Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, September 25, 2013

हरिबोलको बिरुद्ध बागी उम्मेदवार, तामाङ नै बनुन जिम्मेवार !

 एकीकृत माओवादीको ताम्सालिङ र भोजपुरा राज्य समितिमा उम्मेदवार छनौटमा गुटगत प्रतिस्पर्धा चर्किदै गएपछि उम्मेदवार निक्र्यौल गर्न सकेको छैन् । गुटगत प्रतिस्पर्धा चर्किर्दै गए पछि उम्मेदवार छनौट जटिल बन्दै गएको छ ।
ताम्सालिङ राज्य समिति अन्तर्गतका सिन्धुली–३ मा हरिबोल गजुरेलका बिरुद्ध स्थानिय नेता तथा पुर्व जिल्ला सेक्रटरी सुरजबहादुर स्याङतान उभिएका छन् । गजुरेलललाई उम्मेदवारी नै दिन नहुने पक्षमा रहेका स्याङतानले सो क्षेत्रमा ४५ प्रतिशत भन्दा बढी तामाङको बाहुल्यता रहेको भन्दै सो क्षेत्रको टिकट आफुले पाउने पर्ने अडान राखेका छन् । ६० प्रतिशत तामाङ समुदायको बाहुल्यता रहेको तर कुनै पनि जनजाति नेतालाई टिकट नदिएको उनीहरुको आरोप छ ।
सिन्धुली–१ मा राजन दाहाल र बलराम तिमल्सिना बिच प्रतिस्पर्धा चलेकाले सो क्षेत्रको उम्मेदवार चयन कष्टकर बनेको छ । सिन्धुली–२ मा केन्द्रीय सदस्य गंगा श्रेष्ठ लगभग सुनिश्चित भएको स्थानीय नेताहरु बताउँछन् ।
मकवानपुर–३ मा ताम्सालिङ राज्य समितिका इन्चार्ज विश्वभक्त दुलालका बिरुद्ध स्थानिय नेता ज्योति रायमाझी उभिएका छन् । रायमाझीले सो क्षेत्रमा दावी गरे पछि दुलाल कहाँवाट उठने ? अझै निक्र्यौल हुन सकेको छैन् ।
भोजपुरा राज्य समिति अन्तगर्तका बारा, पर्सा र रौतहटमा  द्धिपक्षीय÷ त्रिपक्षिय प्रतिस्पर्धा चलेकाले तीनै जिल्लावाट को को निर्वाचनमा लडने कुनै निक्र्यौल हुन सकेको छैन् । राज्य समितिको वैठक बोलाएर उम्मेदवार छनौट गर्ने भनिए पनि पाँच दिन नाघिसक्दा पनि अझै बैठक हुन सकेको छैन । भोजपुरा इन्चार्ज प्रभु साहले उम्मेदवार छनौटमा मनोमानी गर्न खोजेको भन्दै रौतहट, बारा, पर्साका जिल्ला संयोजक मधेस ब्युरो प्रमुख रामचन्द्र झाको निवासमा पुगेका थिए ।
रौतहटमा भोजपुरा राज्य समिति इन्चार्ज प्रभु साह र जिल्ला इन्चार्ज अशोक जयसवालका आ–आफ्नै उम्मेदवार खडा भएका छन । साहको १ नम्बर क्षेत्रवाट एमाले परित्याग गरी आएका राजकिशोर यादव र जयसबालको श्रीप्रसाद मुखिया, दुईमा साहको किरण साह र जयसवालको शैलैन्द्र साह, तीनमा साह र जयसबाल दुवैको दावी, चारमा साहको उपेन्द्र साह र जयसबालको सत्यनारायण भगत, पाँचमा साहको कान्ती महत्तो र जयसबालको बिन्देश्वर यादव र छमा जयसबालको अमित श्रेष्ठ, काजीमान कुश्वार र रीता बस्नेत तथा साहको देवेन्द्र पट्टेल देखिएका छन् ।
बारामा प्रभु साह, जिल्ला इन्चार्ज शिबचन्द्र कुशवाहा र पुर्व सभासद जयराम दाहालका आ–आफनै सुची भएका कारण उम्मेदवार छनौट थप जटिल बनेको छ । कुशवाहाले १– ६का लागि क्रमशः शम्भु मण्डल, शिबचन्द्र, श्रीपासवान÷रामनारायण पाल÷, लालबहादुर पट्टेल, ज्वाला साह र जयराम दाहालको सिफारिस गरेका छन भने साहले १–६मा क्रमशः ज्वाला साह, कुशवाहा, समीर मियाँ, सुरेश साह, शम्भु मण्डल र हरी चौलागाईलाई सिफारिस गरेका छन् ।
पर्सा संयोजक प्रल्हाद गिरीका अनुसार १ नम्बर क्षेत्रमा नायिका रेखा थापा, २ मा बसुरुद्धिन अन्सारी, ३ मा जीतेन्द्र यादव र ४ मा प्रल्हाद गिरीको उम्मेदवारी चयन भइसकेको छ । ‘५ नम्बर क्षेत्रमा उर्मिला पन्त, जालिम मियाँ र छत्रबहादुर श्रेष्ठमध्ये एकजनालाई प्रत्यक्षमा र दुई जना समानुापातिकमा पर्नेछन्’ गिरीले नागरिकसँग भने ।
भोजपुर राज्य संयोजक छत्रवहादुर श्रेष्ठका १० गते भित्र उम्मेदवार छनौट भइसक्ने छ । ‘संयुक्त बैठक नबसे पनि द्धिपक्षिय÷त्रीपक्षिय रुपमा बैठक भइरहेका छन, सहमति खोज्ने प्रयास जारी नै छ’ श्रेष्ठले नागरिकसँग भने । 


No comments:

Post a Comment