Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Sunday, September 22, 2013

प्रचण्डको काठमाडौं–१० मा उनलाई ‘कुटने’ पदम कुवँर वागी

हनुमान ढोका हिरासतवाट छुटे पछि पदम
एक बर्षै हुन लागेको छ, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई उनकै पार्टीको चियापान कार्यक्रममा हातपात भएको । एमाओवादीका पुर्व लडाकु पदम कुवँरले उनी माथी हातपात गरे, जो राष्ट्रिय अन्तराष्ट्रिय रुपमा नै चर्चा परिचर्चा भयो । आज फेरी पदम कुवँर चर्चामा आएका छन । कारण हो, प्रचण्ड उठने काठमाडौं–१० वाट पदम पनि उम्मेदवारी दिदैछन् । आज नेकपा– माओवादी निकट जनदिशान्युज डटकमले आफनो साइटमा लेखेको छ– ‘क्रान्तिकारी एजेन्डा र जनयुद्ध लडने योद्धाहरुलाई असरल्ल छाडेर आफ्नो र आफनो परिवारको बर्ग उत्थान गरेको भन्दै एमाओवादी अध्यक्ष प्रचण्डको बिपक्षमा पदम कुवँरले उम्मेदवारी दिने तयारी गरेका छन् ।’
कुनै पनि राजनीतिक नेतामाथी हातपात गर्नु त्यो जायज होइन, त्यसलाई प्रोत्साहन पनि गरिनु हुन्न । बैद्यानिक रुपमा नै आफनो असहमति र आक्रोशहरु पोख्ने ठाउँ हुन्छन, भौतिक कारवाही गरेर वा त्यही अनुरुपको आक्रोश पोख्दा बिपक्षी हाँस्नु र त्यसमा ताली बजाउनु पनि हुन्न । पुरानै कुरा गरु, एमाले अध्यक्ष झलनाथ खनाललाई इटहरीका देवीप्रसादले आक्रामण गर्दा धेरै बिपक्षी दल हाँसे, कत्तिले सोही ‘झापड’लाई भाषण बनाए । तर, समय सद्यै एकनास भएन, लगत्तै कांगेस सभापति सुशिल कोइरालामाथी आक्रामण भयो, उनीमाथी कुर्सी नै हानिएको दृश्य टेलिभिजनले मज्जैसँग देखायो । त्यसमा पनि बिपक्षी हाँसे तर फेरी अध्यक्ष प्रचण्डमाथी उनैले आयोजना गरेको चियापान कार्यक्रममा उन कै लागि हिजो ज्यान दिने तयार हुने पदमले आक्रामण गरे । उनको गालामा पदमले ‘झाप्पड’ हान्दा अध्यक्ष दाहालको चश्मा नै खुस्क्यो । यी सबै गलत कुरा हुन, यसलाई प्रोत्साहन गर्नु हुन्न् ।
आफुलाई कुटने एउटा बबुरो पदमलाई  देशी बिदेशी षडयन्त्रको हात भन्दै एमाओवादीले प्रेस बिज्ञप्ति निकाल्यो तर त्यो कालान्तरमा पुष्टी भएन । खोजीनीति गर्दै जाँदा आखिर रहेछन पदम त, युद्धकालमा परिवार नै गुमाएका पुर्व लडाकु । यो सम्म ठिकै हो ।
तर, एमाओवादीले झलनाथमाथी झाप्पड हान्ने देवीप्रसादलाई एकीकृत माओवादीले आफ्नो पार्टीमा प्रवेश गरायो । र, उनको सो अमर्यादित कामलाई बैद्यानिकता दिने काम गरियो, जबकी सभ्य समाज निमार्णका लागि त्यसलाई निरुत्साहित गर्न पनि देवीप्रसादलाई माओवादीले फुलमाला लगाउनु हुदैँन्थ्यो । तर, लगाईदियो र प्रचार गरायो– झलनाथ कुटने देवीप्रसाद एमाओवादी प्रवेश ।
तर फेरी परिस्थीति फेरिएको छ । हिजो अध्यक्ष प्रचण्डमाथी दुब्र्यब्यबहार गर्ने पदमको ‘असभ्य शैली’लाई (हुन त यसलाई कसै कसैले स्वभाविक आक्रोश पनि भन्लान) मान्यता दिने र नदिने दुवै जमात यही नेपालमा अझै छन् । 
तर, पदम कुवँरका दुःख पनि कम छैनन, अध्यक्ष दाहालले धरौटी दिएर हनुमानढोकावाट रिहा गरे पछि पनि पदमले कम दुःख पाएनन् । संबाद डबली अनामनगरमा पत्रकार सम्मेलन नै गरेर उनले पाएको दुःखको बेली बिस्तार लगाएका थिए  (यहाँ क्लिक गर्नुहोस)।  त्यसलाई बेलैमा सम्वोधन गर्न नसक्नु एमाओवादीको कमजोरी त हो नै । तर, यसो भन्दैमा पदमले जुन तरिकाले आक्रोश पोखे, त्यो बास्तव मै ठिकै गरे भन्ने पक्षमा म चाँही छैन । त्यो सभ्य समाजमा नसुहाउने कुरा हो ।
पदमले आफु माथी आक्रामण गरेको त्यही घटनाले हुन सक्छ, आजकाल अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराउँदा नवप्रवेशीको दुवै हात आफना सेक्युरेटी र प्रहरीलाई समाउन लगाउँछन अनि मात्रै टिका लगाएर एमाओवादी बनाउँछन् । (यहाँ क्लिक गरेर पढनुहोस) । बिरोधीहरुले ‘अगुल्टोले हानेको कुकुर बिजुली देख्दा तर्सन्छ’ भनेर प्रचण्डलाई त उडाउँछन तर शिर्ष नेताको सुरक्षाका लागि त्यो आवाश्यक छ भन्ने वुझ्दैनन । त्यसमाथी सशष्त्र युद्धको नेतृत्व गरेको नेता प्रचण्डलाई अरु भन्दा बढी सुरक्षा आवाश्यक छ भन्ने यथार्थलाई नजर अन्दाज नगर्नु त्यो अर्को गल्ति हो ।
खैर केही छैन, पदमको उम्मेदवारी प्रसङ्गमा नै जाऔं । जनदिशाले अगाडी लेखेको छ (यहाँ क्लिक गर्नुहोस)– जनता र राष्ट्रको एजेन्डा तथा क्रान्तिकारी योद्धाको हितमा पदम कुवँरको उम्मेदवारी हो ।’ पदम कुवँरको यो उम्मेदवारीलाई बिपक्षीसहित स्वयं प्रचण्डसँगै छुट्टिएका मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीले निकै प्रयोग गर्ने नै छन किनकी चुनाव हो । चुनावमा जे पनि हुन्छ, जित्नका लागि साम, दाम, दण्ड, भेद सबै प्रयोग हुन्छ नै । र, त्यसलाई सबैले अनिवार्य नै ठान्छन, स्वयं प्रचण्ड पनि ।हुन त पदमको उचाई र कद प्रचण्डको अगाडी होचो र सानै छ, तर साँच्चै प्रचण्डको क्षेत्रमा पदमले उम्मेदवारी नै दिए भने त्यो भने महंगो पर्छ नै । यसलाई नकार्ने सक्ने अवस्था भने छैन ।





No comments:

Post a Comment