Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, August 17, 2013

जंगल भित्र बैद्य माओवादीको यस्तो रै’छ ‘भुमिगत तालिम’

मोहन बैद्य नेतृत्वको नेकपा– माओवादी, पोखरा केन्द्रीय समितिको बैठकले संविधानसभाको दोस्रो निर्वाचन बहिस्कार गर्ने र बार्ता पनि गर्ने दुई खम्बे नीति लिएको छ । जुन खम्बा बलियो हुन्छ, त्यही खम्बालाई हातमा लिने यतिखेर सम्म माओवादीको नीति हो ।
सरकारसँग निर्वाचनमा सहभागी हुने भन्दै आएको माओवादीले त्यसका लागि वातावरण बनाई दिन बार्तामा सरकार टोलीसँग आग्रह पनि गरिरहेको छ । निर्वाचनमा आउने बातावरण तयार पार्न सरकारले ‘सहजकर्ताको भुमिका निभाई दिनुपर्ने’ उसको भनाई अस्ति हिमालयन होटलमा भएको पहिलो वार्तामा प्रस्ताबित भयो  । र, हिजो बबरमहलस्थित शान्ति कोषको कार्यालयमा त्यसलाई पुनः दोहो¥याएको छ । जवाफमा सरकारले पनि सकारात्मक भुमिका निभाउने प्रतिवद्धता जनाएको छ ।
वार्ताको घटनाक्रम र दृश्यलाई हेर्ने हो भने माओवादी यसो उसो गरी संविधानसभाको दोस्रो निर्वाचनमा सहभागी हुन्छन, हुने देखिदै गएको पनि छ । उसलाई संविधानसभा निर्वाचन बहिस्कार गरेर केही ठुलै उपलब्धि हुन्छ भन्ने लाग्दैन । र, त सरकारलाई मान्यता दिएर वार्तामा बसेको छ जबकी यसअघि उसले सरकारलाई नै मान्यता दिएको थिएन् । यो वार्ताको एउटा पाटो भयो, अर्थात एउटा खम्बा ।
अब अर्को खम्बाको कुरा गरौं । 
ओमप्रकाश पुन, नेकपा–माओवादीका केन्द्रीय सदस्य हुन् र सेती–महाकाली राज्य समितिका इन्चार्ज पनि । पार्टी नेतृत्व वार्तामा बसिरहदाँ उनले आफ्नो फेसबुकमा केही तस्विरहरु पोष्ट गरेका छन्, जहाँ निर्वाचन बहिस्कार (अझ भनौं, विथोल्ने शक्ति)का लागि आवाश्यक ‘केटा’हरुको तयारी गरिरहेका छन् । उनले पोष्ट गरेका तस्बिरमा उदयबहादुर चलाउनेले नेतृत्व गरेको राष्ट्रिय जनस्वयंसेवकका केही कार्यकर्ता शारीरिक ब्यायम गरिरहेका देखिन्छन् । निलो ट्रयाक सुटमा ‘अटेन्सन’ देखिएका ति ‘केटा’हरुलाई कुनै जंगल भित्र शारीरिक ब्यायम दिइएको देखाइएको छ । तस्बिर हेदाँ धेरै त त्यहाँ छैनन, तर उही ‘ड्रेसअप’मा वढीमा दुई दर्जनले त्यसरी तालिम लिएको देखिन्छ । सेती–मकाकाली अञ्चल भित्रका कुनै जिल्लाका एउटा जंगल भित्र तालिम गरिरहेको तस्बिर हुनुपर्र्छ किनकी उनको कार्यक्षेत्र पनि त्यही नै हो ।
निर्वाचन भाड्ने, विथोल्ने वा आफनै ब्यक्तिगत इच्छाका लागि सो तालिम लिइएको हो, त्यो बारे पुनले आफ्नो फेसबुकमा केही पनि लेखेका छैनन । मात्र यती भनेका छन, ‘सेममा युवा जनस्वंय सेबक फिजिकलमा ।’ एउटा तस्विरमा चाँही ब्यारेक नै खडा गरिएको जस्तो देखिन्छ । किनकी, त्यहाँ एउटा सेन्ट्री पोष्ट देखिन्छ भने अर्कोमा एउटा टहरो पनि देखिन्छ । (तस्विर नं 2 ) जे होस, माओवादीले तालिम भने दिइरहेको तस्विर आफै बोल्छ ।  उनले जम्मा पाँचवटा तस्विर पोष्ट गरेका छन, तस्विर हेर्दा लाग्छ, त्यो एकै स्थानको हो । मात्र फरक फरक कोणवाट त्यो तस्विर लिइएका छन् ।
 उनै पुनको फेसबुकवाट साभार गरिएका तस्विर तपाईका लागि, जुन आज बिहानै मात्रै पोष्ट गरिएका हुन्: 









No comments:

Post a Comment