Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !
Showing posts sorted by relevance for query पदम कुवँर. Sort by date Show all posts
Showing posts sorted by relevance for query पदम कुवँर. Sort by date Show all posts

Sunday, September 22, 2013

प्रचण्डको काठमाडौं–१० मा उनलाई ‘कुटने’ पदम कुवँर वागी

हनुमान ढोका हिरासतवाट छुटे पछि पदम
एक बर्षै हुन लागेको छ, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई उनकै पार्टीको चियापान कार्यक्रममा हातपात भएको । एमाओवादीका पुर्व लडाकु पदम कुवँरले उनी माथी हातपात गरे, जो राष्ट्रिय अन्तराष्ट्रिय रुपमा नै चर्चा परिचर्चा भयो । आज फेरी पदम कुवँर चर्चामा आएका छन । कारण हो, प्रचण्ड उठने काठमाडौं–१० वाट पदम पनि उम्मेदवारी दिदैछन् । आज नेकपा– माओवादी निकट जनदिशान्युज डटकमले आफनो साइटमा लेखेको छ– ‘क्रान्तिकारी एजेन्डा र जनयुद्ध लडने योद्धाहरुलाई असरल्ल छाडेर आफ्नो र आफनो परिवारको बर्ग उत्थान गरेको भन्दै एमाओवादी अध्यक्ष प्रचण्डको बिपक्षमा पदम कुवँरले उम्मेदवारी दिने तयारी गरेका छन् ।’

Friday, May 31, 2013

‘म हुँ प्रचण्ड कुट्ने पदम कुवँर, मेरो ब्यथा सुनिदिनु होस’

अनामनगरस्थित संबाद डबलीमा पुरानो मोडेलको चश्मामा एउटा केटो उभिएको छ, त्यस्तै करिब २५–२६ बर्षको । पुरानो सर्ट र पुरानै पाइन्टमा ऊ देखिन्छ । केही त्रसित जस्तो, केही आतंकित जस्तो, केही भयभित जस्तो, कस्तो कस्तो ? उसको अनुहार भावले नै ऊ निकै नै अप्ठयारो स्थीतिमा रहेको भने प्रस्टै देखिन्छ । डबली भित्रै उ कहिले यता, कहिले उता घरी घरी गरिरहन्छ । मानौ, उ भित्र गम्भिर खालको आफ्नै बेचैनी छ र, छ गहिरो छटपटाहट पनि । लाइनर सर्टमा उभिएको त्यो ब्यक्ति एकछिन पछि मञ्चमा जान्छ र भन्छ– ‘म हुँ पदम , प्रचण्डलाई थप्पड हानेर सुझाव दिने एउटा सामान्य ब्यक्ति ।’ जसलाई उनले मंशिर १ को सडक बिद्रोह भन्न रुचाउँछन् ।

Friday, October 4, 2013

एकीकृत माओवादीका दुई दर्जन बढी बागी (थप अपडेट सुची)

नोटः ब्लगसँग तस्बिरको कुनै संवन्ध छैन् ,मात्रै प्रतिकात्मक हो
अध्यक्ष पुष्पकमल दाहालसहित एकीकृत माओवादीका प्रत्यक्ष तर्फका दुई दर्जन बढी उम्मेदवारले आफनै पार्टीका स्थानिय बागी उम्मेदवारसँग सामाना गर्नु पर्ने भएको छ । नवप्रवेशी तथा जनआधार नभएकालाई केन्द्रले उम्मेदवार बनाएको भन्दै पार्टी भित्रैका दुई दर्जन बढी ‘युद्धकालिन’ नेताले आफनै नेता बिरुद्ध उम्मेदवारी दर्ता गराएका छन् ।
दाहाल बिरुद्ध ‘आफ्नै’ तीनजना उम्मेदवार
मिथिला राज्य समिति सदस्य तथा पुर्व लडाकु श्रवण यादवले केन्द्रीय कार्यालयले उम्मेदवार बनाएका अध्यक्ष पुष्पकमल दाहाल बिरुद्ध नै सिरहा–५ मा बागी उम्मेदवार भएका छन् । यादवले सिरहा–६ का अमरनाथ यादव बिरुद्ध पनि उम्मेदवारी दर्ता गराएका छन् । सिरहा–५ वाट मातृका यादव नेतृत्वको नेकपा माओवादीले पनि जगत यादवलाई उम्मेदवारी दर्ता गराउन लगाएका छ । यादव एमाओवादीका पुर्वसभासद हुन् । गत साल माओवादी चियापान कार्यक्रममा अध्यक्ष दाहालमाथी दुब्र्यब्यावहार गर्ने कुवँरले अध्यक्ष दाहालको काठमाडौं–१० वाट उम्मेदवारी दर्ता गराएको छन् ।