Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, September 16, 2013

तपाईको योगदानको सम्झना: प्रकाश उज्यालोको एक बर्षे यात्रा

ब्लगको सुरुको डिजाइन

सम्पादकीय:

प्रकाश उज्यालो ब्लग चलाउन लागेको एक बर्ष नाघेछ । यस बिचमा मैले आफनो नीजि ब्लगमा करिब ३ सयवटा लेख, आलेख र बिचारहरु हालेको रहेछु ।  अघिल्ला दिनहरुमा ५ जनाले मात्रै हेर्ने गरेको ब्लग अहिले पोष्ट ग¥यो कम्तिमा पनि न्युनतम पाँच सय जनाले पढेका हुन्छन, त्यसले मलाई सद्यै ब्लग लेख्न प्रेरित गरेको छ । तर, पछिल्लो समय नागरिकमा समाचार लेख्न नै बढी जोड गर्नु परेकाले ब्लगमा त्यति ध्यान दिन सकेको भने छैन् । तर, पनि निरन्तरता दिने कोशिश गरेको छु, गर्ने नै छु ।
ख्याल–ख्याल र रहरै रहरमा सुरु गरेको ब्लग एक बर्षमा नै यति निकै चर्चित होला भन्ने मैले सोचेको नै थिइन, तर अपेक्षा गरे भन्दा बढी भयो । त्यसको एउटा प्रमाण यो पनि हो कि धेरै साथी र चिनजानका अग्रजहरुले आजभोली म स्वयंलाई सम्बोधन गर्दा पनि ‘प्रकाश उज्यालो’ भनेर बोलाउँछन । लाग्छ, ब्लगले दिएको यो नै मेरो ठुलो सम्पत्ति हो ।
तपाईहरुको मायाले नै एलेक्जाले ब्यक्तिगत एकल प्रयासमा सुरु गरेको यो प्रकाश उज्यालोलाई ¥याङिक ग¥यो । नेपालमा हेरिने ११ सय साइट मध्ये मेरो ब्लग पनि पर्न सफल सम्म भएको थियो । लागेको छ, यदी नियमित लेख्ने हो भने त्यो भन्दा तल पनि  पर्न सफल हुन्छ । 
यही ब्लगवाट साभार गरेर कयौं पत्रिकाले आफ्नोमा पनि छापेका छन् । केहीले यसलाई आधार बनाएर समाचार पनि लेखेका छन् । कतिपय वेभसाइटले साभार भन्दै आफनोमा पनि राखेका पनि छन् । सम्झदा निकै खुसी लाग्छ । म ती सबै सबैलाई धन्यवाद दिन चाहान्छु, जसले मेरो ब्लगको सम्मान गरिदिए ।
त्यसो त ब्लगमा लेखेको कुरा केही पार्टीका बैठकमा पनि एजेन्डाका रुपमा समेत छलफल भएको छ । ब्लग लेखेर भित्र कुराहरु बाहिर ल्याई दिए पछि धेरै राजनीतिक प्राणीका निदहराम भएको छ । केही ब्लग लेखेर पनि डिलिट गर्नु पर्ने अवस्था पनि आएका छन् । केहीले गाली पनि गरेका छन । केहीले जथाभावी लेख्यो पनि भनेका छन् । तर, सत्य यो हो की ब्लगमा लेखिएका कुरा कालान्तरमा पुष्टी भएर गएका छन्, अहिले सम्झदा खुसी लाग्छ । त्यसको एउटा उदाहरण यो ब्लग (भारतीय राजदुत जयन्तप्रसाद भन्छन, यी यी कारणले कोइराला प्रधानमन्त्री बन्न सक्दैनन्) पनि हो । यस्ता कयौं प्रमाण छन, जो तपाई आज पनि फर्केर हेर्न सक्नु हुन्छ ।
राम्रा प्रतिक्रियाले ब्लग लेख्नलाई उत्साह त दिन्छ नै । त्यो भन्दा बढी च्यालेन्ज नकारात्मक प्रतिक्रियाले दिने गरेको छ । तर पनि नकारात्मक प्रतिक्रियाले आफु चिन्न र थप सजग बनाउन मलाई भने निकै मद्यत गरेको छ । ती सबै नकारात्मक प्रतिक्रिया दिनेलाई यतिखेर बिशेष रुपमा नै सम्झन चाहान्छु । उनीहरु मेरा यस्ता मित्र हुन, जो सद्यै मेरा गल्तिलाई औल्याई दिएर अघि बढन प्रेरित गरि रहेका हुन्छन् ।
ब्लगको डिजाईन गरिदिने ज्ञान न्यौपाने र त्यसमा मलजल गरिदिने चन्द्र काफ्लेलाई यतिखेर बिशेष सम्झन चाहान्छु । मैले यो भन्नै पर्छ, यी दुई जना मित्र नभएका भए, मेरो यो ब्लग सायदै निमार्ण हुदैनथ्यो होला ।
धेरैले सोध्ने गरेको एउटा प्रश्न पनि छ, ब्लगको नाम किन ‘प्रकाश उज्यालो’ राख्नु भयो, आखिर प्रकाश त उज्यालो नै हुन्छ ?  हाँसेर भनि दिने गरेको छु, प्रकाश मधुरो पनि त हुन्छ नी । खैर केही छैन, हरेक नाममा खास केही जोडिएको अवश्य चाँही हुन्छ । ब्लगको नाम प्रकाश उज्यालो राख्न पनि खास केहीले जोडेको छ । तर, ब्लग जस्तै यो पनि ब्यक्तिगत न कुरा प¥यो ।
ब्लगका सबै पाठकुले बुझिदिनु नै पर्ने एउटा कुरा यो छ कि, यो समाचार साईट भने हुदैँ होइनन, यो मेरो नितान्त ब्यक्तिगत इन्टरनेट डायरी (ब्लग) हो । यहाँ लेखिएका बिचार, आलेख मेरा नीजि हुन । यसमा सबै सहमत हुनुपर्छ भन्ने कदापी म मान्दिन् । यसलाई यसरी नै बुझिदिनु हुन्छ भन्ने विश्वास राखेको छु ।
प्रकाश उज्यालो क्लिक गरेर, पढि दिएर र सकारात्मक/नकारात्मक दुवै प्रत्रिक्रिया दिई सहयोग गर्ने सबैलाई बिशेष धन्यावाद दिन चाहान्छु । 
लेखनको प्रंशशा भन्दा आलोचनात्मक सुझावको सदैव प्रतिक्षामा । धन्यवाद ।

No comments:

Post a Comment