Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Friday, August 30, 2013

भुकम्प बारे मेरा फेसबुके मित्रका स्टाटस, हसाउँछन बा !!!

हिजो मध्यरातमा भुकम्प गयो । भुकम्पले घर हल्लाए पछि त्यसले मलाई ब्युझाँयो । ब्युझिँदा टोल भरी हल्लाखल्ला भइसकेको थियो, कोही सडकमा निस्किएका थिए । कोही बार्दलीमा त, कोही छतमा देखा परेका थिए । सुनसान डिल्लीबजार एकछिन जुलुसमय भयो । खैर, केही छैन । ज्यान जोगियो । यो नै ठुलो कुरा हो ।
सुचनाको पहिलो माध्यम भनेका आजकाल सामाजिक सञ्जाल हुन पुगेका छन, मैले पनि मोबाइलमा फेसबुक ‘अन’ गरे । ‘अन’ के गरेको थिए, फेसबुक त भुकम्पमय भइसकेको रहेछ । सबले आ–आफनो ठाउँको स्थीतिका बारेमा जानकारी गराइसकेका रहेछन् । कतै पनि ठुलो क्षती भएको बिबरण राखिएको थिएन । त्यसले अलिकति आनन्दित बनायो, त्यस पछि फेसबुकमा रोचक, घोचक र रमाईला स्टाटस आउन लागे । कुनै पढेर हाँसियो, कुनैले गम्भिर पनि बनायो । मैले ती सबै स्टाटस साभार गरेर यहाँ ब्लगमा हाल्ने कोशिश गरेको छु, जो मेरा फेसबुकमा मित्र रहेका छन् । यसो हेरौं न त, मध्यरात देखी आज बिहानसम्म मेरा फेसबुक मित्रले लेखेका रोचक, घोचक र रमाइला स्टाटसहरुः 
# बबिता बस्नेतः बेला बेलामा यसरी भुइचालो नआइदिंदो हो त मानिसले ुकुनै पनि बेला यो संसारबाट टाढा हुनु पर्नेु आफ्नो वास्तविकता महशुस गर्न पाउने थिएनन । आफ्नो जीन्दगीमा पटक पटक भुकम्प गएपनि जीवनको अन्तिम सत्यको बारेमा जानकारी नभए झैं गरी दौडमा सहभागी भइ रहेका हामी मानिसका लागि यस प्रकारको धक्काले राम्रै पाठ सिकाउछ जस्तो लाग्छ । खासै ठुलो क्षति नभएकाले दुख ब्यक्त गर्नु परेन । बिज्ञहरुका अनुसार भुकम्पको जोखिम बाँकीनै छ, बाँकी जीन्दगीका लागि सबैलाई शुभकामना !!!

# शितलकाजी श्रेष्ठ:  बर्ड फ्लुले हल्लाएको काठमाडौंमा भुकम्पको धक्का आएछ।

# सिता पोखरेलः तीन दिनदेखि त्यसै हल्लिरहेको मन साच्चैको भुइचालो आएर झन मज्जाले हल्लाईदियो । साच्चै भन त तिमी हल्लिएउँ कि हल्लिएनौं ?

# सुबिन श्रेष्ठः दैनिक पत्रिका निकाल्छु भनेर घोषणा गरेकै दिन मध्यरातमै भूकम्प आयो !!!

# शिखर घिमिरेः हिजो भुँइचालोको कम्पन महशुषा हुँदा काठमाडौ‌मा हामीले फेसबुक नै हल्लायौ‌ । अहिले यसो इन्टरनेटमा हेरेको त ८ घन्टायता जापानमा ५ पटक, इटालीमा २ पटक, भुटानमा २ पटक, चिलीमा पनि १ पटक भुकम्प गएका रहेछन् । अरु त ठिकै हो, काठमाडौंमा यति साह्रो हल्लेको फेसबुक जापानमा के भो होला ? 
# प्रमिला थपलियाः काठमाण्डौको भुइँचालो ले मान्छेहरुलाई हल्लायो रे, यहाँ आफुलाई चैं मन भित्रको भुइँचालोले पनि हल्लाउन सकेको छैन । कति कम्जोर भाुका मान्छेहरु ।काठमाण्डौको भुइँचालो ले मान्छेहरुलाई हल्लायो रे, यहाँ आफुलाई चैं मन भित्रको भुइँचालोले पनि हल्लाउन सकेको छैन । कति कम्जोर भा'का मान्छेहरु ।

# किशोर श्रेष्ठः भर्खरै झकाएको मात्र थिएँ,आमाले भन्नुभयो ! बाबु,भुइँचालो गयो,बेस्सरी घर हल्लियो ! एकचोटि हैन,त्यो पनि दुईचोटि ! निन्द्रा भाग्यो, कुकुर जागे,वरिपरि हेरेको,छिमेकी सुनसान,वस्ति शान्त !

# टेकनाथ न्यौपानेः भुकम्पको क्षतिको विवरण प्राप्त, भुकम्पले धनजनको क्षति नगरे पनि धेरैको निंद्राको चै बिगारेको छ ।

# अबिरल थापाः 
ओहो !
भुईचालो आएर गएछ
सहरमा
म मस्त निद्रामा भएको बेला
केही थाहा नपाउनुको आनन्द।।।

# राजेश केसीः भूकम्प चीनमा गएकोले भोलि हाम्रा कम्रेडले जिम्मा लिन बेर छैन ।

# दिपकजंग थापाः सानो भुकम्प ठुलो हल्ला ।। गजब छ !! हल्लाले नै बढी हल्लायो !!

# सन्तोष पोखरेलः फेसबुक, टवीटर सबै भूकम्पको झड्काले हल्लाएछ । यसो हेर्दा के लाग्छ भने भूकम्प आउँदा पनि मान्छेहरु सुरक्षा भन्दा पनि एउटा स्टयाटस अपडेट गरौं पहिला भन्ने अवस्थामा छन । यही हो लत भनेको !!

# स्वप्न स्मृतिः  "ब्युटिफुल माइन्ड" हेर्दै थिएँ, भूइँचालो पो आयो, कस्तो 'डरमर्दो" माइन्ड हो यो ?

# खिलबहादुर भण्डारीः टिभी, रेडियो र अनलाइन भन्दा धेरै फास्ट सामाजिक संजाल । काठमाण्डौंमा आएको भुकम्पको समाचार भुकम्पले घर हल्लाउँदा हल्लाउदै पनि फेसबुकका वालमा भुकम्पवारे जानकारीको ओइरो, जय फेसबुक १ यदि भुकम्पले धेरै मानवीय क्षति भएको भए, फेसबुकमा बस्नेहरु सबै सकुसल हुने रहेछन् । रातीको १२ बजेसम्म फेसबुकमा झुन्डिनेलाई फाइदा त्यही रहेछ ।

# प्रतिक प्रधानः भूकंप नाप्नै परेन, ठूलो हैनछ । एअरपोर्टको पिच त चर्केन छ । प्लेन उडिराछन् ।

# चिरिञ्जीबि पौडेलः मैले भुइचालो गाको थापाइन । REPLY गने कुनै अप्सन छ र ?

# मातृका पौडेलः छ रेक्टर स्केलको भूकम्प त थेगियो, तर भुइचालोपछिको यो घनघोर झरीले पो साह्रो बेचैन बनायो होउ...कहीँ कतै केही नहोस शुभरात्री !

#  राजेन्द्र फुयाँलः घर बाहिर कतिबेर बसौ ! भूकम्प गयो ?

# असोरिता खनालः हिजो बिहान सेता पुकदा को म्याराथन, दिउसो राता बैदे बा हरू को मार्च पास। देखेर नथर्किएका काठमान्डु बासि लार्इ राति दुर्इ पटक चार्इनिज भुर्इचालो ले नराम्रो संग थर्कायो ।

# नेत्र पन्थिः होइन के भयो यस्तो ? चुनाव बहिष्कारको कुरा लिएर विप्लव कमरेड चाइनातिर हानिएका थिए उनले यहाँ चुनाव लड्ने नेतालाई भुकम्प पठाए जस्तो छ । सावधान !!!

# रमेश भट्टराईः हाम्रा नेताहरु चीन गए कि भूईंचालो जाने भो, अस्तिनै प्रचण्ड चीन गाको बेलामा पनि भुईंचालो गाथ्यो, आज नि विप्लव उतैतिर छन् क्यार !!

# चुणामणी लुइटेलः चाईनिज भुकम्प भएर पो कमजोर भार'छ ।

# प्रकाश ढुंगानाः मलाई सन्चै छ भुकम्पले निन्द्रामा पनि हल्लाउन सकेन 

# सुशिल पौडेलः  अब खाट माथी सुत्ने की तल ?  #कन्फ्युज#

# अनन्त कोइरालाः विप्लव हिजो चाइना ग'का आज भुईंचालो यता आयो। अब फर्केर आ'र भन्छन्, चुनाव फिर्ता लेऊ नत्र चाइनाले ठूलोवाला भूकम्प पठाउँछ। गुहार गुहार !!!

# रञ्जित तामाङः आज रातिको भुकम्प २०६३ सालतिर गएको भए माओवादीले पक्कै भन्ने थिए, “मने, यसरी भुँइचालो जानुमा देशी विदेशी शक्ति र २ सय ४० बर्षे राजतन्त्रको चलखेल छ भन्ने हाम्लाई लाइरा’ह१”



 

No comments:

Post a Comment