हुन त एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको पछिल्ला दिन माफी माग्दै, आत्माआलोचना, क्षमायाचना गर्दै बितेको छ । उनका हरेक जसो भाषणमा माफी मागीरहेका छन् । र, भनिरहेका छन, ‘अब त्यस्तो गल्ति मरिकट्टे गर्दिन ।’ उनको माफी प्रकरणको सिलसिला हिजो बानेश्वरमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रमा पनि देखा परेका छ । हिजो आफ्नै पार्टीमा रहेका नेकपा–माओवादीका नेता सामु उनले भने, ‘कमरेड, तपाईहरुको कुरा सुने पछि म भ्रम मुक्त भए, अब म भ्रममा छैन् ।’
निर्वाचन प्रक्रिया प्रति असहमति जनाउँदै आएका नेकपा–माओवादी नेतृत्व ३३ दलीय मोर्चा र प्रमुख राजनीतिक दल आबद्ध उच्चस्तरीय राजनीतिक संयन्त्र बिच गोलमेच सम्मेलन गर्ने सैद्धान्तिक सहमति जुटेको छ ।
बानेश्वरस्थित संयन्त्र सचिवालयमा बसेको संयन्त्र र मोर्चा विचको बैठकले सो सहमति जुटाउँदै शनिवार भित्र सम्मेलनको बिधि, प्रक्रिया र मितिका बारेमा टुंगो लगाउने अनौपचारिक सहमति गरेका छन् । त्यसका लागि दुई दिन भित्र आन्तरिक गृहकार्य गरी शनिवार अन्तिम निर्णय गर्न दुवै पक्ष सहमत भएका छन् ।
नेकपा–माओवादी अध्यक्ष मोहन बैद्यले गोलमेच सम्मेलन गरेर अघि जानेमा राजनीतिक दलहरु बिच सैद्धान्तिक सहमति जुटेको बताए । ‘बृहत राष्ट्रिय राजनीतिक सहमतिका लागि गोलमेच सम्मेलन गर्ने बारे आज सैद्धान्तिक सहमति भएको छ, यो सकारात्मक कुरा होे’ बैद्यले बैठक पछि भने, ‘त्यसका लागि पार्टी भित्र दुई दिन आन्तरिक गृहकार्य गरिनेछन र पर्सी (शनिवार) पुनः बसेर सम्मेलनको अन्तिम निर्णय गरिनेछ ।’ उनका अनुसार बिहिवार र शुक्रवार गोलमेच सम्मेलनको बिधी, प्रक्रिया, मिति र आ–आफनो पार्टीको राजनीतिक एजेन्डाका बारेमा आन्तरिक छलफल हुनेछन् ।
गोलमेच सम्मेलन नगरी निर्वाचन प्रक्रियामा भाग नलिने अडान राख्दै आएको मोर्चा नेतृत्वकर्ताको मागलाई सम्वोधन गर्दै संयन्त्र सम्मेलनका लागि तयार भएको हो । संयन्त्र आवद्ध दलहरुले सम्मेलनमा बिघटित संविधानसभामा रहेका दल वा पार्टी विभाजन गरी बसेका सभासदले नेतृत्व गरेका पार्टीले मात्र प्रतिनिधित्व गर्ने प्रस्ताव गरेका छन् । तर, मोर्चाले भने आन्दोलनरत पक्ष सबैलाई सम्मेलनमा सहभागी गराउनु पर्ने धारणा राखेका छन् ।
‘विघटित संविधानसभामा रहेका दल र नेताले प्रतिनिधित्व गरेका दललाई मात्र गोलमेच वा सर्वपक्षिय सम्मेलनमा सहभागी गराऔं भनेका छौं’ कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने, ‘उहाँहरुले आन्दोलनरत सबै पक्षलाई ल्याउनु पर्छ भन्नु भएको छ, त्यसको पनि चाँडै टुंगो लाग्छ ।’ उनका अनुसार सबै पक्षलाई सहभागी गराउँदा गन्जागोल हुने र झन समस्या थपिने भन्दै विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने दललाई मात्र सहभागी गराउने प्रस्ताव संयन्त्रले गरेको हो ।
‘आन्दोलनरत दल सवैलाई सहभागी गराए मात्रै गोलमेचले दिने राजनीतिक निकास राष्ट्रिय सहमति हुन सक्छ’ मोर्चा घटक क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका महासचिव मणी थापाले भने, ‘सबैलाई मान्य हुने सहमति गर्न हामीले त्यसो भनेका हौं ।’ उनका अनुसार सो सम्मेलनले गर्ने निर्णयलाई मोर्चाले स्विकार गरेर अघि बढनेछ ।
बैठकको सुरुमा कांग्रेस सभापति तथा संयन्त्र संयोजक सुशिल कोइरालाले निर्वाचको मिति नसार्ने तथा सरकार परिबर्तन नगर्ने सर्तमा संयन्त्र जुन सुकै सहमति गर्न पनि तयार रहेको जनाऊ दिए । ‘मंशिर ४ संविधानसभा निर्वाचन नगरे अनिष्ट हुन जान्छ,’ कोइरालाको भनाई उद्यृत गर्दै स्रोतले भन्यो, ‘त्यसैले निर्वाचन नसार्ने तथा सरकार परिबर्तन नगर्ने सर्तमा जुन सुकै सहमति गर्न संयन्त्र तयार छ ।’ सुरुमा नै बोलेका कोइरालाले बैद्य नेतृत्व मोर्चालाई निर्वाचनमा सहभागी हुन आग्रह गरेका थिए ।
निर्वाचन मिति र सरकार परिबर्तन बाहेकका बिषयमासहमति गर्न तयार भएको जनाऊ दिए पछि माओवादी अध्यक्ष बैद्यले मोर्चा निर्वाचन र संविधानसभा विरोधी नभएको बताए । ‘हामी निर्वाचन र संबिधान विरोधी होइनौं, बैद्यको भनाई उद्यृत गर्दै स्रोतले भन्यो, ‘चार दलले गरेको सहमति राष्ट्रिय सहमति हुन सक्दैनौ भनेका हौं, गोलमेच सम्मेलनमार्फत त्यसलाई सच्चाउँ भनेका मात्रै हौ ।’ बैद्यले सम्मेलनवाट सहमति गरी निर्वाचन प्रक्रियामा सामेल हुने संकेत दिए पछि गोलमेचमा सहमति जुटन पुगेको हो ।
बैद्यले मोर्चा निर्वाचन र संविधानको बिरोधी शक्ति नभएको भन्दै विश्वस्त तुल्याउने कोशिश गरे पछि एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफु भ्रममुक्त भएको बताए । ‘मलाई त तपाईहरु निर्वाचनमा नै आउनु हुन्न भन्ने लागेको थियो, किरण (बैद्य)जीको कुरा सुने पछि त्यो सबै भ्रम हटेको छ’ दाहाललाई उद्यृत गर्दै स्रोतले भन्यो । दाहालले बैद्य नेतृत्व मोर्चा निर्वाचनमा आउने नै भए नयाँ राष्ट्रिय सहमति जुटाएर जान संयन्त्र तयार भएको बताए ।
एमाले बरिष्ठ नेता माधवकुमार नेपालले ३३ दलीय मोर्चालाई पाखा लगाएर संयन्त्र अघि नबढने भन्दै गोलमेचका लागि तयार भएको बताए । ‘नेकपा–माओवादी र मोर्चासहित असन्तुष्टलाई पाखा लगाएर जाने पक्षमा हामी छैनौ,’ नेपाललाई उद्यृत गर्दै स्रोतले भन्यो, ‘सहमतिको बिन्दु खोजेर जाने हो, तपाईहरु संविधानसभा निर्वाचनमा सहभागी हुने भए ‘राउन्ड टेबल’ गर्न सकिन्छ ।’ जवाफमा बैद्यले संविधानसभा निर्वाचनमा सहभागी हुने प्रतिवद्धता जनाउँदै त्यसरी हुने निर्वाचन अघि सबै राजनीतिक दल बिच सहमति जुटाएर मात्रै जानु पर्ने भनाई रहेको बताए पछि गोलमेचमा सहमति जुटेको हो ।
मोर्चाले निर्वाचन स्थगन गरी गोलमेचमा जानु पर्ने प्रस्ताव भने संयन्त्रले अस्विकार गरेको थियो । एमाले नेता रघु पन्तले निर्वाचनको मिति र सरकार परिबर्तन नगर्ने सर्तमा गोलमेच सम्मेलन गरिन लागिएको बताए । ‘निर्वाचनको मिति र सरकार परिबर्तन नगर्ने सर्तमा गोलमेच हुन लागेको हो’ पन्तले भने, ‘मिति सार्ने बारेमा कुनै कुरा भएन, गोलमेचमा नै बैठक केन्द्रित भयो ।’
मधेसी जनअधिकार फोरम, नेपालका बरिष्ठ नेता भरत बिमल यादवले निर्वाचन स्थगन गर्नु पर्ने प्रस्ताव बैद्य नेतृत्वको मोर्चाले नगरेको बताए । ‘उहाँहरुले पनि मंशीर ४ गतेको निर्वाचन रोक्नै पर्छ भन्ने आज चाँही जोड गर्नु भएको देखिएन’ यादवले नागरिकसँग भने । उनका अनुसार गोलमेच सम्मेलन प्रक्रिया सम्पन्न गरे पछि बैद्य नेतृत्व मोर्चा निर्वाचनमा सहभागी हुने प्रशष्त आधार देखिएको छ ।
गोलमेचको नयाँ सहमति पछि निर्वाचनको मिति स्थगन र सरकार परिबर्तनको मुद्धा गौण भएको बैद्यले प्रतिक्रिया दिएका छन् । ‘सरकारले छाडने÷नछाडने कुरा अहिले नगरौ, चुनाव सार्ने÷नसार्ने मुद्धाका कुरा पनि अहिले नगरौं’ बैद्यले बैठक पछि भने, ‘जे हुन्छ, त्यो सबै अब गोलमेच सम्मेलनवाटै नै हुन्छ ।’ नयाँ राजनीतिक निकास गोलमेच सम्मेलनवाटै निस्कनेमा आफु आशावादी रहेको उनले बताए ।

No comments:
Post a Comment