कुटछन कि क्या होः दाहालका सुरक्षाकर्मी नवप्रवेशीको हात समाउँदै |
तपाईले हेर्नु भएका अरु कयौं राजनीतिक तस्विर भन्दा यो तस्विर भने धेरै मानेमा फरक छ । त्यसैले सो तस्विरका बारे मेरो ब्लगमा उल्लेख
गर्ने सामान्य कोशिश गरिएको छ । तस्विरमा एक जना मानिस, जो टिका लगाउन
खोजिरहेको जस्तो देखिन्छ, तीनलाई अर्का मानिसले च्याप्प समाई रहेका छन् ।
त्यो हेर्दा दुईवटा कुरा अनुमान गर्न सकिन्छ, पहिलो तीनलाई जर्वजस्ती टिका
लगाउन खोजिएको छ, जो मानिरहेका छैनन् । अर्को, उनको शारीरिक अवस्था राम्रो
छैन तर पार्टीमा आकर्षण भएर टिका लगाएरै प्रवेश गर्न खोजिरहेका छन ।
त्यसैले त उनलाई अरुले समाउने काम भएको छ । जे होस, सत्य यो हो कि उनलाई
समाइएको छ, ताकी उनको हात नियन्त्रण भन्दा बाहिर नजाओंस ।
तर, अघिका दुबै अनुमान गलत हुन भनेर आजको कारोवार दैनिकमा एउटा अनौठो समाचार छापिएको छ । जो यस अघि त्यस्तो कहिल्यै सुनिएको थिएन, न त देखिएको नै थियो । तर आज सो पत्रिका पढदा भने अचम्मै परियो । अनौठो खालको र त्यो पनि पहिलो पटक आएकाले यसो साभार गर्ने कोशिश गरेको हुँ । पार्टी प्रवेश गराउदाँ एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुसी भन्दा बढी डरमा देखा परेको आशयमा मित्र अशोक दाहालले कारोबार दैनिक (यहाँ क्लिक गर्नुहोस)मा लेख्नु भएको यो आलेख तपाईका लागि । बाँकी चाँही आफै मिलाएर बुझ्नु होला, आखिर किन यसो गरिएको हो ।
प्रस्तुत छ सोही समाचारः
अशोक दाहाल,
काठमाडौं, १ भदौ ।
एकीकृत नेकपा माओवादीले पार्टी प्रवेश गर्नेहरु प्रति नै अविश्वास देखाएको छ । पार्टी प्रवेश गर्नेहरुबाटै असुरक्षा महसुस गर्दै एमाओवादीले अध्यक्षबाट टिका र माला पहि¥याउने क्रममा दुवै हात प्रहरीलाई समाउन लगाएर पार्टी पार्टी प्रवेश गरायो । शनिबार काठमाडौं क्षेत्र नम्बर–४ कपनबाट पार्टी प्रवेश गर्ने करिब एक सय जनालाई यसरीनै पार्टी प्रवेश गराइएको हो ।
अध्यक्षको सुरक्षाका लागि प्रहरीबाट कडा सुरक्षाको ब्यवस्था मिलाइएको एमाओवादीको भनाई छ । एमाओवादी अध्यक्ष दाहाललाई २०६९ मंसिर १ मा काठमाडौंको भृकुटीमण्डपमा पार्टीले आयोजना गरेको चियापानमा शुभकामना दिने क्रममा आफ्नै कार्यकर्ताले डापड हानेका थिए । कपनको मिलनचोक स्थित सोही ठाउँमा भएको कार्यक्रममा गतबर्ष असोज १३ गते नेपाली कांग्रेसका सभापति सुशील कोइरालामाथि आफ्नै कार्यर्ताबाट आक्रमणको प्रयास भएको थियो ।
एमाओवादीले नवप्रवेशी कार्यकर्ताहरुलाई पार्टी अध्यक्ष रहेको मञ्च जाने क्रममा प्रहरी मार्फत सुरक्षा जाँच गराएको थियो । मञ्चमा पुगेका कार्यकर्ताहरुलाई क्रमैसँग अविरको टिका र माला पहि¥याएर अध्यक्ष पुष्पकमल दाहालले पार्टी प्रवेश गराए । अध्यक्ष दाहालको सुरक्षाको कारण देखाउँदै टिका र माला लगाएर पार्टी प्रवेश गर्नेहरुका दुवै हात सुरक्षाकर्मीले समाएका थिए ।
कपनमा शनिबार आयोजित कार्यक्रममा संगितकार बुलु मुकारुङ ७० बर्षिय बृद्धा र २ बर्षीय बालकलाई समेत पार्टी प्रवेश गराइयो । कार्यक्रमको सुरक्षाका लागि कपन चौकि र महानगरिय प्रहरी बृत्त बौद्धबाट प्रहरी परिचालन गरिएको थियो । स्थानीयका घरका छत र स्कुलको छतमा समेत प्रहरी तैनाथ गरि उच्च सुरक्षा निगरानी गरिएको थियो । बौद्ध प्रहरी बृत्तका प्रहरी नायव उपरिक्षक मनोज केसीले ‘भिआइपी’ को कार्यक्रममा सुरक्षा दिने प्रहरीको कर्तब्य नै भएको भएको बताए । केसीका अनुसार मञ्चको सुरक्षा भने अध्यक्ष दाहालको सुरक्षाका लागि खटिएको प्रहरीले नै गरेको थियो । गतबर्ष दाहालमाथि झापड प्रहार भएपछि प्रहरीले उनको सुरक्षामा उच्च सतर्कता अपनाउने गरेको छ । निर्वाचन नजिकिँदै गर्दा पार्टी प्रवेश गर्ने कार्यकर्तामाथि समेत एमाओवादीले आशंका बढाएको हो ।

No comments:
Post a Comment