टेन्सन छ यार, धेरै फोन नगर न: कलाकार गिरी |
दिपकराज गिरी, तितो सत्य हाँस्यब्यंग्य टेलिचलचित्रका मुख्य कलाकार र त्यो भन्दा बढी निर्देशक हुन् । उनी प्रिय त छन नै, त्यो भन्दा बढी लोकप्रिय छन् । उनी सबैलाई हसाउँछन र आनन्दित बनाउँछन । उनका साना देखी ठुला सबै फ्यान छन् । किनभने, उनी राजनीति, समाज, ब्यापार सबै सबै तिर ब्यंग्य हानेर समाज सुधारका लागि कलाकारितामार्फत योगदान दिन्छन र त उनी लोकप्रिय छन् । यीनै कलाकार गिरीले मापसे (रक्सी खाएर) गरेर सबारी साधान चलाएको अभियोगमा उनको लाइसेन्स खोसियो तर उनी लिन भने छ महिना लागि सक्दा पनि गएनछन् । ट्राफिकले पत्रकार मार्फत 'भिआइपी मापसे" को नाम सार्वजनिक गरिदियो । त्यसको रिस फेर्दै गिरीले केही दिन अघि फेसबुकमार्फत प्रेस बिज्ञप्ति नै जारी गरे । त्यो झन चर्चाको बिषय भयो, कारण थियो डिआइजी डिआइजि केशव अधिकारी र उनको ब्यक्तिगत रिसइबी । खैर, केही छैन हिजो उनले मापसेमा परेकाले लिनु पर्ने पुर्ण तालिम लिएर लाइसेन्स फिर्ता लिए तर उनले फेरी फेसबुकमा यस्तो स्टाटस लेखे, त्यो अघिल्लो भन्दा बढी चर्चा भयो । त्यो स्टाटसको यति धेरै आलोचना भएको छ कि गिरी यसो लेख्न बाध्य भए, ‘कमेन्ट गर्नुहोस साथीहरु, भाषा चाँही अलि शिष्ट होस, अशिष्ट शब्द प्रयोग गर्नेहरुको पनि उपचार छ ।’ आखिर के थियो त गिरीको स्टाटस् ? हामी पनि हेरौ न त ?
हिजो साँझ कलाकार गिरीले लेखेको स्टाटस्:
म आज लेख्दैछु... धेरै दिन पछिको लाइसेन्स टेन्सन आज सकियो, फेसबुक फ्रेन्डस अनि मेरो शुभचिन्तकहरुको सुझावलाई मानेर आज मैले पुर्ण नियम पुरयाएर क्लास लिए । आज वाट जिन्दगीमा म मापसे गरेर ड्राईभ गर्दिन, लाइसेन्स पनि लिए, तर आज वाट म ट्राफिकको दुत भएर होइन, त्यो मान्छेका लागि काम गर्छु जसलाई ट्राफिकले दुख दिएको छ, मुख छाडेको छ, घुस मागेको छ, उनीहरु प्रति भएको अन्यायको लागि आबाज उठाउँछु,.....
टिभीमा आउने रहर भएको डीआइजीलाई तितो सत्यमा अभिनय गर्न आमन्त्रित पनि गर्छु, लाइसेन्स समातेको मान्छेलाई कुनै कारवाही गर्ने हो, टिभीमा आफ्नो अनुहार देखाएर अरुको वेइज्जत गरेर आफु हिरो हुन खोज्ने होइन भन्ने सल्लाह पनि दिन्छु, बिदेशमा भए टिभीमा मापसेको नाममा पब्लिकको फोटो टिभीमा दिएको भए मुद्धा लाग्थ्यो तर यहाँ के भन्नु ? ओ के, मलाई सही सल्लाह दिने साथीहरुलाई थ्यान्क्यू !!!

कलाकार गिरीले लेखेको यो स्टाटसमा यो आलेख तयार पार्दा सम्म ५ सय ६८ जनाले लाइक गरेका छन भने तीन जनाले सेयर गरेका छन् । उनको सो स्टाटसमा कमेन्ट गर्ने ६१ जना मध्ये धेरै उल्टै गिरीलाई ‘ओभरस्मार्ट’ बनेको भन्दै आलोचना गर्दै कानुन मान्न र सामाजिक दायित्व बहन गर्न सुझाव दिएका छन् । हेरौ न त केही प्रतिनिधि कमेन्टहरुः
सागर चावेगुः अब गल्ति गरे पछि त माफ माग्नु परी हाल्छ नि ! किन नहोस एक्टर, किन नहोस होस त्यो कन्टक्टर! धेरै राम्रो गर्नु भएछ, क्लास लिएर, म मान्छु सबै ट्राफिक राम्रो हुदैनन भनेर होला कुनै कुनैले घुस खान्छन तर यो मापसे रुल्स धेरै राम्रो छ, तपाई जस्तो जडहया मान्छेलाई । अबत सुर्धनु भयो भनेको त झनै उसको रिसइबी गर्दै हुनुहुन्छ ? आज सम्म त तपाई ले देश बिदेशका सबैको ब्यंग्य गर्नु भयो अब तपाईको ब्यावहारको बारेमा ब्यग्यं गर्न होस्, आफनो अहम भावनालाई त्याग्नुहोस । जय नेपाल, रिसाएनी आफनै मुख कालो ।
रुपक कार्कीः म कलाकार भएर नि मापसेको क्लास लिनु परयो भन्न, मलाई छुट दिएन भन्ने झोक चल्यो कि क्या हो ?
एल एन गिरीः हो दाई हामीले जे बुझे का थियो तेही नी रहेछ तपाईं को पनि बुझाई यो ( D.......O.....G ) को सस्तो लोक प्रियता ? के भनेर भन्ने !!
श्याम सुन्दर गिरीः हे दीपक दा , बि कुल हजुर नेपाल दशनामी समाज जिन्दावाद !!
अशोक खनालः बिदेशमा भाको भए मापसे लाई जेल नै हाल्थ्यो, सबैले नियम मान्नु पर्छ, कानुनको नजरमा दिपकराज गिरी एउटा नागरिक मात्र हो ।
टिबी गुरुङः कारवाहीको नाममा सवारी चालकहरुलाई अनावश्यक दुःख नदिनु हुन सम्बन्धित सबै ट्राफिक प्रहरीहरुलाई अनुरोध गर्दछ
अमृत सिलवालः गल्ति तपाईको छ । आफनो गल्ति छुपाउन खोज्नु कहाँ सम्मको मुर्खता त, पहिला लिन गाको भए के यस्तो अवस्ता आउँछ... खत्तम मान्छे तपाई ढिलै भए पनि मान्नु भयो तर यस्तो पछि लिन गएर ट्राफिकलाई भक्कु गाली गर्न कस्तो नियत ?
बिज्ञान घिमिरेः इश्यू बनाउने कुरा नै छैन डिआजीले तितो सत्यमा खेल्न भनेर भन्यो होला तर तपाईले पनि म कलाकार हुँ छोडिदिनु भन्नु भयो होला । अब डिर्आइजीले मानेनन भने तपाई पनि नमान्नुहोस... ट्राफिकलाई सर्पोट गर्दिन भन्ने कुरा अलि निर्किष्ट लाग्यो.. डु यु एग्रि ड्रिङ एन्ड ड्राईभ अदरवाइज हवेइर इज योर रेसपोन्सेबिलिटी ?
कमल कुमार खत्रीः दीपकजी नमस्कार, यो सब्जेक्टलाई तितो सत्यमा स्टोरी बनाउनु परयो डीआजीको रोलमा खेल्छु, डिआईजी रञ्नन उर्फ कमल केसी !!
एमएन चालिसे: मापसे नगरेको भए हुन्थ्यो नि ? बेकारमा गफ गरेर हुन्छ ?
आभाष दुबेः मान्छेबाट गल्ती हुन्छ, स्वभाविक हो । आफ्नो गल्ती स्विकार्नु र फेरी नदोहोर्याउने प्रण गर्नु महानता हो । कानुन विपरित गर्नु र गराउनु अपराध हो । आफुले गरेको कामबाट अरु कम्तीमा एक जना सज्जनलाई पनि नकरात्मक असर नपुगोस् भनेर सोच्नेहरु नै सबैका प्रिय मान्छेहरु हुन् । हो, आवस्यक सजाय हुनुपर्छ तर अनावस्यक दुख दिने यदि कानुन नै किन नहोस् संसारमा, त्यो अमान्य हुन्छ ।
सुमन लामिछानेः रिल्याक्स दिपकजी !
जोश नबराजः तिमीलाई मापसे गर्दा पनि कारवाही गर्न नहुने... बाराक ओबामा सोचेका छौ कि क्या हो ?
धेरैले नकारात्मक प्रतिक्रिया दिए पछि गिरीले बाध्य भएर उनले भन्न परेको छ– कमेन्ट गर्नुहोस साथीहरु, भाषा चाँही अलि शिष्ट होस, अशिष्ट शब्द प्रयोग गर्नेहरुको पनि उपचार छ ।
#### #### ######
मापसे चेकिङमा दोषी देखिए पछि उनको लाइसेन्स समाइएको रहेछ, जुन लिन उनी छ महिना लागिसक्दा पनि गएनन् । ट्राफिक प्रहरीले उनी लगायत भिआइपीले लाइसेन्स लिन नआएको सार्वजनिक गरिदिए पछि उनले फेसबुकमार्फत नै बिज्ञप्ति जारी (उनले विज्ञप्ति तल छ) गरेर यसो भने, जहाँ उनको सो बिज्ञप्ति प्रति आक्रोशित हुदै प्रक्रिया पुरा गरेर लाइसेन्स लिन सुझाव दिएका थिए । उनले जारी गरेको विज्ञप्ति चाँही यस्तो थियो ।
प्रेस विज्ञप्ति
मापसे चेकिङका क्रममा मेरो सवारी अनुमतिपत्र प्रहरीले नियन्त्रणमा लिएको बिषयमा केहि दिनयता बिभिन्न संचारमाध्यममा प्रकाशित /प्रशारित समाचारबाट आम जनमानसमा भ्रम सृजना भएकाले स्पष्ट पार्न यो बिज्ञप्ति जारी गरेको छु । मापसे परिक्षणका क्रममा केहि महिनाअघि मेरो सबारी चालक अनुमतिपत्र प्रहरीले नियन्त्रणमा लिएको सत्य हो । मापसे परिक्षणका क्रममा कुनै विवाद नगरी तथा आफ्नो स्टारडम प्रयोग गरेर कुनै दवाव नदिइ मैले त्यतिवेला प्रहरीलाई सहयोग गरेको थिए । त्यस पश्चात ट्राफिक प्रहरीका तत्कालिन प्रमुख डिआइजी उपेन्द्रकान्त अर्यालले मलाइ कार्यालयमा बोलाइ सवारी लाइसेन्स फिर्ता दिने तर त्यसको वदलामा ट्राफिक सचेतना सम्बन्धि सामाग्री निर्माणमा सहयोग गर्नुपर्ने शर्त राख्नुभएको व्यहोरा जानकारी गराउन चाहन्छु । उहाँको अनुरोध पछि म र कलाकार दिपाश्री निरौला मिलेर दिनभर लगाइ नि: शुल्क रुपमा ट्राफिक सचेतना सम्बन्धि सामाग्री निर्माण गरिदिएका हौं । तर, त्यसपछि सवारी चालक अनुमतिपत्र फिर्ता दिने सहमति कार्यान्वयन नभएको स्पष्ट पार्न चाहन्छु । त्यसको केहि दिन मै अर्यालको स्थानमा सरुवा भइ आएका डिआइजि केशव अधिकारीले चर्चामा आउने नियत स्वरुप बिभिन्न संचारमाध्यममा अर्नगल प्रचार गरिरहेको प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ । १ घण्टाको सचेतना परिक्षा लिने स्थानमा दिनभरी लगाएरै सामाग्री निर्माण गरि सकेपछि पनि केहि निहित स्वार्थका लागी मेरो पहिचान मै आँच आउने गरी भइरहेका प्रचारले मलाइ निकै दुखि तुल्याएको छ । एउटै गल्तीका लागी वारम्वार सजाय दिन नहुने आम नियम बिपरित पुन सचेतना परिक्षा लिन गरिएको आग्रह मैले अश्विकार गरेकै हो । प्रहरीको नियम, कानुन पालना गर्न म सधै तत्पर रहेको जानकारी गराउदै पहिले सजाय स्वरुप सचेतनामुलक सामाग्री बनाउन किन लगाएको हो र पछि मेरो सवारी चालक अनुमति पत्र किन फिर्ता नगरिएको हो भनि म ट्राफिक प्रहरीको नेतृत्व समक्ष प्रश्न गर्न चाहन्छु । प्रहरीले पुरानो प्रतिवद्धता पालना नगर्ने हो भने स्पष्ट पारोस त्यसपछि सवारी लाइसेन्स लिनका लागी मैले चाल्नुपर्ने प्रक्रिया अघि बढाउन तयार रहेको यसै बिज्ञप्ति मार्फत स्पष्ट पार्न चाहन्छु । ट्राफिक प्रहरीको दुस्प्रचारबाट मेरा प्रसंसक र आमजनमानसमा परेको अन्यौलता प्रति दुख व्यक्त गर्न चाहन्छु ।
दिपकराज गिरी
कलाकार

उनको यो बिज्ञप्तिमा ६ सय ७३ जनाले लाइक गरेका छन भने २६ जना उनका फ्यानले सेयर गरेका छन् । यसैगरी, ९९ जनाले उनको सो विज्ञप्तिको भाषामा कमेन्ट गरेका थिए । उनका फ्यान र शुभचिन्तकले उनलाई हरेक तरिकाको सुझाव र सल्लाह दिएका छन, जुन सल्लाह अनुसार उनी छ महिना पछि ट्राफिक कार्यालयमा तालिम लिएर आफनो लाइसेन्स फिर्ता लिएका हुन् । हेरौ न त केही प्रतिनिधि कमेन्टहरुः
दीपकराज पाठकः ट्राफिक र पुलीस को माँपसे चाँही कस्ले जाँच्ने रे दाई अचम्म छ यंहा जस्ले जे मन् लाग्यो तेही गर्ने
नरेन्द्र बास्तोला रिताः दिपक दाई । एउटै गल्तीका लागी वारम्वार सजाय दिन नहुने । ट्राफिक प्रहरीको दुस्प्रचार।
सुबास नेपालीः पिउन त पिएरै चलाइएछ नी !
श्रीराम अधिकारीः कानुनी राज्य र बिधिको शासन हामीले मान्नै पर्छ । गल्ती भएको छ र कानुनले गल्ती ठहर्याउछ भने त्यसलाई आत्मसात गर्नु नै हाम्रो कर्तब्य हो । कानुनको नजरमा सबै समान हुनुपर्छ ।
जहासम्म लाइसेन्स फिर्ता दिने र त्यसको बदलामा ट्राफिक सचेतना सम्बन्धि सामाग्री निर्माणमा सहयोग गर्नुपर्ने शर्त सुन्दा अचम्मै लाग्यो । यो शर्त गराउने ट्राफिक प्रहरीका तत्कालिन प्रमुख डिआइजी उपेन्द्रकान्त अर्यालज्युले सोझै बिधिको शासनको उपहास गरेको भान भयो । तोकिएको सजाए हुनु पर्छ यदी कोही कसैबाट गल्ती भयो भने । बिगो भराउने हो वा अन्य कुनै कानुनी उपचार अपनाउनु पर्ने हो यस्तै यस्तै ब्यबस्था होला सजायको ।

पुरु नेपालः मैले चाहि तपाईं प्रति अन्याय भएको पाइन किनभने तपैले सचेतना सम्बन्धि काम गरेर सहयोग गर्नु त्यो व्यक्तिगत काम हो र स्वार्थपूर्ण तरिकाले गरेको देखिन्छ , त्यो तपैले गरेपनि तपाइ माथि कारबाही त भएको देखिदैन नि, कानुन अनुसार तापाइ माथि कारबाही भए पछी मात्र तपाइंले यस्तो दाबि गर्न मिल्छ दिपक जी, तपाईं जस्तो कलाकारबाट नै खुट्टा ढोग्ने कार्य भए पछी अरुले के गर्लान ? यस्तो ठुलो अपराधलाई तपैले फितलो रुपमा नलिनु नै उपयुक्त हुन्छ , नेपालमा चाहि कानुन को अभ्यास हुन धेरै गारो रहेछ जस्तो लाग्यो , तपाइ जस्तो विद्वान कलाकार नै घुस तिर लागेपछि हाम्रो देश नेपाल कुन लेबलमा छ भन्ने अब ? तपाइंलाई रक्सि खाएर गाडि चलाउने के जरुरि पर्यो ? ट्राफिक लाइ गालि गर्नु झन् ठुलो अपराध हो दीपकजी !
गिरीराज पंगनीः दिपक जी, रक्सी खाएर गाडी चलाउनु त्यो तपाईको गंभिर गल्ती थियो, त्यस पछि सजाय भोग्नुको साटो उल्टै नाटक बनाउने ठेक्का लिनुभएछ । नियम अनुसार सजाय नभोगी कानुनको उपहास गर्न खोज्दाको परिणाम बाहेक अरू केही होईन । तपाईले कानुन बमोजिम सजाय भोग्नै पर्छ ।
देबदस्त रिमालः टेलिभिजनमा समाजका बिक्रतिका बारेमा सिरीयल देखाउने अरुलाइ नराम्रो काम गर्नु हुदैन भनेर चेतना फैलाउने अनी आफु चै टन्न धोकेर हिडने त्यस्तो पनि हुन्छ सामाजिक मान्छे ? प्रहरीले अहिलेसम्म तपाइलाइ कुनै कारबाही नै गरेको छैन, देशको कानुन भनेको सबैलाइ एउटै हुनुपर्छ। स्टारडमलाइ त्यतिकै छोडिदिने र सर्वसाधारणलाइ जति सक्दो पेल्ने त्यस्तो त हुनु भएन नि दीपक जी । कानुनको दायरामा जानुहोस र गल्तिको सजाय भोग्नु पर्छ, तपाइले यदि तपाइ नेपाल प्रहरी र नेपाली कानुन लै सम्मान गर्नु हुन्छ भने ।
दुर्गा प्रसादः कलाकार ,नेता जोसुकै होस् नियम कानुनको पालना सबैले गर्नुपर्छ, कानुनमा उल्लेख भय अनुसार लाइसेन्स प्रकृया पुर्यएर फिर्ता लिनुपर्छ, कुनै प्रचार, प्रसारमा अभिनय गरेर हैन !
सुर्य भुषालः गल्ति कसबाट हुदैन र गल्ति त सबैबाट हुन्छ तर बारबार त्यहि गल्तीलाई दोहोर्याएर जनामाशमा भ्रम हुने समाचारहरु प्रकासित गरेर आफु लाइटमा आउन खोज्ने प्रहरी पनि के प्रहरी ? यदि जनमासमा आएर आफ्नो पदको सहि ठाउमा सदुपयोग गर्ने हो त्यसै पनि आइन्छ नि तर यसरि हाम्रा कलाकार माथि र देशका गहना माथि आच आउने हिसाबले समाचार प्रकासित गर्ने व्यक्तिहरु देखेर दया लागेर आयो र दिपक दाइ मान्छेले प्रगति देख्न सक्दैनंन, अहिले नेपाली समाजमा यस्तै मान्छेहरुको राज छ ,हजुरले पहिला पनि कसैको बारेमा बोल्दा खाइ रहेको जागिर खोसेका थिए भने अहिले फेरी तपाइको काम द्खेर र प्रगति देखेर फेरी खुट्टा तान्ने काम गर्दै छन्, मैले यसरि बुझे ?
सुमन कार्कीः जाड खाएर गाडी नहाक्नु थियो हाक्नु भयो, मापसेमा पर्नु भयो, मातेको तालमा हल्का भनाभन पनि भयो नै पक्कै, बाकी नियम पुराएर लाइसेन्स लिदा भयो नि दिपक जी दुनियाँ नाटक गरिरहनु भन्दा ! तितो सत्यको पो निर्देशक त तपाईं ट्राफिक प्रहरीको त हैन नि, किन कानुन हातमा लिन खोज्नु हुन्छ तपाईं जस्तो सचेत कलाकारले!
जीवन पन्थीः दिपकजी लाई त जेल नै हाल्नु पर्ने देखे मैले त ट्राफिक प्रहरीको अबहेलना गरेको मा ! कलाकार भयर समाज मा सकारात्मक परिबर्तन ल्याउन सहयोग गर्नु पर्ने मा रक्सि धोकेर Driving गर्ने अनि प्रचार सामग्री बनाउन सहयोग गरे, तेसैले मैले कानुन अनुसार कारबाही भोग्दिन भन्ने ? एसले कस्तो नजिर बस्ला अब ? ट्राफिक प्रहरी प्रमुखजी लाई मेरो अनुरोध यो छ कि एदी तपाइँ साच्चिकै ट्राफिक सम्बन्धि जनचेतना जगाउन चाहानु हुन्छ भने दीपकजी लाई येसरी कारबाही गर्नुस कि नेपालका सबै संचार माध्यममा प्रमुखता का साथ् आओस र अनि सबै लाई थाहा हुन्छ कि ट्राफिक नियम उल्लंघन गर्नु हुदैन भन्ने र मैले पनि आजै ट्राफिक नियम उल्लंघन गरेको मा रु १०० बैंक मा जम्मा गरेर licence फिर्ता लिएर आए !
इश्वर खडकाः टेलिभिजनको स्क्रिनमा हसाउँथे हसाउँथे, अब यी हास्य कलाकारले सामाजिक संजालमा पनि हँसाउन थालेछन, कस्तो फितलो स्पष्टिकरण हो यो दिनभरि लगाएर सचेतना सम्बन्धि बिज्ञापन चै तयार पर्ने अनि आफो सबारी चालक अनुमति पत्र चै लिएर नजाने यो पनि कुनै तुक भएको स्पष्टिकरण हो, आफ्नो खोक्रो आडम्बर र नियम उलंघन गरेर गिरेको साखलाई घृणित ढंगले बचावट गर्नको लाघी जनताको सुरक्षा, सजगतामा अहोरात्र लागि रहेको सिंगो प्रहरी प्रति गरिएको एउटा अन्गर्ल कुप्रचार मात्र हो, अनि अर्को कुरा दीपकजी नेपाली कानुन र प्रहरी नियम अनुसार निबर्तमान प्रमुखबाट भै सकेका निर्णयलाई अरु ब्यक्ति बिशेषले उल्ट्याउने कुनै हैसियत राख्दैन, खै तपाईको मामलामा चै यो कसरि भयो ? ३ करोड नेपालीको घर घरमा चल्ने टीभी कार्यक्रममा सन्धी अरुको नराम्रा कामको ब्यङ्ग गर्ने दीपक गिरीको न राम्रो काम नै कुनै ब्यंग्य हेरेर नेपाली जनता हाँस्न नपरोस तपाईंलाई चेतना भया !!!

अच्युतकुमार पाण्डेः हामी नेपालीलाई यति सानो कुरा, मापसेको कुरामा पनि प्रेस बिज्ञप्ति आऊनु गलत कुरा हो !!
सोम खनालः कानून भनेको पालना गर्नलाई हो मिस्टर गिरी !! कानूनको खुरूखुरू पालना गर्न छाडेर के को बार सत्ताईस गरिरा नि !!
टिप्पणीः कलाकार सबैका साझा हुन र सम्मानिय पनि । कलाकार सामाजिक नेता पनि हुन, जसले समाज सुधारका लागि कलाकारितामार्फत वाटो देखाउँछन् । तर, चर्चित हाँस्य कलाकार गिरीले ब्यक्तिगत बिषयलाईं सामाजिक प्रतिष्ठाको बिषय बनाएको पटक्कै सुहाएन । र त, उनका फ्यानहरुले उनलाई बेसी आलोचना गरे । समर्थन पाउनुको सट्टा आफनो आलोचना किन बढी भयो त ? कलाकार गिरीले सोच्नु पर्ने बिषय हो ।
कानुन कार्यान्वयन नहुनु एउटा कुरा हो तर जनमानसमा यो सत्य स्थापित भइसकेको छ कि कानुनको नजरमा सबै बराबर हुन् । कलाकार भएकै नाताले गिरीलाई अलग र बिशेष सुबिधा हुनै पर्छ भन्ने म मान्दिन र सायद गिरी पनि । जे गरेर लाइसेन्स फिर्ता लिनु भयो, त्यो राम्रो काम हो तर फेरी बाहिर आएर अर्को कुरा गर्नु ? त्यो जायज होइन । त्यो सुहाँउदो कुरा पनि भएन् । गिरीजी तपाईवाट सिक्ने यहाँ धेरै छन, तर तपाई नै बिगार्दै जानु हुन्छ भने सिक्ने कस्ले ? यही उत्तर तपाईका फ्यानहरुले खोजे जस्तो लाग्यो मलाई ।

No comments:
Post a Comment