरा पनि हो ।
एकले अर्कोलाई निषेध गर्नेको सीमा हुन्छ तर यहाँ सिमा नै नाघेर दुई जना केन्द्रीय सदस्यलाई उम्मेदवार नै सिफारिस नै गरि दिएनछन् । कुनै पनि पार्टीको केन्द्रीय सदस्य भनेको सिंगो पार्टी र देशको नेता हो, त्यसमा पनि नेपाली कांग्रेस । यो त झनै मुलुक कै सबै भन्दा पुरानो र ठुलो लोकतान्त्रिक दल हो । तर, कांग्रेस कै केन्द्रीय नेता भएर पनि केही लाग्दो रहनेछ भन्ने उदाहरण चाँही उम्मेदवारीका लागि सिफारिसको यो प्रसङ्गमा भने ठ्याक्कै लागु भएको छ । जिल्ला समितिले उम्मेदवारका लागि सिफारिस नगरिदएका कांग्रेसका त्यस्ता अभागी केन्द्रीय सदस्यहरु हुन– बाराका उमाकान्त चौधरी र फरमुल्लाह मन्सुर । जो आजकाल आफ्ना नेता र कार्यकर्तालाई सराप्नैमा नै ब्यस्त छन् । 

संविधानसभाको पहिलो निर्वाचनमा बारा–५ वाट उमाकान्त चौधरीले बिजयी हासिल गरे । माधव नेपाल प्रधानमन्त्री हुदाँ स्वास्थ्य मन्त्री पनि भए र आफनो ‘हाइट’ पनि बढाए । सभासद भएको, मन्त्री भएका चौधरीले आरक्षण कोटावाट कांग्रेसको केन्द्रीय सदस्य पनि भए । तर, सद्यै दिन सबैका कहाँ हुन्छ र हुदो रहेछ र ? त्यत्रो सभासद, मन्त्री र नेता भएको मान्छे आफ्नै जिल्लावाट भने उम्मेदवारीमा सिफारिसमा पर्न सकेनन् । जिल्लाको कुनै पनि काम नगरेको तथा पार्टीका लागि कुनै पनि जिम्मेवारीपुर्ण भुमिका ननिभाएको भन्दै चौधरीलाई बारा जिल्ला कमिटीले नै सिफारिस गरिदिएनन् । करिब १ सय जना केन्द्रमा सिफारिस हुदाँ न चौधरी प्रत्यक्षवाट केन्द्रमा आउन सके, न त समानुपातिक कोटामा नै उनी रहन पुगे । त्यसैले चौधरीलाई यतिखेर निकै चटारो र तनाबमा परेका छन् । दुवै कोटावाट सिफारिसमा नपरेका चौधरीलाई गृह जिल्लाले नै नपत्याएको नेताको रुपमा चित्रित हुन पुगेका छन् ।
बारामा चौधरी मात्रै एक्ला नेता होइनन, जो उम्मेदवारी सिफारिसमा परेनन् । अर्का केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर पनि आफ्नै गृह जिल्ला बारावाट उम्मेदवारी सिफारिसमा परेका छैनन् । उनलाई पनि चौधरीलाई जस्तै आरोप लागेको छ, ‘जिल्लामा केही गरेनन, त्यसैले सिफारिस गरिएन् ।’ एउटै जिल्लाका दुई दुई केन्द्रीय सदस्यलाई कतैवाट पनि सिफारिस नगरिदिए पछि बारामा भने त्यसले निकै चर्चा पाएको छ । त्यहाँवाट छुटेको हावा आजकाल सुन्धारामा मज्जैसँग चलेको छ ।


No comments:

Post a Comment